विराटनगर÷ १नम्बर प्रदेश अन्तर्गत झापा र खोटाङ जिल्लामा शनिवार पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका–२ किच्चकवधमा पोखरीमा नुहाउने क्रममा पानीमा डुबेर १ बालकको मृत्यु भएको छ । सोही नगरपालिका बस्ने राम लिम्बुकोघरमा पाहुना आएका ताप्लेजुङ फुङलिङनगरपालिका–४बस्ने लोकेन्द्र लिम्बुको छोरा बर्ष १३ का ईदम लिम्बुको मृत्यु भएको वडा प्रहरी कार्यालय झापाले जनाएको छ । दिउँसो पौने ४ बजे साथीहरुसंग खेल्न गएका लिम्बुको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको कार्यालयले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ माला भन्ने स्थानमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर २३ महिने नाबालिकाको मृत्यु भएको छ । दिउँसो साढे १२ बजे गाईघाट–मौरे सडक खण्डमा पानी जमेको खाल्डोमा डुबेर सोही स्थान बस्ने गोबिन्दबि.क.का छोरी २३महिना की नाबालिका तुलसा बि.क. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
त्र

