शीघ्रपतन शारीरिक रोग की मानसिक समस्या ?

शीघ्रपतन शारीरिक रोग नभई मानसिक समस्या हो । स्खलित हुन १०–१५ मिनेट लाग्छ भन्ने गलत धारणा धेरैजसो पुरुषमा हुन्छ । छिटो शीघ्रपतन भएमा रोग लागेको भनेर चिन्पित्त हुन्छन् । शीघ्रपतन हुने व्यक्तिले स्खलन हुने समयपुर्व केहीवेर घर्षण रोक्नु पर्छ । उत्तेजना कम भैसकेपछि फेरी घर्षण शुरु गर्दा घर्षण अवधि बढाउन सकिन्छ । यसवाट शीघ्रपतन रोक्न सकिन्छ ।
शीघ्रपतन पुरुषमा देखिने सबैभन्दा ठुलो यौन समस्या हो । शीघ्रपतन भनेको समयपुर्व नै स्खलित हुनु हो । विज्ञहरु यसलाई पुरुषको कामोत्तेजनाको इच्छा र सन्तुष्टिको दुरी भन्छन् । सम्भोगको दुई देखि तीन मिनेट भित्र विर्य स्खलित हुनुलाई शीघ्रपतन भन्न सकिँदैन । लिङग उत्तेजना हुनासाथ वा साधारण घर्षण हुँदाहुँदै स्खलित भएर जानुलाई शीघ्रपतन भनिन्छ । यस्तो समस्या भएका व्याक्ति स्त्रीको नग्न शरीर देख्ने वित्तिकै वा स्त्रीलाई स्पर्श गर्ने वित्तिकै स्खलित हुन्छन् । खासगरी आत्मविश्वास नभएका व्यक्तिलाई शीघ्रपतन हुन्छ ।
शीघ्रपतन हुने पुरुषले विभिन्न उपायहरु अपनाएको पाइन्छ । कसैले लिङगमा उत्तेजना नियन्त्रण गर्नेखालका मलम लगाउने, औषधि सेवन गर्ने, रक्सी खाएर सम्भोग गर्ने गर्दछन् । कसैले सम्भोगपूर्व हस्तमैथुन गर्ने गर्दछन् । तर यि सबै उपाय अपनाउनु एउटा गल्तिलाई सुधार्न अर्को गल्ति गर्नु मात्र हो । यस्ता विधिले शीघ्रपतन नियन्त्रण गर्न सकिँदैन । शीघ्रपतन हुने पुरुषले धैर्य र संयम
गरी पहिला स्त्रीलाई नै उत्तेजित पार्नुपर्छ । यस्ता पुरुषले स्त्रीलाई उत्तेजित पार्न स्त्रीका कामोत्तेजनक अङगहरुको सहयोग लिनु पर्छ । स्त्री उत्तेजित भैसकेपछि मात्र सम्भोग थाल्नुपर्छ । यसरी पनि शीघ्रपतन नरोकिएमा यौन रोग विशेषज्ञको सल्लाह लिनुपर्छ । यस्तो समस्यामा आफुखुसी औषधि सेवन गर्नु समाधान होइन ।
यी कारणले हुन्छ शीघ्रपतन
छिटोछिटो सम्भोग गर्न खोज्नु
तिव्र उप्त्तेजना
धेरै दिनसम्म सम्भोग नगरेको अवस्था
तरीकानै थाहा नपाई सम्भोग गरेमा
असुरक्षित स्थानमा सम्भोग गरेमा

तपाईको प्रतिक्रिया