धरान/ धरान फुडबल क्लबले युवा खेलाडीको उत्पादनसागै खेलाडीको वृत्ति विकासमा समेत जोड दिन थालेको छ ।
धरान फुटबल क्लबको धरान फुटबल एकाडेमी अन्तर्गत प्रत्यक बर्ष युवा खेलाडी उत्पादन गरी क्लबमा आवद्ध गराउदै क्लबमा अनुवन्धन गराउने उद्देश्य लिएर सञ्चालनमा ल्याएको एकाडेमीका खेलाडीहरुलाई यसबर्ष छानिएका युवा खेलाडीहरुलाई अझ सशक्त ढंगले अगाडि सार्ने अभियान नै क्लबले सारेको छ ।
यसै क्रममा क्लबले आइतबार एक कार्यक्रमको आयोजना गरी युवा खेलाडीहरुलाई चाहिने सामाग्रीहरु
वितरण गरेको छ । युवा फुटबल
परियोजना अन्तर्गत चलाइएको सो एकाडेमीका २२ जना खेलाडीहरुलाई फुटबल खेल खेल्दा आवश्यक पर्ने जर्सी ४४ जोर, प्याड २२ जोर, मोजा ४४ जोर, ट्याकसुट २२ जोर, कोन १५ थान, ५० वटा मार्कर, फटबल २५ वटा र साइकल २२ वटा वितरण गरेको छ ।
विगतका खेलाडीहरु भन्दा पनि यसपटक अझ सशक्त बनाएर लाने धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । उहाले सीमित साधन स्रोतका बाबजुद पनि खेलाडीलाई प्रोत्साहन होस् भनेर करिब ६ लाख ५० हजार
बराबरको सामाग्री वितरण गरेको बताउनुहुादै यसमा धरान नगरपालिकाले ४ लाख ५० हजार सहयोग गरेको समेत स्पष्ट पार्नुभयो । उहाले खेलाडीलाई
राष्ट्रिय तथा भविष्यमा अन्तर्राष्ट्रिय
स्तरका प्रशिक्षकहरुद्वारा समेत प्रशिक्षणका लागि अवसर प्रदान गर्ने बताउनुभयो ।
धरान नगरपालिकाको प्रांगरणमा भएको सो समाग्री वितरणमा खेलकुदका ज्ञाता, फुटबल खेलप्रति रुचि राख्ने महानुभाव तथा राजनीतिक दलका स्थानीय नेताहरुको उपस्थिति रहेको
थियो ।
धरान लगायत धरान बाहिरबाटसमेत समावेश गरिएका यी युवा खेलाडीहरुलाई हाल पूर्व फुटबल खेलाडी सागर घिमिरेले प्रशिक्षण दिदै आउनु भएको छ ।
