इटहरी÷इटहरीको कार्यकर्ता प्रशिक्षणका लागि सोमबार विराटनगर आएका नेकपाका दोस्रा अध्यक्ष पुष्पकमल दाहालले नेकपा विप्लव समूहको गतिविधि नियन्त्रण गर्न प्रशासनिक कारबाही अगाडि बढाउने उद्घोष गरेका छन् ।
विराटनर विमान स्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नेत्रविक्रम चन्द विप्लवका गतिविधि बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न राजनीतिक र प्रशासनिक दुई वटा विकल्प छन् । सरकारले राजनीति अर्थात वार्ताबाट समस्या समाधान गर्न प्रयत्न गरेपनि उनीहरु वार्तामा नआएकोले अबको विकल्प प्रशासनिक नै हुने उनले बताए ।
अध्यक्ष दाहालको आशय थियो पेलेरै जानुपर्छ भन्ने । उनले भने एउटा कम्युनिस्टको सरकार भएको बेला अर्को कम्युनिष्टले असहयोग गर्छ भने त्यो सैह्य हुँदैन । पछिल्ला दिनमा विप्लवका कार्यकर्ताहकरुसँग अत्याधुनिक हतियार प्रहरीले बरामद गरेको प्रसंगमा दाहालको कथन थियो क्यान्टोमेन्टमा भएका हतियार हराएका वा चोरी भएका थिए । त्यो हतियार विप्लवकै कार्यकर्ताहरुले चोरेको उनको आरोप थियो । हतियार व्यवस्थापनमा आफू इमान्दार भएको प्रस्टोक्ति दिँदै दाहालले आफूले अपुग भएको हतियार सम्बन्धमा त्यसैबेला प्रष्ट पारेको दाबी समेत गरे । मन्त्री मण्डलमा हेरफेरको चर्चाका विषयमा प्रचण्डले भने त्यो बजारी हल्ला हो । हामी दुई अध्यक्षका बीचमा यस सम्बन्धमा वार्ता भएकै छैन ।

