नेपालमा उडान र गुडनको यात्रा जोखिमपूर्ण

बर्षेनी सैयौ मानिसले हवाई मार्ग र स्थल मार्गको यात्रामा ज्यान गुमाउँदै आएका छन् ।  अर्थात नेपालमा उडान र गुडान दुवै यात्रा जोखिमपूर्ण रहेका छन् । यात्रा गर्नु पूर्व गन्तव्यमा पुगिन्छ कि पुगिदैन भन्ने संसय सवैमा रहेको पाइन्छ ।
विगतमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा तीतो टिप्पणी
गरेका थिए–‘काँग्रेस सरकार हुँदा दुर्घटना बढ्यो’ हवाई दुर्घटना सडक दुर्घटनामा सर्वसाधारणको निधन हुनु एउटा नियतिसँगै दुवै यात्रामा विभिन्न पक्षको लापारबाहीलाई समेत एउटा कारण मान्नुपर्छ । दुर्घटना एउटा भवितव्य हो त्यसलाई राजनीतिक रंग दिनु क्षणिक मूखर्तामात्र हो ।  हिजो शेरबहादुर देउवा प्रधानमन्त्री छँदा धेरै दुर्घनामा सर्वसाधारणले ज्यान गुमाए, काँग्रेस सरकार अफापसिद्ध हो भनेर टिप्पणी गर्ने केपी ओलीको वर्तमानको कार्यकाललाई सोही अनुरुप टिप्पणी गर्दा अतियोक्ति नहुन सक्छ ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको एक बर्षे कार्यकालमा आकाश मार्ग र स्थलमार्ग दुवैमा सैयौले ज्यान गुमाइसकेका छन् । यही फागुन १५ गते प्रधानमन्त्री ओलीका विश्वास पात्र संस्कृति,पर्यटन तथा नागरिक उड्यायान मन्त्री रविन्द्र अधिकारीसहित अन्य ६ जनाको ताप्लेजुङ्गमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । त्यस भन्दा अगाडि सडक दुर्घटनामा दैनिक जसो नागरिकको मृत्यु भइरहेको छ । देउवाको कार्यकाल भन्दा ओलीको कार्यकालमा धेरैको मृत्यु भइसकेको छ । अब त्यस अस्वभाविक मृत्युलाई राजनैतिक रंग दिन मिल्छ मिल्दैन, दुर्घनामा नेकपाको जस्तो टिप्पणी अन्य राजनेीतक दलले दिएका छैनन् र दिँदैनन् पनि ।
दुर्घनासँग न सरकरको संलग्नता देखिन्छ न हुन्छ । तर दुर्घटना कम गराउन,दुर्घनाको न्यूनिकरणमा सरकारको भूमिकाचाहिँ रहन्छ । असुरक्षित बन्दै गएको उडान र गुडानमा हेलचेक्र्याई, सडकको दुरावस्था, समयमा चेक जाँच र मर्मत नगर्नु, ट्राफिक नियमको पालना गर्नु आदिलाई मान्नुपर्छ । उडानमा भन्दा गुडानमा अझ जोखिमपूर्ण रहेको छ । एकातिर यात्रीहरु जहिल्यै पनि हतारमा हुनु, लेनमा चल्ने र अर्को सवारी साधनको पछि हिड्ने बानी नहुनु, मोडमा समेत ओभरटेक गर्नु, अत्याधिक गतिमा सवारी चलाउनु, नै गुडानको सवारी दुर्घटनाका प्रमुख कारण हुन् । तर यस सम्बन्धमा सम्बन्धित निकायले कहिल्यै चासो देखाउँदैन । राज्यको ढुकुटीबाट तलब, भत्ता र सुविधा लिएर सडकमा उभिने र संकेत गर्ने ट्राफिक प्रहरीहरु सवारी साधनको चेक जाच गर्छन, जरिवाना असुल गर्छन । यतिमै उनीहरुलाई आफ्नो कर्तव्य पूरा भएको सम्झन्छन् ।
सडक दुर्घटना कम गर्न सडकको अवस्था सुधार गर्नुपर्छ । मुलुकका मुख्य सडकहरुको अवस्था हेर्दा कहालीलाग्दा छन् । जताततै खाल्डा खुल्डी । सरकार सडक सुधारका नाममा रकम असुल्छ तर बर्षौसम्म मर्मत गर्देन । उसको प्राथमिकतामा त्यस्ता खाल्डाखुल्डी मर्मतमै पर्दैनन् । सामान्य खाल्डाखुल्डीको मर्मत सम्हार गर्न समेत दातृ निकायको खोजीमा सरकार हुन्छ । उडानको अवस्था समेत त्यस्तै रहेको छ  । देशको भौगोलिकता, पुुराना जहाज र हेलिकेप्टर खरिद गरेर सेवाको नाममा रकम असुल्नु, नियमनकारी निकायले वास्ता नगर्नु नै दुर्घटनाको प्रमुख कारण हो । तर सरोकारवाला निकायले यसमा कहिल्यै गम्भीर चासो देखाएका छैनन् । नेपाली आकाश असुरक्षित बन्दै गएको टिप्पणी यदाकदा विदेशीहरुले गर्ने गरेका छन् । यहाँ एउटा विडम्बना के छ भने आजसम्म नेपाली आकाशमा दर्जनौ हवाई दुर्घटना भइसकेका छन्, हजारौले अनाहकमा ज्यान गुमाएका छन् । तर सरकार त्यसको सुधारमा भन्दापनि हतार हतार छानविन आयोग बनाएर पन्छिने गरेको छ । दुर्घटना नै हुन नदिने उपायको अवलम्बन गर्ने कि दुर्घटना भइसकेपछि आयोग बनाएर झारा टराइको छानविन गर्ने ? हालै ताप्लेजुङ्गमा भएको हेलिकोप्टर दुर्घटनामा समेत सरकारले हतार हतार छानविन आयोग बनाएछ । दुर्घटनाको कारण पत्ता लगाउन गठित छानविन समिलिते तोकिएको समयमा दिएको प्रतिवेदन कुनै एउटा कुनामा थन्क्याइन्छ । समितिले दिएको प्रतिवेदनले के कस्ता कुरा औल्याएको छ भन्ने कुरालाई सरकाले गौण बनाइदिन्छ । सम्भवत छानविन समितिले पनि आफ्नो प्रतिवेदन चालकको लापारबाहीेले दुर्घटना भएको औल्याइदिन्छ । यो नेपालमा एउटा परम्परा जस्तै भइसकको छ । अब उप्रान्त त्यस्ता दुःखद् घट्ना नदोहोरिउन भनेर सजकता अपनाउने, सुधार गर्ने प्रवृत्ति नै सकारमा देखिदैन । दुर्घटना भयो छानविन समिति बनाइदियो बस सिद्धियो ।

तपाईको प्रतिक्रिया