गोरखा डिपार्टमेन्ट स्टोरद्वारा पूर्वाञ्चलमा पहिलो जापानिज ब्राण्डका सामानको ‘मिनिसो’ सञ्चालनमा

विराटनगर÷विगत २० बर्षदेखि ग्राहकहरुको मन जित्दै आएको गोरखा डिपार्टमेन्ट स्टोरले सोमबारदेखि विराटनगरमा ‘मिनिसो’ सञ्चालनमा ल्याएको छ ।
नेपाली उपभोक्ताहरुमाझ मात्र नभएर भारतीय उपभोक्ताहरुको मागलाई समेत ध्यानमा राखेर अत्याधिक रुचाइएका जापानिज ब्राण्डका कस्मेटिक आइटम, गिÏट आइटम, किचन वायर, सप्टड्रिंग्स लगायत हजारौ प्रकारका समान भएको मिनीसोको सोमबार स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य, जापानिज ब्राण्डका नेपाल प्रतिनिधि रञ्जु र उद्योगपति प्रकाश मुन्घडाले विराटनगरको सेन्ट्रल मलमा एकसाथ सुभारम्भ गर्नुभएको थियो ।

पूर्वाञ्चलमै पहिलो पटक जापानिज ब्राण्डका सामानहरु एकै थलोमा उपभोक्ताहरुले सहज ढंगले प्राप्त गर्न सकून भन्ने उद्देश्यले मिनीसो सञ्चालनमा ल्याएको स्टोरका प्रबन्ध निर्देशक आचार्यले बताउनुभयो । विराटनगर भन्दा अगाडि धरानमा मिनीसो सञ्चालनमा ल्याउने तयार भएपनि विविध प्राविधिक कारणले धरानमा ढिलाई हुन गएको समेत उहाँले बताउनुभयो । मिनीसोको शुभारम्भसँगै पहिलो दिन ग्राहकहरुको अत्याधिक भीड रहेको थियो । धरान, विराटनगर, भारतको विभिन्न स्थानका ग्राहकहरुको पहिलो दिनको उलेख्य भीडले जापानिज ब्राण्डका सामानहरु प्रति ग्राहकको अभिरुची प्रष्ट देखिन्थ्यो ।
प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगरमा एक अर्ब भन्दा बढीको लागतमा सोमबारैबाट सञ्चालनमा आएको सेन्ट्रल मलको ग्राउण्ड Ïलोरमा सञ्चालित जापानिज ब्राण्डको मिनीसोको माग पहिल्यै देखि हुँदै आएको थियो । व्यवसायिक प्रयोजनका लागि विराटनगरका तीनवटा व्यवसायिक ग्रुप देवेनरा, हाइलाइफ र विशाल ग्रुपको संयुक्त लगनीमा तीनतले अत्याधुनिक सुविधा सम्पन्न सेन्ट्रल मल सञ्चालनमा आएको हो ।

तपाईको प्रतिक्रिया