बसन्तपुर÷२८ प्रजातिका गुरास पाइने तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लामा पनै तीनजुरे, मिल्के र जलजलेमा रहेका २० हजार गुरासका रुखहरु काटिने भएको छ ।
गुराँसको राजधानी तथा प्रदेश १ को संखुवासभा, ताप्लेजुङ र तेह्रथुम जिल्लाको संगमस्थल पर्यटकीय आकर्षक गन्तव्य स्थल टिएमजेमा रहेका गुरासका रुखहरु काटिने भएपछि त्यहाको अस्तित्व नै नामेट हुने हो कि भन्ने चिन्ताले स्थानीयहरु चिन्तित बनेका छन् । २ सय २० केभी राष्ट्रिय प्रसारणका लागि विद्युत विस्तार गर्ने भन्दै त्यहा रहेका रुखहरु काटिने भएपछि गुरासको राजधानी भनिएर चिनिएको यस ठाउको अस्तित्व समाप्त हुने हो कि भन्ने कुराले उनीहरुलाई सताएको छ ।
लाली गुरास नगरपालिका वडा न. १ का मणिकुमार सुब्बाले गुरासकै राजधानी भनेर अहिले आन्तरिक तथा वाह्य पर्यटक आउने गरेका छन् । यहा रहेका रुखहरु काटिने हो भने यसको अस्तित्व समाप्त हुने भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाले भन्नुभयो–‘प्रसारण लाइनका लागि विकल्प खोजिनुपर्छ, यसमा स्थानीय सरकार गम्भीर हुनुपर्छ ।’
रुख काट्न नहुने भन्दै त्यहाका स्थानीयहरुले अवरोध गने चेतावनी समेत दिएका छन् । टिएमजे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्ने भनिएको सय वटा पर्यटकीय गन्तब्यहरु मध्ये एक रहेको भन्दै सरकारको यो कार्यले यस ठाउको अस्तित्व नामेट हुने भन्दै यसलाई रोक्न सरकारसमक्ष माग समेत गरेका छन् ।
डिभिजन वन कार्यालय तेह्रथुमका डिभिजन प्रमुख सुनिलकुमार सिंहले गुराँसका रुखहरु काट्ने प्रक्रिया अघि बढिसकेको बताउनुभयो । राष्ट्रिय गौरवको कोसी करिडोर दुई सय २० केभीए विद्युत प्रशारण लाइन विस्तारको क्रममा गुराँसका रुख काट्नु पर्ने
परिस्थिति भएको बताउदै टिएमजे क्षेत्रको मध्य भागबाट विद्युतको प्रसारण लाइन विस्तार गर्ने योजना रहेको समेत स्पष्ट पार्नुभयो ।
ढकमक्क फुलेका गुरासकै रुखका कारण पर्यटन आगमन भएको स्मरण गराउदै यस्ता रुखहरुलाई नकाटी व्यवस्थापन गर्नुपर्ने लालीगुरास नगरपालिकाका राजेन्द्र खड्काले बताउनुभयो । उहाले यसरी रुख काटिदा टिएमजेको सौन्दर्यता समाप्त हुनुका साथै पर्यटकीय सम्भावनाका ढोकाहरु समेत समाप्त भएर जाने बताउनुभयो । ृउहाले टिएमजे क्षेत्रको विकल्प खोजी गर्नु पर्नेमा जोड दिनुभयो । राज्यले संरक्षण र प्रवद्र्धनको सूचीमा राखेको यस क्षेत्रलाई करिडोरको कार्यले असर पु¥याउन नहुने उहाको भनाइ छ ।
लाईन विस्तारका क्रममा गुराँसै गुराँस भएको चैते, चित्रे, तीनजुरे–रातपोखरी, लिसाबोटे, मेन्छ्यायाम धाप, गौरी नागी र डांगी जोरी सामुदायिक वन क्षेत्रमा रुख कटान हुने जनाइएको छ । गुरास फटानी गरेर राष्ट्रिय प्रसारण लाइन लाने कुराको स्थानीय सरकार समेत सहमत भएको देखिएको छ तेह्रथुमको लाली गुरास नगरपालिकाका प्रमुख अर्जन मावुहाङले पर्यटकीय क्षेत्रमा रहेका लाली गुरासका रुखहरु काटेर राष्ट्रिय प्रसारण लाइन लादा यहाको अस्तित्व समाप्त हुने भन्दै यसको विकल्प खोजिनुपर्नेमा जोड दिनुभयो
चैत्र र वैसाख महिनामा ढकमक्क गुरासका फूल फुल्ने यस स्थानमा यो मौसममा गुरासको फूल हेर्ने पर्यटकको बढी भीड हुने गरेको छ ।
अध्यक्ष मावुहाङले राष्ट्रिय योजनालाई अवरोध नगरी वैकल्पिक बाटो अपनाउदा सबै कुरामा राम्रो हुने बताउनुभयो ।
गुराँसको घना जंगल भएर कोसी करिडोर प्रसारण लाइन विस्तारको तयारी भएकोले हजारौं गुराँसका रुखहरु मासिने अवस्था रहेको भन्दै त्यहाका पर्यटक प्रवद्र्धनमा जुटेका पर्यटनविद्हरुको समेत विकल्प खोजिनुपर्ने कुरामा जोड दिएका छन् ।
डिभिजन वन कार्यालय तेह्रथुमका डिभिजन प्रमुख सिंहले भने करिडोरले त्यहाका वन क्षेत्रमा ठूलो क्षति हुने भएपनि राष्ट्रिय गौरवको आयोजना निर्माणमा अवरोध गर्न नहुने तर्क राख्नुभयो । ताप्लेजुङको तमोर र मेवा खोलामा उत्पादित विद्युत तेह्रथुम बसन्तपुरको टुटे शव–स्टेशन हुँदै सुनसरीको इनरुवामा रहेको केन्द्रीय विद्युत आयोजनाको शव–स्टेशनमा जोड्नका लागि कोसी करिडोर प्रशारण लाइन विस्तार भइरहेको छ ।
