विश्वमा आतंकवादी उत्पादन गर्ने फ्याक्ट्री हो पाकिस्तान

आशिष शर्मा
भारतको अभिन्न अंग तथा भारत प्रसासित कस्मिरको पुलवामा १४ फ्रेबुअरी २०१९ मा पाकिस्तानी संरक्षित आंतकवादीहरुले आत्मघाती आक्रमण गरेर ४४ जना भारतीय सैनिकको मृत्यु भएपछि यसको आक्रोस भारतमा मात्र नभएर नेपाल लगायत संसारका हरेक देशमा देखिएको छ ।
सदियौदेखि सरकार–सरकार बीचमा मात्र नभएर जनस्तरबाटै प्रगाढ सम्बन्ध रहेको कारण आतंकवादी हमलाको नेपालीहरुले घोर भत्र्सना गर्नु स्वाविभक हो । कसैले व्यक्तिगत रुपमा पाकिस्तानी आतंकवादीको विरोध गरेका छन् भने कसैले सामुहिक रुपमा उक्त अमानवीय घट्नाको निन्दा गरेका छन् ।
सुनसरी इनरुवाका सुनिल शर्माको भनाईमा दक्षिण एसियामा पाकिस्तान आतंककारी उत्पादन गर्ने मुलुक भएको छ । अर्थात पाकिस्तान आतंकवादी उत्पादन गर्ने फ्याक्ट्री हो । पाकिस्तानले आतंककारीहरुलाई संरक्षण, सुरक्षा, सहयोग र सत्कार गर्ने
गरेको छ ।  विगतका घटनाक्रमले अमेरिकादेखि भारतसम्मको आतंकवादी हमला गर्नेहरु पाकिस्तानबाट संरक्षित मुस्लिम आतंकवादीहरु नै देखिएका छन् । सन् २००१ मा अमेरिकाको ट्विन टावर उडाउने ओसामा बिन लादेन जस्ता कुख्यात आतंककारी हुन या भारतको कस्मिर घाँटी, मुम्बई , दिल्ली र विभिन्न स्थानमा भएका मानवीय र भौतिक विध्वंशको घट्नाहरु हुन् सबैमा पाकिस्तानी आश्रित मुस्लिम आतंकवादीको हात रहेको पाइन्छ ।
सप्तरीका सौरभ साहको कथन सुनसरीका सुनिल शर्माको भन्दा भिन्न छैन । उनी भन्छन् पाकिस्तानी सेना नै आतंककारीका मतियार हुन । बर्दी फुकाल्यो आतंककारी हमला ग¥यो, बर्दी लगायो सेना बन्यो ।  उनी थप्छन् भारतको कस्मिर प्रसासित क्षेत्रमा अहिलेसम्म आतंककारीको आवरणमा पाकिस्तानी सेनाले नै आक्रमण गर्दै आएको बुझ्न अब कठिन छैन । पुलवामाको घटना पश्चात पाकिस्तानी पधानमन्त्री इमरान खानले टेलिभिजनमार्फत जुन अभिव्यक्ति दिए त्यो आफैमा आडम्बरी थियो । उनले पाकिस्तान आफै आतंककावादको शिकार बन्दै आएको, हालसम्म ७० हजार पाकिस्तानीले ज्यान गुमाएको र एकसय अर्ब भन्दा बढी आर्थिक क्षति व्यहोरेको हाँस्यास्पद अभिव्यक्ति दिएर संसारको ध्यान आफूतिर केन्द्रित गरेर सहानुभूति बटुल्न खोजेका थिए  । पाकिस्तानमा भएका र हुने गरेका आगजनी र विस्फोटनका घटनामा कहिल्यै वाह्य शक्तिको संलग्नता देखिएन । आफूले दूध पिलाएको सर्पले आफैलाई ठुंग्छ भने जस्तो मात्र हो । उनले भारत प्रशासति कास्मिरको पुलवामा भएको जघन्य आपराधिक घट्नामा भारतले पाकिस्तानमाथि दोषारोपण गरेको भन्दै त्यसको प्रमाण दिन चुनौति दिएका थिए । उनको त्यस भनाइप्रति आक्रोस व्यक्त गर्दै साह भन्छन् पाकिस्तानले आतंककारी उत्पादन गर्ने र संरक्षण गर्ने कुरा विनलादेन प्रकरणबाटै पुस्टि भइसकेको छ ।
तत्कालीन अवस्थामा अमेरिका, बेलायत , फ्रान्स, जर्मनीको सर्वाधिक खोजीमा रहेका विन लादेन अन्ततः पाकिस्तानमै फेला परे र मारिए । अमेरिकी गुप्तचरको बलियो संयन्त्रकै कारण लादेन पाकिस्तानमा बस्दै आएको पत्ता लागेको थियो । आतंकवादीहरुलाई पाकिस्तानले
संरक्षण, सुरक्षा, सहयोग र सत्कार गर्छ भने बलियो प्रमाण र आधार विन लादेन प्रकरणले पुस्टि गरिसकेको अवस्थामा पाकिस्तानी प्रधानमन्त्रीले पुलवामा घट्नामा प्रमाण माग्नु आफैमा हाँस्यास्पद मात्र नभएर संसारलाई बेबकुव बनाउने एउटा चाल मात्र हो ।
पुलवामा भएको आतंककारी हमलामा जैसए मोहम्मदको हात
मानवीय सम्वेदनाको समेत धज्जी उडाउदै भारत प्रसासित कास्मिरको पुलवामा भएको आतंककारी घट्नामा पाकिस्तानबाटै संरक्षित आतंककारी संगठन जैस ए मोहम्मदको संलग्नता भएको पुष्टि भइसकेको छ ।
जैस ए मोहम्मदका संस्थापक मसुद अजहरले घट्नाको जिम्मेवारी पाकिस्तानी भूमिबाटै लिइसकेको अवस्थामा पाकिस्तानले अब घट्नामा पाकिस्तानको हात छैन भनेर जतिसुकै फलाकेपनि उसको भनाईमा विश्वास गर्ने ठाउँ देखिदैन । आज भन्दा २० बर्ष अगाडि नेपालको राजधानी काठमाण्डौबाट १ सय ८० जना यात्री लिएर दिल्लीको लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपहरणका मुख्य योजनाकार मसुद अजहर नै थिए । त्यसबेला उक्त विमानलाई अपहरण कारीहरुले आफगानस्थानको कान्धाहार पु¥याएर भारतीय जेलमा रहेका मौलाना मसुद अजहर, मस्ताक जरगर, शेख अहमद र उमर सइदको रिहाइको माग गरेका थिए । यात्रुहरुको जीवनरक्षा हेतु तत्कालीन अवस्थामा भारत सरकारले ती चारै जनालाई रिहा
गरिदियो । त्यस लगत्तै मोैलाना मसुद अजहरले फेबु्रअरी २००० मा जैन ए मोहम्मदको गठन गरे । आज त्यही आतंककारी संगठनले आतंककारी गतिविधि गदै आएको छ । पाकिस्तानले उक्त संगठनका आपराधिक गतिवधिमाथि प्रतिबन्ध लगाउने, त्यसका आर्थिक स्रोतहरुमाथि रोक लगाउने, संगठनमाथि निगरानी गर्ने जस्ता कुनै काम नगरी निर्वाध रुपमा उसलाई गतिविधि गर्न छुट दिएको छ ।
आतंककारी गतिविधिका विरुद्धमा क–कसले साथ दिँदैछ भारतलाई कस्मिर घाँटीको पुलवामा भएको आतंककारी गतिविधिका विरुद्धमा शक्ति सम्पन्न राष्ट्र अमेरिका, बेलायत, फ्रान्स, जर्मनी लगायत दर्जनौ राष्ट्रहरुले भारतलाई साथ दिने भएका छन् ।
आतंककारी गतिविधिमा संसरमै परिचित मुस्लिम आतंककारीको न कुनै धर्म हुन्छ, न उनीहरुमा मानवीय संवेदनशीलता हुन्छ, न आतंककारीहरुको कुनै सीमा हुन्छ । केवल उनीहरुको जात मुसलमान हुन्छ । संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्सले बुधबार अर्थात फ्रेबु्रअरी २७ तारेखका दिन संयुक्त राष्ट्र सुरक्षा परिषद् Uno  मा पाकिस्तानी आंकवादी समूह जैस ए मोहम्दका प्रमुख एवम् संस्थापक मसुद अजहरमाथि ब्लाकलिष्ट गर्न प्रस्तावको निर्णय समेत गरेको छ ।
संयुक्त राज्य अमेरिका, ब्रिटेन र फ्रान्ससले १५ सदस्यीय रहेको सुरक्षा परिषदको प्रतिबन्ध समितिमा अजहरुको वैदेशिक यात्रा र सम्पत्ति जफत गर्न समेत माग गरेको छ । समितिको उक्त प्रस्तावमाथि आफ्नो असहमति दर्ता गराउन मार्च १३ तारेखको समय समेत दिइसकेको छ । न्यूज एजेन्सी राइटर्सका अनुसार भारतले सन् २००९ मा संयुक्त राष्ट्र संघमा मसुद अजरहरुको खिलाफमा कारबाही गर्ने प्रस्ताव पेश गरिसकेको छ भने त्यसपछि सन् २०१६ र सन् २०१७ मा अजहरलाई विश्व आतंककारी घोषण गर्न समेत प्रस्ताव गरेको थियो ।
पाकिस्तानी आतंकवादी कारबाहीमा चीनको सदैव अवरोध
संसारमा चीनमात्र त्यस्तो देश हो जसले आतंकवादी कारबाहीमा सदैव उदाशीनता देखाउदै आएको छ । चीनको उदाशिनतालाई विश्व राजनीतिमा यतिबेला अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।
आंकवादको कुनै साँध सीमा हुँदैन भन्ने कुरालाई चीनले बिर्सिएको छ । नेपालको उत्तरी छिमेकी चीनले २०७२ सालको भुकम्प पश्चात तातोपानी नाका पूर्ण रुपले सु्रक्षाको कारण देखाउँदै बन्द ग¥यो । सुरक्षाकै कारण नेपालमा रहेका तिब्बती
शरणाथीहरुमाथि निगरानी राख्न बारम्बार आग्रह गर्ने गरेको छ । एक चीन नीतिमा बारम्बार नेपाल सरकारलाई प्रतिबद्धता व्यक्त गर्न लगाउँछ तर आतंकवादका विरुद्धमा कहिल्यै विरोध गर्दैन । चीनको यो नीति पछिल्ला दिनमा रहस्यपूर्ण बन्दै गएको छ ।
आतंकवादीहरुलाई कारबाही गर्ने प्रस्तावमा चीनले सदैव विमति जनाउदै आएको छ । पछिल्ला दिनमा फ्रान्सले मसुद अजहरलाई विश्व आतंककारी सूचिमा सामेल गराउन संयुक्तराष्ट्र संघमा फैसला प्रस्ताव गरेको छ । यस सम्बन्धमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले फ्रान्सका राष्ट्रपति इमेनुएल मैक्रोका कुटनीतिक सल्लाकारसँग वार्ता गनुृभएको थियो । फ्रान्ससँग अमेरिकाले पनि उक्त प्रस्तावको समर्थन गर्ने घोषणा गरेको थियो । अमेरिकी नेशनल सेक्युरिटी एडभाइजर अंवेशडर जान बोल्टनले अजित डोभालासँग कुराकानी गदै भन्नुभएको थियो हामी त्यस प्रस्तावको समर्थन गछौं । बुधबार युएनमा प्रस्ताव पेश भएको छ । तर सबै राष्ट्रहरुको ध्यान यतिबेला चीनतर्फ सोझिएको छ । यद्यपि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले चीनका विदेशमन्त्रीसँग भेटेर आतंकवादको विरुद्धमा सहयोग गर्न आग्रह गर्नुभएको छ । तर चीनले आतंकवादको विरोध गर्ने सम्भावना न्यून रहेको छ । चीनले यसभन्दा अगाडि पनि सुरक्षा परिषदमा इस्लामिक स्टेट र अल कायदा माथि प्रतिबन्ध लगाउने पस्ताव २०१६ र २०१७ मा नेता मसुद अजहरमाथिको प्रतिबन्ध लगाउनबाट रोकेको थियो ।
आतंकवाद संसारकै चुनौति भएको छ
आतंकवाद आज संसारकै लागि एउटा चुनौति भएको छ । पछिल्ला बर्षहरुमा पाकिस्तान आश्रित मुस्लिम आतंककारीहरुबाट भारतले ठूलो धनजनको क्षति व्यहोर्नु परेको छ ।
अब भारतले आतंकवादसँगको लडाई दुई तरिकाले लड्नुपर्ने टट्कारो आवश्यकता देखिएको छ । पहिलो विश्व आतंकवादलाई समाप्त गर्नेको नेतृत्व लिएर र दोस्रो सीमापारबाट आतंकवादी गतिविधि गर्नेहरुको नेतृत्व लिएर । हुन त प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै आतंकवादको समाप्त गर्ने घोषणा गर्नुभएको छ । युद्ध आफैमा पीडादायी हुन्छ, विकासको बाधक हुन्छ तर पनि आतंकवादको अन्त्य आवश्यक छ । भारतमा आज आतंकवादको कुरा उठ्नासाथ कस्मिर घाँटीलाई नै बुझ्ने गरिन्छ । सन् १९४७ मा जब भारतीय सेना अगाडि बढेको थियो त्यसबेला तत्कालीन सरकारले त्यसलाई रोक्नु नै गलत थियो । त्यसपछिका बर्षहरुमा जवाहरलाल नेहरुले त्यसलाई संयुक्त
राष्ट्रसंघमा लौजानु र काँग्रेसले कस्मिर समस्यामा ढुलमुले नीति अख्तियार गर्नु नै आज कस्मिरमा आतंककारी समस्या रहनु हो ।
अपराधिक सोच भएकाहरुले कस्मिर हत्याउन खोजिरहेका छन् । यसका लागि उनीहरुले आतंकवादको सहारा लिएका छन् । भारतका प्रधानमन्त्री मोदीले आज आतंकवादको खिलाफमा जुन कदम चाल्नु भएको छ  त्यसले कस्मिरको एक इन्च पनि जमिन तलमाथि हुन दिदैन । १४ फेब्रअुरी २०१९ मा पुलवामा सिआरएफ जवानमाथि जुन हमला भयो त्यो भारतको इतिहासमा कालो दिनका रुपमा रहने छ ।

तपाईको प्रतिक्रिया