इनरुवा÷आगामी अप्रिल र मे महिनामा हुन लागेको भारतको विभिन्न
राज्यको लोकसभा चुनावमा सुरक्षालाई ध्यानमा राखेर दुवै देशका सुरक्षाकर्मीहरुले सीमा क्षेत्रमा संयुक्त गस्ती शुरु गरेका छन् ।
चुनावको समयमा खुल्ला सीमा रहेको नेपाल भारतमा आउजाउमा अवान्छित र संदिग्न गतिविधि नियन्त्रण गर्ने उद्देश्यले फागुन ५ गते वीरपुर
र माघ २८ गते धनुषाको जनकपुरमा दुवै देशका अधिकारीबीचमा बैठक बसेको थियो ।
बैठकको निर्णय अनुसार हाल संयुक्त गस्ती शुरु गरिएको छ । वैठकमा दुवै देशका अधिकारीहरुले आ–आÏना चिन्ता व्यक्त गरेका थिए । बैठकमा सहभागी नेपालतर्फका एक अधिकारीका अनुसार सुरक्षाको विषय भएकोले संयुक्त गस्ती गर्ने सहमति भएको छ । खासगरी
भारतको मधुवनी र सुपौल जिल्लासँग सीमाना जोडिएको सुनसरी जिल्लाको ६० किमीसहित झापा, मोरङ्ग र प्रदेश नं. २ को सिराहा, धनुषा, सप्तरी,बारा, रौतहट, पर्सा, महोत्तरीलगायतका जिल्लामा बैठकको निर्णय अनुसार संयुक्त सुरक्षा गस्ती शुरु भइसकेको छ । वैठकले चुनावका बेला ४८ घण्टा नेपाल भारत सीमा सील गर्ने निर्णय समेत गरेको छ ।
अधिकारीका अनुसार सीमा क्षेत्रमा हुने आपराधिक घट्ना नियन्त्रण, नक्कली रुपैयाँको ओसारपसार, नेपालमा अपराध गरी भारत प्रवेश गर्ने र भारतमा अपराध गरी नेपाल प्रवेश गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने कुरामा समेत छलफल भएको थियो । भारतीय पक्षले नेपालबाट अवैध मदिरा, नक्कली नोट नियन्त्रणका लागि नेपाली पक्षसँग आग्रह गरेको थियो भने नेपालीपक्षले लागू औषध नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको थियो । बैठकमा नेपाली पक्षको नेतृत्व मधुवनीमा सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रेमप्रकाश उपे्रति र जनकपुरमा भएको बैठकको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कर्णले गर्नुभएको थियो ।

