मुलुकको राजनैतिक अवस्था दिनप्रतिदिन झन झन तरलतातिर धकेलिँदै गएको छ । दुई तिहाइको बामपन्थी सरकार पाँचबर्षसम्म कुनै शक्तिले हल्लाउन नसक्ने दम्भमा समृद्धिको नारा मात्र भन्काएर बसेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पाँचबर्षसम्म आफ्नो हातमा सत्ताको चाबी नआउने देखेर आन्तरिक कलहमै रुमलिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सुस्ताएकै हो त ? प्रजातन्त्रको प्रहरेदार काँग्रस सुस्ताएकै कारण सत्ता पक्षले मुलुकका हरेक क्षेत्रमा मनलाग्दी गरेको छ । राज्यका सम्पूर्ण संयन्त्रहरु डावाडोलको अवस्थामा पुगेको छ, भ्रष्टाचार संस्थागत भएको छ, बलात्कारी र हत्याराहरु सम्मानित भएका छन् । तर प्रजातन्त्रको पहरेदार नेपाली काँग्रेसले विरोधका कुनै कार्यक्रम सार्वजनिक गर्न सकेको छैन, सरकारलाई सचेत गराउन सकेको छैन ।
यथार्थमा भन्नुपर्दा नेपाली काँग्रेसले प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सकेको छैन । प्रमुख प्रतिपक्षी दलको भूमिका भन्नाले हिजोका प्रतिपक्षी जस्तै संसदमा कुर्सी भाँच्ने, माइक फोड्ने, सडकका रेलिङ्ग भाँच्ने, सार्वजनिक सवारी साधनमा आगजनी गर्ने, हप्तौसम्म आम हड्ताल गर्ने मात्र होइन । विरोधका धेरै प्रकार र आयाम हुन्छन् । शान्तिपूर्ण विरोधको पनि सर्वसाधारणको ध्यान आफूप्रति केन्द्रित गर्न सकिन्छ । सरकारको मनलाग्दी प्रवृत्तिका
बारेमा बोल्दा सरकार समेत हच्किन्छ, उसले आफ्ना गल्तिहरु सच्याउन सक्छ । तर प्रतिपक्षी दल नेपाली काँग्रेसमा त्यो ह्याउनै देखिएन । प्रतिपक्षीको भूमिका जोडदार रुपमा उठाउन नसक्दा नेपाली जनता आÏना पीडा कसले बोलिदिने भन्ने पर्खाइमा रहेका छन् ।
सरकार एकपछि अर्को गल्ति गर्दै जन प्रतिपक्षी त्यसलाई मौन समर्थन दिँदै जाने जुन संस्कार हावी भएको छ त्यसले मुलुकलाई अधिनायकवाद तर्फ धकेल्दै लगेको छ । शान्तिपूर्ण आन्दोलन गर्न नेपाली काँग्रेससँग दर्जनौ इस्युहरु छन् । निर्मर्लाइ हत्या र बलात्कार काण्ड, वाइडबडी घोटाला काण्ड, टिकापुर नरसंहार काण्डका दोषीलाई संसदमा ल्याएर गराइएको सपथ ग्रहण, मेलाम्ची प्रकरणमा खानेपानी मन्त्रीको कमिशन मोह जस्ता दर्जनौ
राष्ट्रिय इस्यूहरु छन् भने स्थानीय र प्रदेश स्तरमा समेत त्यस्ता इस्यूहरु दर्जनौ छन् । तर काँग्रेस मौन छ । पछिल्लो पटक गायक पशुपति शर्माको गीत सार्वजनिक भएपछि गायक शर्माका विरुद्ध सरकारले देखाएको रवैयाले अभिव्यक्ति स्वतन्त्रतामा कुण्ठितको घिनलाग्दो अभ्यास । यस्ता दर्जनौ इस्यूहरु छताछुल्ल हुँदा पनि काँग्रेसको मौनता रहस्यमय बन्दै गएको छ ।
या त सरकारका पछिल्ला कार्यशैलीप्रति काँग्रेस पहिलादेखि नै जोडिएका कारण उसले शान्तिपूर्ण आन्दोलन चर्काउन नैतिक रुपमा अग्रसर नभएको हुनुपर्छ कि त अब काँग्रेस आनेलन गर्न सक्ने हैसियतमा नरहेको पुष्टि हुन्छ । सरकारका विरुद्ध नेपाली काँग्रेसलाई उचाल्न खोजिएको होइन तर यथार्थ आवाज लिएर काँग्रेस सडकमा आउनुपर्छ भन्ने मात्र खोजिएको हो । काँग्रेस आÏनै दम्भले कमजोर बन्दै गएको हो । वाइवडी काण्ड एकाएक किन सेलायो ? वाइडवडी काण्डमा ४ अर्ब ३५ करोड घोटालामा पार्टी सभापति शेरबहादुर देउवाको समेत नाम मुछिनु संयोगमात्र हो कि यथार्थ हो ? वाइडबडी काण्डमा देउवाले अत्तालिएर मिडियामा आएर आफ्नो कुनै संलग्नता छैन भनेर बोल्नुको भित्री पाटो के हुन सक्छ ? खाने मामलामा सत्तापक्ष होस् या प्रतिपक्षी होस् एक ठाउँमा उभिएको सन्देश आज प्रवाह भएको छ । लेखा समितिले तयार पारेको प्रतिबेदन अनुसार संलग्नमाथि कारबाही हुनुपर्छ भनेर काँग्रेसले किन अडान लिन सकेन ? वाइडबडीका मतियारलाई जोगाउन प्रधानमन्त्रीकै निर्देशनमा अर्को छानविन समिति बनाउनु थियो भने संवैधानिक लेखा समितिको औचित्य किन ? त्यसलाई विघटन गरिदिए भइगयो नि ।
अर्को कुरा नेपाली काँग्रेसले आन्दोलन किन पनि गर्न सक्दैन भने एक त ऊ आफ्नै आन्तरिक कलहबाट बाहिर निस्कन सक्दैन भने अन्य
राजनैतिक दलहरुसँग समान एजेन्डामा एकीकृत भएर हिड्न सक्दैन । दुई विपरीत धु्रवका माओवादी र एमाले बीचमा पार्टी समायोजना हुन सक्छ भने उस्तै र समान चरित्र भएको राप्रपासँग किन एकीकृत हुन सक्दैन । उसले आजसम्म यस्तो प्रस्ताव गरेको समेत छैन । यही प्रवृत्ति र चरित्रबाट नेपाली काँग्रेस अगाडि बढने हो भने एक दिन उसको हैसियत प्रजा
परिषदको भन्दा फरक र भिन्न हुन सक्दैन ।
