भूपू सैनिकका नानीहरुको शिक्षामा जोड

धरान÷भारतीय सेनाका मेजर जनरल डिए चतुर्वेदीले नेपालमा बसोबास गर्ने भूतपूर्व भारतीय सेनाहरुलाई आफ्नो नानीहरुको शिक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ ।
भारतीय सेनाका कर्णेल सिवेन्द्र सिंह र लेÏिनेन्ट कर्णेल सन्जिव शर्मासँगै धरान आउनु भएका भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानका पूर्व प्रभारी अधिकारी समेत रहनु भएका मेजर जनरल चतुर्वेदीले भूपूहरुलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।
सन् १९९४ मा पेन्सन वितरण कार्यालय निर्माणको पक्रिया, पेन्सन क्याम्प लिएर इलाम, तेह्रथुम, भोजपुर, ताप्लेजुङ्ग, दिक्तेल, ओखलढुंगा पैदलै जानुपर्ने तत्कालीन अवस्था, त्यसबेलाको भूतपूर्व भारतीय सेैनिकहरुको अवस्था आदिका बारेमा उहाँले स्मरण गर्नुभएको थियो । आजको जस्तो सुविधा सम्पन्न सडक सञ्जाल, पहुँचको सहजता त्यसबेला नभएको स्मरण गर्दै उहाँले भारतीय भतपूर्व सैनिकहरुलाई भारत सरकारले आज धेरै सुविधा प्रदान गरेको बताउनुभयो । शिक्षा, स्वास्थ्य (भ्ऋज्क् एचयनचबmmभ), आवास, खानेपानी, सौर्य ऊर्जा, लगायतका दर्जनौ लोककल्याणकारी कार्यक्रमहरु सञ्चालन  गरेको बताउनुभयो । मेजर जनरल चतुर्वेदीले वीर नारीहरुलाई चार थान सिलाई मेसिन, पाँच थान कम्बल , दोसल्ला प्रदान गर्नुभएको थियो ।
यसैगरी पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर अभिषेक सिंहले स्वागत मन्तव्य व्यक्त गर्दै भन्नुभयो, पूर्वाञ्चलमा बसोबास गर्ने भारतीय भूतपूर्व सैनिकहरुलाई भेट्न मेजर जनरल डिए चतुर्वेदी आउनु हामी सबैका लागि खुशीको कुरा हो । भूपू सैनिकहरुका लागि उहाँ मार्गदर्शक हुनुहुन्छ । उहाँकै मार्गदर्शनका कारण आज धेरै भूपूहरुले अनेकौ सुविधा पाएका बताउदै उहाँ जहाँ गए पनि जहाँ भएपनि यहाँका भूपूहरुले सदैव स्मरण गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया