राजधानी÷भारत सरकार विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहकार्य अन्तर्गत नेपाल सरकार अर्थ मन्त्रालयका २० जना कर्मचारीलाई इस्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्स (आइएनजिएफ) मा सञ्चालन हुने ग्लोबल प्रस्पेन्टिभ अन पब्लिक फाइनान्सियल म्यानेजमेन्टको तालिम दिइएको छ ।
सोमबारबाट शुरु गरिएको उक्त तालिम अर्थ मन्त्रालयको अनुरोधमा भारत सरकारले दिन शुरु गरेको हो । कुल ६२ जना कर्मचारीलाई प्रदान गरिने उक्त तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखा विधि तथा रकम व्यवस्थापन, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखा परीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा विश्वव्यापी रुपमा चलिरहेको अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धिमा केन्द्रित हुने जनाइएको छ ।
आइएनजिएफ भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाइ सुविधायुक्त एक प्रमुख तालिम हो । यस्तो तालिम संसारभरिका विकासशील राष्ट्रका कर्मचारीहरुलाई भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत व्यवसायिक तालिम प्रदान गर्ने एक साझेदारी संस्था हो ।
