विष सेवन गरी आत्माहत्या

धरान÷नेपाली सेनाका एक जवानले सोमबार विहान विष सेवन गरी आत्महत्या गरेका छन् । धरान उपमहानगरपालिका वडा न. १७ अजम्बर मार्ग स्थायी ठेगाना भएका नेपाली सेनाको धनकुटा व्यारेकमा कार्यरत कुमार परियारले विष सेवन गरी आत्महत्या गरेको पारिवारिक स्रोतले जनाएको छ ।
मृतक परियारका भिनाजु उमेश परियारका अनुसार धनकुटा व्यारेकमा कार्यरत भएपनि तालिमका सन्दर्भमा केही दिनदेखि फुस्रेमा रहँदै आएका कुमार आइतबार घर आएका थिए । सोमबार विहान तालिममा जान्छु भनेर घरबाट हिडेका परियार अवेरसम्म पनि फुस्रे नपुगेपछि परिवारले खोजतालास गरेको थियो ।
खोजतालासकै क्रममा करिब २ बजे डिपो स्कुलको पश्चिमी ग्राउण्डमा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिनुभयो । शवसँगै पोइजनको सिसी समेत भेटिएकोले जवान परियारले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । प्रहरी र फुस्रेबाट आएको नेपाली सेनाको टोलीले मुचुल्का उठाई शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको डिएसपी तिम्सिनाले बताउनुभयो । २३ बर्षीय सैनिक जवान परियारले आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया