हल्लिएको गणतन्त्र र प्रधानमन्त्रीको अभिव्यक्ति

दश बर्ष अगाडि ढुंगा हानेर विना योजना केही विदेशीहरुको योजनामा लादिएको गणतन्त्रको जरा यतिबेला नराम्रोसँग हल्लिन थालेको छ  । हल्लिएको दाँत ढिलो चाँडो उखेलिन्छ र यसमा गतिलोसँग मलजलको काम प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिसँगै नोपकका अर्का अध्यक्ष प्रचण्डको बेमौसमी रागले देखाउन थालेको छ ।
जनतामा वर्तमान व्यवस्थाप्रतिको चरम वितृष्णा र दुई तिहाइको दम्भमा वर्तमान सरकारले अगाडि बढाएको कार्यशैलीले प्रमाणित गरेको
छ । समग्रमा भन्नुपर्दा सत्तारुढ दलका दुवै अध्यक्षको बोलीले जन विश्वास घटाउँदै लगेको छ भने विदेशमा समेत नेपाललाइ हेर्ने दृष्टिकोेणमा परिवर्तन आएको छ ।
प्रधानमन्त्री जस्तो मानिसले बोल्ने कुराको वजन हुनुपर्छ, असम्भव हुने, आफ्नो हैसियत भन्दा माथिको गफ गर्ने, कुटनीतिक सम्बन्ध गाँसिएका मुलुकहरलाई चिढ्याउने, केटाकेटीपनको भाषण ठोक्ने शैली हुनुहुँदैन । केही दिन अगाडि प्रधानमन्त्री केपी ओलीले विदेशी मञ्चमा गएर दिएको अभिव्यक्तिले नेपालीहरुको मात्र अपमान गरेको छैन विदेशीहरु जो नेपालको दाताहरु हुन् उनीहरुलाई समेत लज्जाबोध गराएको छ । उनले आफूले
गरेका विकासका कामबाट विश्व आश्चर्यचकित भएको भनेर जुन अभिव्यक्ति दिए त्यसले दाता राष्ट्रहरु विश्वस्त हुन सक्ने ठाउँ नै थिएन ।
मुलुकले आफ्नो सामथ्र्य, आफ्नो स्रोत साधनले कुनचाहिँ विकासका कामलाई अगाडि बढाएको छ भन्ने कुरा दातृ राष्ट्रहरु अनविज्ञ छैनन् । उनीहरुमा भलिभाँति ज्ञान छ । निर्मला हत्या प्रकरण भएको ६ महिना वित्न लाग्दा पनि सरकारले अपराधी र बलात्कारीलाई सार्वजनिक गर्न सकेको छैन, संवैधानिक निकाय लेखा समितिले वाइड बढी जहाज प्रकरणमा भएको चार अर्ब ३५ करोड भ्रष्टाचारका मतियारलाई कारबाही गर्न नसक्नु, एनसेल प्रकरणमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले चुनावी खर्च वापत दिएको ११ अर्ब चुनावी खर्च, फोरजी काण्डमा अरबौ रुपैयाँको घोटाला, मेलम्ची प्रकरणमा खानेपानी मन्त्री र र सचिवको कमिशन मोह लगायतका दर्जनौ खरबौका भ्रष्टाचार सतहमा आइरहेको अवस्थामा विदेशी मञ्चमा गएर डिङ्ग हाक्नुको औचित्य कति रहन्छ ?
सरकारको निकम्बा र नालायकीपनका कारण गणतन्त्रको जरा नराम्रोसँग हल्लिएको छ र आम नागरिकमात्र नभएर विदेशीहरु समेत वर्तमान शासन व्यवस्थाका चालकहरुसँग सन्तुष्ट छैनन् । पछिल्लो पटक प्रधानमन्त्री केपी ओलीले अब कुनैपनि युवाले बाँच्नका लागि विदेशमा गएर मेहनत गर्नु पर्दैन । सबैलाई यही रोजगारी दिइन्छ, रोजगार नपाउनेहहरुलाई बेरोजगार भत्ता वापत मासिक ८ हजार भत्ता उपलब्ध गराइन्छ भनेर बोल्नुले सरकारको उपहास नै गरेको छ ।
सबैलाई थाहै छ सत्तनारुढ दलमा दुई जना अध्यक्ष छन् । हावा बोल्नमा दुवै एक प्रकारको प्रतिष्पर्धा नै चलेको  देखिन्छ । भेनेजुएला प्रकरणमा प्रचण्डले जुन विज्ञप्ती निकाले त्यसले एउटा राम्रो सम्बन्ध भएको, पचासौ हजार नेपालीले आवसाीय रोजगार पाएको, नेपालको सबैभन्दा ठूलो दातृ
राष्ट्र अमेरिकासँगको सम्बन्धमा दरार पैदा गरेको छ । सम्बन्ध बनाउन धेरै समय लाग्छ तर त्यसलाई विगार्न केही क्षण भएमात्र पुग्छ । नेपालसँग अमेरिकी सम्बन्ध त्यसै मजबुत भएको होइन । नेपालका पूर्व राजाहरुले नै सम्बन्धलाई प्रगाढ बनाई यहाँसम्म ल्याएका थिए । असंलग्नताको सम्बन्धलाई उनीहरुले अगाडि बढाएका थिए । अर्थात तटस्त बस्ने कसैप्रति संलग्नता नदर्शाउने नेपालको परराष्ट्र नीतिलाई प्रचण्डको वक्तव्यले धुलिसात बनाइदिएको छ । अमेरिकाले नेपालको पूर्वाधार विकासमा विगत बीसबर्ष भन्दा बढीसमयदेखि लगानी गर्दै आएको थियो । तर अब सम्बन्धमा आशंका उत्पन्न भएकोले उसले अगाामी दिनमा विकासका पूर्वाधारमा गर्दै आएको लगानीले निरन्तरता पाउँछ भन्ने कुरामा अशांका उत्पन्न भएको
छ । अमेरिकालाई चिढ्याउदा उसँग संलग्न अन्य राष्ट्रहरुको सहयोगले आगामी दिनमा निरन्तता पाउँछ भन्ने अवस्था रहँदैन । कचौरा थापेर मुलुकको विकास गर्नुपर्ने देशले शक्ति सम्पन्न राष्ट्रका विरुद्धमा कुनै साइनो नभएको देशको समर्थनमा वक्तव्य जारी गरेर कुन बहादुरी देखाउन खोजेको भन्दै नेपालका बौद्धिक जमातहरुले चिन्ता व्यक्त
गरेका छन् ।

तपाईको प्रतिक्रिया