तेह«थुम÷तेह्रथुमका विभिन्न सामुदायिक वनमा नागरिकहरुले फेला पार्ने बन्यजन्तु डिभिजन बन कार्यालय तेह्रथुममा बुझाउदा कार्यालयलाई बन्यजन्तु पाल्न समस्या हुने गरेको छ । सामुदायिक वनमा नागरिकहरुले फेला पारेको लोपन्मुख बन्य जन्तु डिभिजन बन कार्यालयमा बुझाउदा कार्यालयलाई बन्यजन्तु पाल्न समस्या भएको हो ।
चार महिना अगाडी म्याङलुङ नगरपालिकाको ठुलो सामुदायिक वनमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु ध्वाँसे चितुवाको वच्चा फेला परेको थियो । स्थानीयले फेला परेको ध्वासे चितुवाको वच्चा डिभिजन वन कार्यालयमा राख्न समस्या भएको निमित्त डिभिजनल वन सहायक अधिकृत श्रीनारायण शाहले बताउनुभयो ।
ध्वाँसे चितुवा नेपालमा पाईने विरालो प्रजातिको दुर्लभ जनावर भएकाले यसको संरक्षण गर्नुपर्ने भए पनि लामो समय सम्म यसको पालन पोषण गर्न समस्या भएको अधिकृतको भनाई छ । यो चितुवा हेर्ने आज भोलि दैनिक ५० जना भन्दा बढी आउने गरेको अधिकृत शाहले बताउनुभयो ।
जलवायु परिवर्तन र वाचस्थानको अभावका कारण यो प्रजाती लोप हुन थालेको छ । विश्वमा यसको जनसंख्या करिव १० हजार रहेको र दिन प्रतिदिन यो वन्यजन्तु घट्दो अवस्थामा रहेको वन कार्यालयले जनाएको छ ।
