धरान÷विगत २० बर्षदेखि नियमित रुपले प्रकाशित हुँदै आएको पूर्वाञ्चलकै लोकप्रिय, भ्रष्टाचार, विकृति, विसंगतिका विरुद्ध सशक्त आवाज उठाउदै आएको धरान साप्ताहिकको २० अैं बार्षिकोत्सव यस पटक भव्यताका साथ सम्पन्न भएको छ ।
यसपटक धरान साप्ताहिकले कार्यरत, आवद्ध सञ्चारकर्मी, स्थापनकालदेखि धरान साप्ताहिकलाई हरेक दृष्टिणले सल्लाह, सुझावसँगै सहयोग पु¥याउदै आउनु भएका महानुभावहरु सम्मिलित झण्डै ५० जनाको टोली २० औं बार्षिकोत्सव मनाउन यस पटक सिधुवाको थामडाडा पुगेको थियो ।
स्थापनाको २० औं बर्षमा आइपुग्दा अर्थात मोफसलबाट प्रकाशित भएपनि धरान साप्ताहिकले अंगीकार गरेको यात्रा सहज थिएन । आगामी दिनमा समेत गलत ढंगले अकुत आर्जन गर्ने सरकारी सेवामा रहेका कर्मचारी, जनताबाट मत लिएर जनतामाथि नै शासन गर्न उद्धृत भ्रष्ट जनप्रतिनिधि, माफिया, तस्कर मात्र नभएर सरकारका गलत क्रियाकलापका विरुद्ध समेत आफ्नो अभियानलाई जारी
राख्ने हामी हाम्रा समग्र पाठक, शुभेच्छुकहरुमा प्रतिबद्धता दोहो¥याउँछौं ।
विगत २० बर्षदेखिको धरान साप्ताहिको यात्रा सहज थिएन । अत्यन्तै कठीन थियो । हाम्रो कलमलाई रोक्न भ्रष्ट र दलालहरुले अनेकौ प्रत्यत्न गरे । घोषित, अघोषित धाक धम्की, अज्ञात समूहबाट विस्थापित गराउने, ज्यान मार्ने सम्मका विवरण लेखिएका पत्रहरु हुलाकमार्फत पठाएर हामीलाई हाम्रो कर्तव्यबाट विमुख गराउने घिनलाग्दो प्रपञ्च र षड्यन्त्रहरु भए । आफ्नो ज्यू ज्यानको
सुरक्षाका लागि प्रहरीमा उजुरी दिनुपर्ने अवस्था समेत सिर्जना भए । तर अदम्य साहस, पत्रकरिताप्रतिको निष्ठा, प्रतिबद्धता आदिका कारण यात्रा अविरल अगाडि बढिरहयो । हामीलाई हाम्रो कर्म क्षेत्रबाट विमुख गराउने ज्ञात अज्ञात तत्वहरु आफै पलायन हुदै गए । कैयौ पटक माफिया र भ्रष्ट व्यक्तिहरुले भाडाका अपराधीलाई धरान साप्ताहिकमा पठाएर सांघातिक आक्रमण समेत गराए । तर पनि हाम्रो यात्राले विश्रम लिन जानेन । आगामी दिनमा समेत त्यस्ता तत्वहरुसँग कुनै प्रकारको सम्झौता नगरी अगाडि बढने हामी प्रण गर्दछौं ।
जे होस यसपटकको २० औं बार्षिकोत्सव विगतका बर्षहरुको तुलनामा अझ अविस्मरणीय बन्न पुग्यो । वनभोजसँगै बार्षिकोत्सव मनाउन पुगेको धरान साप्ताहिकको ५० जनाको टोली सिधुवाको थामडाडा पुग्दा अनुकूल रहेको मौसम ्एक्कासी प्रतिकूल बन्न पुग्यो । मनोरञ्जनका क्षणहरु अझ मनेरन्जनपूर्ण बन्दै गए । केही क्षण अधिसम्मको मधुर घामका रस्मीहरु एक्कासी हराए, कुहिरोले ढपक्कै ढाक्यो र हेर्दा हेर्दै हिमपात शुरु भयो । टोलीमा आवद्ध सबै हिउँ खेल्न हौसिए, एक अर्कामा हिउँ हानाहान गर्न थाले । अन्तत ः प्रस्थान गर्ने समयमा पुन मौसम अनुकूल बन्न पुग्यो, केही क्षण अगाडि नांगा देखिएका डाँडा र चुचुराहरु मधुर घामको रस्मि पाएर टिलिक्कै टल्कदै आँखामा ढुंग मार्न आइपुगे । समग्रमा भन्नुपर्दा हाम्रो अर्थात धरान साप्ताहिकको २० औं बार्षिकोत्सव अविस्मरणीय रहयो ।
