धरानको बसपार्क अस्तव्यस्त ः विवादका बाबजुद पनि सुन्दरबस्तीमा शिलान्यास

धरान÷ धरान उपमहानगरपालिकालाई  सौन्दर्यको सहरको रुपमा लिने गरिएको छ । सरसफाइको हिसाबले देशकै उत्कृष्ट सहरको रुपमा लिन गरिएका छ । यहाका चौक चौक गल्ली गल्ली सडक कालोपत्रे भएका छन् । भित्री आवरण जति सफा र सुग्घर छ बाहिरी आवरण त्यसको ठीक विपरीत छ । धरानमा रहेको बसपार्ककै कारण धरानको पहिचान दिनप्रतिदिन गुम्दै गएको आभाष जोकोहलाई हुन्छ । अन्य सहरमा बसपार्क एकान्त र सर्वसाधारणलाई पायक पर्ने ठाउमा हुने गरे पनि धरानको बसपार्क भने धरानको मुटु मानिएको भानुचौकमा छ । दिनप्रतिदिन बढ्दै गएको सवारी साधनको चाप थेग्न यो बस पार्कका लागि चुनौति थपिदै गएको छ भने दुर्घटनाको सम्भावना समेत यत्तिकै छ ।
साच्चै नै भन्न हो भने धरानको बसपार्क खिचडी जस्तो छ । करिब १० कट्टा जग्गामा टेम्पो, ट्याक्सी, सिटी सफारी, पूर्व पश्चिम तथा कोशी पहाडी क्षेत्र चल्ने यात्रुवाहक बसको विसौनी यही रहेको छ । साघुरो सडकको चौडा अर्थात ५० बर्ष अगाडिको सवारी चापलाई थेग्ने गरी बनाइएको बसपार्क हालसम्म उही छ । बसपार्क सागुरो भएकै कारण सवारी साधन जाम हुने, सडकमा हिड्ने बटुवालाई बाटो काट्न समस्यादेखि लिएर दुर्घटनाको जोखिमसमेत बढ्दै गएको हो ।
धरानको बसपार्क अस्तव्यस्त भएकै कारण दिनप्रतिदिन समस्या बढ्दै गएको धरानका सर्वसाधारणहरु बताउछन् । धरान ८ की तारा शाक्यले बढ्दो सवारीको चापका कारण अस्तव्यस्त बनेको बसपार्ककै कारण  सर्वसाधारण यात्रु, बाटोमा हिड्ने बटुवाले हैरानी व्यहोर्नु
परेको बताउनुभयो ।
एकातिर सडकको बीचमा बसपार्क, त्यसमाथि पनि साघुरो बसपार्कका कारण यस ठाउमा ठूला ठूला दुर्घटना समेत हुने गरेको छ । सवारी चापकै कारण विगतमा यस स्थानमा ठूला ठूला दुर्घटना हुदा सवारी साधनसहित भौतिक सरचना समेत भत्किएका थिऐ । धरान १२ छाताचौकबाट धरानको बसपार्कतर्फ आउने क्रममा दुई वटा मालवाहक टूक ब्रेक फलका कारण दुर्घटना भए । त्यसबेला पार्किङ्गमा राखिएका ५÷७ वटा मोटरसाइल पूर्ण क्षति भएको थियो भने भानुचौकमा रहेको एक घरमा पूर्ण क्षति पुगेको थियो । यी त उदाहरण मात्र हुन साना तिना दुर्घटना यहा भइ नै रहन्छन् । साघुरो बसपार्क त्यसमाथि पनि यातायात मजदुरहरुले यात्रु तानातान गर्दा समेत दुर्घटनाको जोखिम बढ्ने गरेको स्वयम् यातायात मजदुरहरु नै स्वीकार्छन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एक नंं प्रदेश अध्यक्ष लक्ष्मी बानियाले साघुरो बसपार्कका कारण सबैलाई समस्या भएको बताउनुभयो । उहाल त्यसमाथि पनि यातायात मजदुरहरुले यात्रु तानातान गर्दा यसले दुर्घटनाको जोखिम बढाएको बताउनुभयो ।
अत्याधिक सवारी चापका कारण टूाफिक प्रहरीलाई टूाफिक व्यवस्थापनमा चुनौति त्यतिकै थपिएको छ । सडकको एक छेउमा यत्रतत्र राखिएका दुई पांग्रे मोटरसाइकलको पार्किङ,सागुरो सडक छ भने अर्कातर्फ बसपार्क अस्तव्यस्त बन्दा टूाफिक व्यवस्थपनमै समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख बाबुकाजी गिरीले बताउनुभयो । सागुरो स्थान, अस्तव्यस्त बसपार्कका
कारण ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको उहाको भनाई छ ।
बसपार्क सागुरो भएकै कारण सवारी साधन  घण्टौ जाममा पर्ने गरेको उहाको भनाई छ । बसपार्कको विषयमा समयमै नसोच्न हो भने धरानमा दुर्घटना जोखिम बढ्ने र बसपार्ककै कारण ठूला क्षति व्यहोर्नुपर्ने अवस्था आउने ट्राफिक प्रहरीको बुझाई छ ।
१७ बर्ष अगाडि देखि नै धरान उपमहानगरपालिकाको बस पार्क सार्ने योजना
१७ बर्ष अगाडि नै धरानका बस पार्क साघुरो भएको भन्दै धरान उपमहानगरपालिकाले धरान ८ सुन्दरबस्तीमा बस पार्क सार्ने योजना अगाडि ल्यायो । यस स्थानमा रहेको सर्वसाधारणको जग्गा उपमहानगरपालिकाको स्वामित्वमा समेत ल्यायो । सुन्दरबस्ती विकास आयोजना अनुरुप त्यसबेला
राजनैतिक खिचातानी र लामो समयसम्म उपमहानगरपालिका जनप्रतिनिधिविहीन बन्दा यो काम थाति रहेको थियो ।
तर अब त्यही ठाउमा बसपार्क सार्ने पक्कापक्की भएको छ । बजारबाट एकान्त ठाउमा रहेको धरान ८ सुन्दरबस्तीमा माघ २७ गते शिलान्यास समेत गरिसकिएको छ । धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले जनप्रतिनिधि निर्वाचित भएर आएसंगै १७ बर्ष अगाडिदखि थाति रहेका बसपार्क  सार्ने योजनालाई पहिलोे प्राथमिकतामा
राखेको बताउनुभयो । विगतमा व्यक्तिगत स्वार्थका कारण बसपार्क सर्न नसकेको बताउदै कार्यपालिकाको बैठकले नै सुन्दरबस्तीमा बसपार्क सार्ने निर्णय भइ यही माघ २७ गते शिलान्यास
गरेको बताउनुभयो ।
प्रदेश नं. १  सरकारको  धरानको बसपार्क व्यवस्थापनका लागि एक करोड बजेट निकासा समेत भएको छ । पहिलो चरणमा बसपार्क एरियाभित्र घेराबारा गर्ने र दुई देखि तीन बर्ष भित्रमा बसपार्क निर्माण सम्पन्न गर्ने योजना रहेको कार्यवाहक प्रमुख भण्डारीको भनाई छ ।
बसपार्क अत्याधुनिक हुने र समयसापेक्ष बनाउन लागिएको उपमहानगरपालिकाका योजना प्रमुख बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले लामो समयदेखि बसपार्क स्थानान्तरण गर्न नसक्दा धरानको भानुचौकमा रहेको बसपार्क अस्तव्यस्त हुदा उपमहानगरपालिकाले धेरै पटक सार्ने प्रयास गर्दा पनि सार्न नसकिएको बताउनुभयो ।
विगतमा विवादमा रहेको यो बसपार्कका सम्बन्धमा उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख भण्डारीको संयोजकत्वमा विवाद समाधान समिति गठन
गरी समस्या समाधान गरेको बताउनुभयो । उहाले सिल्यान्सपश्चात त्यहा रहेको बसपार्कको क्षेत्रफल छुट्याए
ैघेराबारा गर्ने र शिल्यान्सपश्च्चात डिपिआर तयार पारिने बताउनुभयो ।
उहाले बसपार्कको अस्तव्यस्थतालाई मध्यनजर गरी धरान उपमहानगरपालिकाले दुई बर्ष अगाडि रात्रीकालीन बसपार्क धरान १५ सदन रोड छेउमा सार्दा केही सजिलो भए पनि अहिले दिनप्रतिदिन सवारी चाप बढ्दै गएपछि अवस्था उस्तै भएको बताएका छन् ।
धेरै खिचातानीका कारण बसपार्क सार्ने भनिएको जग्गामा बस पार्क सार्ने सम्भावना न्यून भएको समयमा स्थानीयले बसपार्कका लागि दिएको जग्गा उपमहानगरपालिकामा जनप्रतिनिधि नआएको समयमा  कर्मचारीहरुले जग्गा आफ्नो नाममा पारेका भन्दै सर्वसाधारण विरोध गर्दै जग्गा फिर्ताको माग समेत गरेका थिए । तर अहिले त्या विवाद समाप्त भएको उपमहानगरपालिकाकी कावा प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
विवादका बाबजुद शिलान्यास
विवादको बाबजुद पनि धरानको प्रस्तावित बसपार्कको आइतबार सिलान्यास गरिएको छ ।
धरान ८ सुन्दर बस्तीमा बनाउन लागिएको बसपार्कको धरान उपमहानजगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले शिलान्यास गर्नुभएको हो । शिलान्यासश्चात बोल्दै कामु प्रमुख भण्डारीले सुन्दरबस्ती आयोजना अन्तर्गत बसपार्क निर्माण सम्पन्न भइसकेपछि धरानको बस पाकर्कको समस्या समाधान हुने बताउनुभयो ।
उहाले यसमा केही विवादहरु भएपनि एक महिनाभित्रमा विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त
गर्नुभयो ।
यस्तै नेकपाका स्थानीय नेता चोत्लुङले सुन्दरबस्तीका सर्वसाधारणको मागलाई  सुनुवाई गरेर बसपार्क निर्माण हुनुपर्ने बताउनुभयो । उहाले जग्गादाताहरुको बषौैदेखिको असन्तुष्टीलाई समाधान गर्न उपमहानगरपालिका गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
बसपार्क समुद्घाटन चलिरहदा पीडित जग्गाधनीहरु भने विरोधमा उत्रिएका थिए । उनीहरु उपमहानगरपालिका मुर्दावाद, मञ्जु भण्डारी मुर्दाबाद, डिपिआर तयार नभई े शिलान्यास गर्न पाइदैन जस्ता नारा लगाएर प्लेकार्ड बोकर उद्घाटन स्थल केही पर विरोध जनाएका थिए ।
संंघर्ष समितिले बसपार्कको शिलान्यास नाटक भएको बताएको
छ । पीडित संघर्ष समितिकी संयाजक तुलसा गुरुङ्गले यस भन्दा अगाडि अर्थात ०६२ सालमा पनि यही ठाउमा शिलान्यास भएको बताउनुभयो । मन्त्री परिषदले यस स्थानमा सुन्दरबस्ती आयोजना अन्तर्गत उपमहानगरपालिकाले अन्य काम गर्ने भनिए पनि बसपार्क निर्माणको कुरा नै नभएको बताउनुभयो । उहाले डिपिआर बिना नै शिल्यान्यास गरिएकोेले बसपार्क बन्ने कुरामा अझै आशांका उब्जिएको बताउनुभयो ।  पीडितरुलाई सम्बोधन नगरी नै बसपार्क बनाउन खोजिएकाले निरन्तर यसको विरोध गर्ने चेतवनी समेत दिनुभयो ।

तपाईको प्रतिक्रिया