हिरासत भवनको २० प्रतिशतमात्र निर्माण सम्पन्न

धरान÷ क्षमता भन्दा बढी कैदी बन्दीका कारण हिरासतमा कोचिएर बस्नुपर्ने अवस्था सिर्जना आएपछि पाच महिना अगाडि शिलान्स गरिएको अत्याधुनिक
हिरासका काम २० प्रतिशत मात्र सकिएको छ ।
गत साउन १४ गते सामाजिक विकास मन्त्री हिकमत कार्कीले शिल्यान्यास गर्नुभएको अत्याधुनिक हिरासतको काम जुन ढंगले अगाडि बढ्नुपर्ने हो त्यो हुन नसकेको निर्माण समितिले नै स्वीकारेको छ ।
दाताहरुले कवो गरेको रकम समयमै नआउनु तथा अन्य प्राविधि कारणले ५ महिनामा २० प्रतिशतमात्र काम सकिएको हो ।
४ करोडको लागतमा आठ कोठाको दुई तले भवन निर्माण समपन्न गर्ने योजना अनुरुप थालिएको कामको पाच महिनामा भवनको पहिलो तला ढलान भएको छ ।  कवोल अनुसार
रकम नजुटे पनि जनश्रमद्वारा ३८ लाख संकलन भएको हिरासत निर्माण समितिका संयोजक मिनकुमार सुब्बाले बताउनुभयो । उहाले अहिलेसम्म ३४ लाख रुपैया भवन निर्माणमा खर्च भइसकेको उहाले जानकारी दिनुभयो ।
दुई तल आठ कोठाको भवन भएको सो भवनमा महिला र पुरुषको भिन्नाभिन्नै हिरासत कोठा, कार्यालय कोठा रहने छ । अहिले एक तला पिलरसहित छेउछाउमा गारो गलाउने काम सकिएसंगै सोमबार ढलाइ भएको हो ।
चार हजार वर्ग फिटको दुई तेले भवनमा ८ ओटा थुनुवा कोठा निर्माण गरिने अगाडि बनाउने
कुरालाई अगाड सारिएका हो  ।
आरसिसी प्रविधिबाट निर्माण गरिएको भवनको २० प्रतिशत काम सकिएको निर्माण ठेक्का कम्पनी निशान निर्माण सेवाका नगेन्द्र मगरले बताउनुभयो ।
धरानका स्थानीयको सहयोग, वैदेशिक रोजगारमा गएका धरानेहरु, विभिन्न संघ संस्था, संघीय सरकार, धरान उपमहानगरपालिकाको समेत आर्थिक सहयोगमा शुरु गरिएको भवनमा महिला,  पुरुष, तेस्रा लिगी, बृद्धबृद्धा अर्थात प्रकृति हेरेर राख्न सकिने हिरासत निर्माण गर्न लागिएको निर्माण समितिले जानकारी दिएकोे छ ।
२०५८ सालमा ४० जना अभियुक्त राख्ने गरि बनाईएको यहाको हिरासतमो ९३ जना सम्म अभियुक्तहरु राख्नुपर्ने बाध्यता छ । यसैलाई मध्यनजर गरी धरान उपमहानगरपालिकाका पूर्व उपमेयर मिनकुमार सुब्बाको संयोजक १७ सदस्यीय निर्माण समिति बनाइ काम शुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया