संकटा र नेपाल पुलिस बुढासुब्बा गोल्डकपको सेमी फाइनलमा प्रवेश

धरान÷  सियमजी संकटा क्लब धरानमा शुरु भएको २१ आंैं रेडबुल बुढासुब्बाको सेमी फाइनलमा प्रवेश गरेको छ ।
संकटाले मेची नेत्रालयाई सडेन डेटको आधारमा २–१ गोल अन्तरले हराउदै पहिलो खेल जित्दै सेमी फाइनलका यात्रा तय गरेको हो ।
संकटाका तर्फबाट सेडिूक आब्बा र अमित तामाङका प्रहार गोलमा परिणत भएको थियो भने मेची नेत्रालयका तर्फबाट पुजन उपरकोटील गोल गरेका थिए । दिलेन लोक्तानले गरको प्रहार भने विपक्ष संकटाका गोल रक्षक राजाबाबु थापाले बचाएका थिए ।
खेलको म्यान अफ म्याच संकटाका गोलरक्षक राजाबाबु थापा घोषित भए । उनले नगद १५ हजारसहित टूफी र प्रमाणपत्र हात पारेका
थिए ।
माघ २७ गते भएको प्रतियोगिता समयका अभावका कारण सोमबार विहान टूाइबेकरको आधारमा निर्णय लिनुपरेको थियो ।  खल लम्बिदा खेल मैदानमा लाइट नभएपछि खेलबरीमै राखिएको
थियो । प्रतियोगिता अवधिभर २(२ गोल बराबरीमा रोकिएपछि भएको टूाइबेर र सडनडेथमा समेत बराबरीमा टुंगिएको थियो ।  आयोजक बुढास्ुब्बा क्लबले खेलको निर्णय सोमबार विहान टूाइबेकरबाट गर्ने घोषणा गरेसंगै सोमबार विहान सडनडेथको आधारमा निर्णय गर्नुपरेको थियो ।
यस्तै सोमबार भएको दोस्रो प्रतियोगिताबाट  विभागीय टिम नेपाल पुलिस २१ आंै बुढासु्ब्बा गोल्डकपको सेमी फाइनल पुगेको छ ।
धरान १६ रंगशालामा  दोस्रो दिनको प्रतियोगतामा पुलिसले सहारा क्लब पोखरालाई सडेन डेथको आधारमा विजय हुदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा निर्धारित समय अवधिभर दुवै टिमबाट एक÷एक गोल भएपछि खेल टूाइबेकरमा धकेलिएको थियो ।  खेलको ३३ मिनेटमा पुलिसका रवि पासवानले दिएको पासलाई सदुपयोग गर्दै निरकुमार राईले १ गोल गर्दै आफ्नो टिमको खाता खोलेका थिए  । यस्तै सहाराका तर्फबाट भने पेनाल्टीमार्फत गोल गरेको
थियो । पुलिसका खेलाडी अजित भण्डारीले डिबक्सभित्र हेन्ड
गरेपछि पाएको पेनाल्टीलाई सदुपोग गर्दै खेलको ८४ मिनेटमा विष्णु अधिकारीले गरको प्रहारले खेललाई  बराबरीमा पु¥याएका थिए ।
त्यसपछि दुवै टिमबाट आक्रमक खेल प्रदर्शन गरे पनि गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको हो । टूाइबेकरमा  दुवै टिमबाट ३÷३ गोल भएको थियो । पुलिसका तर्फबाट अजित भण्डारी, देवेन्द्र तामाङ्ग र सुमन सुवेदीको पहार गोलमा परिणत भएको थियो भने तेज तामाङ्ग र हरि कठायतल हानेको बल सहाराका गोलरक्षक लक्कीकुमार कार्कीले छेकेका थिए । यता
सहाराका तर्फबाट भने विश्व अधिकारी , विनोद गुरुङ र जनक कुलदिप कार्कीले हानेको प्रहार गोलमा परिणत भएको थियो भने गोविन्द थापा र रमेश मगरले हानेको बल पुलिसका गोलरक्षक सत्रुधन चौधरील रोकेका थिए । टूाइबेकरमा बराबरी भएपछि अन्तमा सडेन डेथका आधारमा निर्णय लिइएको थियो । सडन डेटमा पुलिसको भरत साहका प्रहार गोलमा परिणत भएको थियो भने सहाराका तर्फबाट अञ्जन देवकोटाले हानेका बल बाहिरिएको थियो ।
प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका निरकुमार राई घोषित भए । उनले नगद १५ हजार ट्रफी र प्रमाणपत्र हात पारे । भर्खरैमात्र पुलिसले खप्तड गोल्डकप समेत जितेको थियो ।

 

 

तपाईको प्रतिक्रिया