धरान÷सडकदेखि शिखर सम्मका यात्री मुर्घन्य विद्वान एवम् भाषाशास्त्री प्रा.डा. टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रको आइतबार धरानमा घोषणा गरिएको छ ।
धरान उपमहानगपालिका वडा नं. १४ को आयोजना तथा सक्रियतामा केन्द्रीय प्रविधि क्याम्पसको सभाकक्षमा भारतको सिक्किम, दार्जीलिङ्ग, सिलिगढी, मणिपुर आसाम र नेपालको काठमाण्डौ, पोखरा, दोलखा, धनगडी, चितवनसँगै धरानका स्थानीय लेखक, साहित्यकारहरुको उपस्थितिमा प्रा.डा. टंक प्रसाद न्यौपाने अध्यन अनुसन्धान केन्द्रको घोषणा गरिएको हो ।
केन्द्र सञ्चालनको लागि हरिप्रसाद दाहाल सागरमणि सुवेदी, अमृतराज मांगलाक, ्िदपक सुवेदी, विश्वजित
राई, एकु घिमिरे, टीका आत्रेय सहितको तदर्थ समिति गठन गरिएको र समितिको कार्यविभाजन चाडै बस्ने बैठकले गर्ने निर्णय समेत भएको छ । धरान नगरपालिका वडा नं. १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईका अनुसार प्रा.डा. टंकप्रसाद न्यौपानेका सम्बन्धमा अध्ययन अनुसन्धानमा केन्द्रित गर्ने उद्देश्यले घोषणा सभा हुनु अत्यनतै खुशीको कुरा हो । उहाँका अनुसार घोषणासभामा स्वदेशका मात्र नभएर छिमेकी राष्ट्र भारतको मेघालय, आसाम, गुहाटी, सिलगुडी, दार्जीलिङ्ग, दैलेखदेखि आउनु भएका स्रष्टा एवम विद्वानहरुसँग वृहत छलफल पश्चात केन्द्र स्थापना गर्ने निर्णय भएको हो ।
वडा अध्यक्ष भट्टराई भन्नुहुन्छ प्रा.डा. टंकप्रसाद न्यौपानको नाममा चाँडै नै एउटा वहुउद्देश्यीय भवन निर्माण गर्दैछौं । हामीले त्यसको गुरुयोजना बनाइसकेका छौं । त्यो कस्तो छ भने जग्गा उपलब्धताका लागि मेरै संयोजकत्वमा समिति बनाएका छौं । त्यो जग्गामा
सरकारबाट समेत सहयोग लिएर बनाइने भवनको तल्लो तलामा सिक्किमको कन्सेप्ट अनुसार अण्डर ग्राउण्ड पार्किङ्ग, माथिल्लो तलामा वडा समितिको कार्यालय, त्यसभन्दा माथिल्लो तलामा जेष्ठ नागरिकको सम्मानका लागि हल निर्माण गर्ने ,त्यो भन्दा माथि वाल उद्यान केन्द्र र सबैभन्दा माथि टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्ने योजना रहेको छ । हाल प्रा.डा.टंक प्रसाद न्यौपानेका धेरै पुस्तकहरु आज उहाँले जुन घरमा थन्क्याएर राख्नु भएको छ ती सबै पुस्तक संकलन गरी पुस्ताकालय स्थापना गर्ने बारेमा केन्द्रको सोच रहेको छ । यसको मुख्य उद्देश्य भनेको प्रा.डा. टंकप्रसाद न्यौपाने वडा नं. १४ का स्थानीय बासिन्दा मात्र नभएर उहाँ देशकै अमूल्य नीधि हुन् । उहाँ राष्ट्रले नै सम्मान गरेका व्यक्तित्व हुनुहुन्छ । उहाँसँग भएका कृतिहरु, बौद्धिक ज्ञानहरुलाई केन्द्रमा केन्द्रित गरेर, भोलि उहाँ रहे पनि नरहे पनि अध्ययन अनुसन्धानको कार्यलाई अगाडि बढाउने उहाले बताउनुभयो । यसलाइ
रणनीतिक योजना बनाएर अगाडि बढ्ने केन्द्रको थप उद्देश्य रहेको छ । भवन निर्माणका लागि बजेट प्रा.डा न्यौपानेका विद्यार्थीहरुले बाहिर हङकङ, अमेरिका, बेलायतदेखि सहयोग गर्ने पं्रतिबद्धता जनाइसकेका छन् भने सरकार स्थानीय बासीले पनि सहयोग गर्ने आश्वासन केन्द्रलाइ प्राप्त भइसकेको छ ।
घोषणासभामा दार्जीलिङ्गबाट सविता संकल्प, सोनु राई, कृष्ण पी पाठक, भारत पश्चिम बंगाल सुके पोखरीका महेन्द्र स्याङ्गजाली, मिरिकका रन्जित गुरुङ्ग, एस पि गजमेर, अजय प्रधान, दधिराम घिमिरे, सिलगुढीका लोकनाथ चापागाई, मणिपुरका राहुल राई, आसामका बद्री सुवेदी, नारद भट्टराई, रेवती मोहन तिम्सिना, मणिपुरकी सीतादेवी क्षेत्री, बसन्ती पौड्याल, दार्जीलिङ्गकी सुवित्रा अविरल, सिलगुढीका कृष्ण प्रधान, तेजमान बराइली, लोकमान चापागाई, मन्दिरा प्रधान, कालिम्पोङ्गका शरद क्षेत्री, सिलगुढीका सुकराज दियाली, युवराज काफ्ले, दिलिप तिवारी लगायतका साहित्यकारहरुले घोषणासभामा केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । अध्यक्ष अनुसन्धान केन्द्रका सम्बन्धममा जिज्ञासा राख्दा प्रा.डा. टंकप्रसाद न्यौपानेले भन्नुभयो वडो
राम्रो गरेछन् । मलाई त विस्वासै लागेको थिएन गरेछन् त हौ ।
