बलात्कार र भ्रष्टाचार बढ्यो रे
एकसिथे पार्टीका अध्येक्षे माने नयाँ शक्ति पार्टीका मुखिया डा. बाउराम भट्टराईले भन्या देशका कम्युनिस्टको सरकार आएसी बलात्कार र भ्रष्टाचार ग्याम्मै बढ्यो रे । कागले आफ्नो नाम आmै काढ्छ भन्या यही हो । हैन हौ ती बाउरामचाहिँ कुन खेतका मुली हुन हँ ? न ति लाँग्रेसका खेतका मुली हुन्, न मधेशवादी दलको खेताका मुली हुन् । ती पनि कम्युनिस्ट खेतकै मुली त हुन क्यारे । अब जुन खेतको मुली हो त्यही खेतको फसलको गाँड गर्दन दोब्रिने गरी गुह्य कुरा सडकमा छ्याल व्याल त पार्नु भएन पनि । जुन थालमा खायो त्यही थालमा बिस्ट्याउनु त अलि हजम हुदैन थ्यो कि ? तर कम्निस्टमा यो सबै चल्दो रै’छ । जुन थालमा खायो त्यही थालमा विस्ट्याएन भने त्यो कम्निस्ट नै हुँदेन रे । यही गुणले गर्दा नेपालमा कम्निष्ट फस्टाएका रे । जहाँ खायो त्यही विस्ट्याउनेहरुले बलात्कार र भ्रष्टाचार नगरेर अर्थोक के चाहिँ गर्छन् त ? कि कसो हौ बाउराम बाजे ?
अब डङड·ी रोजगार र भत्ता
देशका सबैभन्दा ठूला तथा असल मान्छेले बोलेसी पत्याउनै प¥यो । नपत्याएर नि भा’छैन । कम असल तर ठूला माने पर्धानमन्तरी खप्रओले भन्या अब देशमा कसैले बेरोजगार भएर बस्नु पर्दैन रे । रोजगारी पाइएन भने सरकारले गतिलै भत्ताको व्यवस्था गर्छ भनेर ती ठूला मान्छेले बोल्न देसी बेरोजगार युवाहरु कम्ता खुशी भा’हैनन् । अझ पर्धानमन्तरीले फागुन १ गतेदेखि नै यस्तो योजना लागू गर्र्ने भा’छ भनेर बोल्देछन् । विदेशमा रोजगारीका लागि गा’का सबै युवाहरुलाई स्वदेश फर्कन समेत उन्ले आवहान
गरेछन् । अब विदेशमा रगत पसिना बगाएर आफ्ना परिवार पाल्नुपर्ने दिन सिद्धिएछ । आफ्नै देशमा हल्ली हल्ली मासिक ८ हजार भत्तो पाइने भएसी युवाहरु धमाधम फर्कने तयारी गर्दैछन् रे । पर्धानमन्तरी खप्रओलाई सबैले हावा, चटके भन्थे आखिरी देशले पाइ नसक्नुका पर्धामन्तरी पाएको सबैका घैंटामा घाम लागे होलान् नि †
बेला न बुकेला भेनेजुएला
नेक्पाका अध्येक्षे प्रचण्डाउले डम्फू बजाएर बेला न बकुवेला भेनेजुएलाको ¥याप हान्देसी पर्धानमन्तरी खप्रओ असिन पसिन भा’छन् । धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तो भा’छ अहिले भेनेजुएलाको ¥याप । विचरा पर्धानमन्तरीले आयोजना ग¥या राजदूताहरुसँगको भेटघाटमा अमेरिकाका राजदूत जाँदै गएनछन् । सबैभन्दा धेरै सहयोग र माल झर्ने देश रुष्ट भएसी विचरा खप्रओलाई कम्ता टेन्सिन भा’छैन । कहिले जिब्रो चिप्लिएर आफन अध्येक्षेले त्इस्तो बोली पठाएछन् भनेर स्पष्टीकरण दिन्छन् त कहिले शब्द मिलाउन नजान्या भनेर स्पष्टीकरण दिन्छन् । एउटाले विराउने अर्कोले स्पष्टीकरण दिँदै हिड्नुपर्नेै के दशा आइलाग्यो आइलाग्यो हाम्रा खप्रओ वालाई । ती प्रचण्डाउ नि के भा’को भन्या ? यसो थुतुनो च्याप्प पारेर बस्नु हुदँैन । अरुलाई अप्ठेरोमा पार्ने काम त गर्नु भएन नि ? हुन त प्र्रचण्डाउको त्यस्तो बानी नानी देखि नै लाग्या हो । उन्ले दश बर्षसम्म नेपाली जन्नतालाई शान्ति दिएनन् । अब अहिले पर्धानमन्तरी खप्रओ वालाई
हाराबारा खेलाएका छन् ।
राजतन्त्र फर्कन्छ रे
राष्ट्रिय जनमोर्चाका अध्येक्षे विचित्रबहादुर केसी माने चित्रबहादुर केसीले भन्या नेपालमा राजतन्त्र ल्याउने खेल शुरु भइसक्यो रे । त्यो खेल कहिलेदेखि कस्ले आयोजना ग¥या भन्ने कुराचाहिँ विचित्रबहादुर केसीले ज्यान गए पनि भनेनन् । एउटा कुराचाहिँ उन्ले खाँटी गरे विदेशीका युवाहरुले पठाएको रेमिट्यान्सबाट केन्द्र, प्रदेश र स्थानीय तहका लण्ठुतिराजहरुलाई पाल्न
सकिदैन । संघीयताको कामै छैन केन्द्र र स्थानीय तह भए पुग्छ रे । विचित्र बहादुरले भनेर मात्र भएन क्यारे । भागबण्डा पु¥याउन, आफ्ना टकन टाँक काजेकर्ताहरुलाई पोस्न संघीयता ल्याएको केसीलाई भलिभाँति थाहै छ । जे होस्
राजतन्त्र ल्याउने खेल शुरु भइसक्या छ भनेर विचित्र बहादुरले सबैलाई जानकारी दिए । राजतन्त्र कहिले फर्कन्छ,, कसरी फर्कन्छ भनेर चाहिँ कन्चुस केसीले ज्यान गए नि थुतुनो खोलेनन् ।
सभापतिमा दाबी
कस्ता कस्ता कहाँ गए छुचुन्द्राको हालीमुहाली त्यसै भन्या हैन रै छ । अब हेरम न नेप्लिज लाँग्रेसका ढुंगे नेताले अस्तिका दिन भन्या अबको पार्टी सभापतिमा मेरो दाबी रहन्छ रे । त्यसरी दाबी गर्ने गनगने थापा रै’छन् । चर्का भाषन गरेर कोही सभापति बन्ने भए त काँग्रेसमा गनगने थापा जस्ता हरलठ्ठक कति छन् कति ? हिजो ढुंगा हानेर गनतन्त्र, संघीयता चाहिन्छ भन्ने गनगने थापा आजको दुर्दशाको एउटा मतियार हुन भन्ने कस्लाई थाहा छैन र । हैन हौ ती गनगनेले सभापतिको दाबी गर्ने सपना कसरी देखे हँ ? स्वास्थ्ये मन्तरी छँदा
करोडौ कमिशन बजाउने, घैटे इन्काउन्टरमा शिव हुँदा मानव अधिकार अयोगमा गुण्डाको समर्थन गर्दे पुग्ने गनगने थापालाई नाचिन्या हो र ? हैन हौ सपना देख्दा नि यसो सानो तिनो देख्नु नि । विचरा
रामचन्द्रे बाजेले अहिलेसम्म सभापतिको खुड्किलो टेक्न भ्याएका छैनन् । यिन्लाई भने हतारो ? आखिरी राजनीति भन्या व्यापार हो भन्ने कुरा गनगने थापाले राम्रैसँग बुझ्या रै’छन् ।
प्रचण्डाउलाई टेन्सिन
माउवादीका पूर्व सुप्रिमो अहिलेका नेक्पाका सेकेण्ड अध्येक्षे प्रचण्डाउलाई अहिले साह«ै टेन्सिन भा’छ । जनमुक्ति सेनाका केन्द्रीय संघर्ष समितिका महासचिव राजन थापाले प्रचण्डाउको खोइरो खन्न थाल्या र’छन् । उन्ले
अरबौको भ्रष्टाचार गर्ने, शिविरमा खरबौ भ्रष्टाचार गर्ने प्रचण्डाउहरुचाहिँ योग्य आफूहरुचाहिँ अयोग्य ? उन्ले त ७७ वटै जिल्ला अदालत, सर्वोच्च अदालत, अख्तियार सबैमा मुद्दा हाल्ने धम्की नै दिएछन् । थापाको धम्की पछि प्रचण्डाउको ओठ मुख र तालु नै सक्या छ रे ।
विचारालाई कत्रो बज्रपात एकातिर छोरी गई, अर्कातिर छोरो गयो, बुढीको हालत त्यस्तै छ, त्यसमाथि थापाले धम्क्याउन थालेपछि टेन्सिन कस्लाई हुँदैन । चार अर्ब ३५ करोड वाइबडीमा चपाउने, लडाकु शिविरबाट दश अर्ब भन्दा बढी कुम्ल्याउने । भ्रष्टाचार गर्ने प्रचण्डाउचाहिँ योग्य अनि पूर्व लडाकूचाहिँ अयोग्य ? भगवान तेरे घरमे देर है, अन्धेर नही भन्थे हो कि क्या हो ?
बुद्धि बिग्रेछ क्यारे
प्रचण्डाउ फेरि जंगल पस्ने रे ? हैन तिन्का मति बिग्रेको हो कि सप्रेको हो हँ ? पूर्व माउवादीलाई सिध्याउने प्रयास गरिए अर्को माउवादी जन्मिन्छ, अर्को जनयुद्ध हुन्छ भनेर अस्तिका दिन तिन्ले भाषन ठोकेछन् । भीरबाट खस्न लाग्या गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिदैन । बल्ल–बल्ल जंगलबाट निस्किएर सहराँ त्यत्रा त्यत्रा महल खरिद ग¥या छन्, डिपार्टमेन्ट स्टोर, हस्पिटल, केवुल
कार, सिमेन्ट उद्योगमा लगानी ग¥या छन् । त्यत्रो वैभव छोडेर तिन्ले जंगल बस्छु भन्दा लाटा गाँडाले नि पत्याउदैनन् । सहर पसेर मोटाएर बनेल जस्ता भा’छन् । जंगल बसे भने जंगली बनेल भन्ठानेर अप्ठेरोमा पर्दैलान । लौ है प्रचण्डाउ अब जंगल पस्ने जंगल पस्ने भाषन नगरिसियोस् । त्यो इयुतिरको बैंकमा राखेको पैसा, विदेशतिर अन्त थन्क्याएको रकम ल्याएर पूर्व लडाकूहरुलाई यसो दामासाहीले पजनी गरियोस् । सुखले दुःख,, दुःखले काल निम्त्याउँछ भन्छन् । घण्टाघको सुझाउ मात्र हो माने मान नमाने घण्टाघरलाई लुतो न कन्याई ।
मत्रीको तेल खाने साइकल
बडो आदर्शको गफ छाँट्ने संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको साइकलले स्वाँक्क–स्वाँक्क पेट्रोल सुघ्ने मात्र हैन ह्वार्र ह्वार्ती तेल खाँदो रै’छ । अरु देशमा साइकलले पेट्रोल खाँदैन । तर नेपालमा मन्त्री चढ्ने साइकलले महिनाको लाखौ रुपैयाँको तेल खाँदो
रै’छ । अवुधावीमा नेपालीहरुको एउटा कार्जेक्रममा पुगेका पण्डितलाई त्यहीका नेपालीले भन्दिएछन् मन्तरी ज्यू, तपाईको साइकलले महिनाको लाखौको तेल खाँदो रै’छ । बडो अचम्मको साइकल रै’छ । नेपालीले त्यसो भनेपछि पण्डित एक पटक त हरेउनै भएछन् । उहिताको बत्ती बालेर अनुहार हेर्नुपर्नेै मन्तरी त्यसैमाथि नेपालीको व्यंग्यले दिउँसै रात परेका जस्ता भएछन् । टिलिक्क सेता दाँत देखाएर मन्तरीले भनेछन् मेरो विरुद्धमा नेपालका मिडियाहरु लाग्या छन् । तिनैले लेख्या हुन् । तर आफ्नो साइकलले तेल खाएको कुरा तिन्ले जतिसुकै घुम्टो ओढाए पनि छोप्नै सकेनन् । जय होस् तेलखाने साइकल मन्तरीको ।
