ससदबाटै थुतेर सडकमा ल्याउने चेतावनी

धरान÷संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिंगदेनले प्रदेश नं. १ को नामांकन लिम्बुवान किरात खम्बुवान नराखिए प्रदेस सभाका सांसदहरुको टाउको फोर्ने चेतावनी दिएका छन् ।
प्रदेशको नाम र राजधानीको विषयलाई लिएर आइबार प्रदेशसभा संसद घेराउ गर्न गएका खम्बुवान
राष्ट्रिय मोर्चा, संघीय दलित शिल्पी मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको संयुक्त विरोध ¥याली पश्चात आयोजित भेलालाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष लिंगदेनले उक्त कुरा बताउनु भएको हो ।
अध्यक्ष लिंगदेनले भन्नुभयो प्रदेश नं. १ को नामाकरण पहिचान विरोधी सगरमाथा वा कोशी राखिए देशमा सशस्त्र जनयुद्ध शुरु हुन्छ । एक नं. प्रदेशको नामाकरण राई लिम्बुको घाँटी काट्ने गरी कोशी सगरमाथा राखिए सांसदहरुलाई सदनबाटै थुतेर सडकमा ल्याएर बञ्चरोले टाउको फोर्छौ । अध्यक्ष लिंगदेनले सांसदहरुलाई पहिचान बन्द गर्ने खेलमा नलाग्न चेतावनी दिँदै हिजो दलित, सिल्पी भनेर हेपिएकाहरु अब दलित छैनन् । लिम्बुवान, किरात, खम्बुवान, मधेशी वीचमा फुट ल्याएर प्रदेशको नाम कोशी, सगरमाथा नराख्न उहाँले पटक पटक सम्बोधनका क्रममा चेतावनी दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया