सत्तासीन नेपाली कम्युनिस्टमा पहिलो पटक भेनेजुएला फोविया हाबी भएको छ । नेपालसँग कुटनैतिक सम्बन्ध समेत नभएको भेनेजुएलाको पछिल्लो राजनैतिक घट्नाक्रमलाई लिएर नेकपाका अध्येक्षे प्रचण्डले जुन वक्तव्य निकाले त्यसले कम्युनिस्टहरुको दृष्टिमा अमेरिकाप्रतिको परिवर्तन आउन नसकेको प्रमाणित गरेको छ ।
भेनेजुएलाको राजनीतिक घट्नाक्रममसँग नेपालका कम्युनिस्टहरुको साइनो एकाएक गाँसिनु आश्चर्य भएको छ । नेपालका कम्युनिस्टहरु खासमा नेकपाका कारण पचासौ बर्षदेखिको नेपाल अमेरिका सम्बन्ध दरार पैदा भएको छ । नेपालको विकास, प्रजातन्त्रिक सृदृढिकरण लगायतका विषयमा अमेकिराले खबरौ सहयाृेग बर्षेनी प्रदान गर्दै आएको मात्र नभएर नेपालीहरुको आफ्नो सुनिश्चित भविष्यको अन्तिम विकल्पको रुपमा अमेरिकालाई लिँदै आएका छन । उच्च शिक्षाका लागि सिधा बाटो नभएर चार बाटोबाटै भएपनि नेपालका अधिकांश कम्युनिस्ट नेताहरुहरुल्े आÏना छोराछोरीलाई अमेरिका नै पढाउदै आएका मात्र छैनन् दुतावासमा सत्ताको आडमा भनसुन गरेर पिआर समेत दिलाएका छन् ।
तर अहिले आएर सत्तासीन भएका घमण्ड, दम्भका कारण पचण्डले वक्तव्य निकाल्ने दुस्साहस गरेकोमा कुनै आशंका छैन । तर त्यसले मुलुकको हितमा कति दीर्घकालीन असर पर्छ भन्ने कुरा उनले बुझ्न सकेनन् । अमेरिकालाई नेपाल जस्तो कुनै हेसियत नभएको, दातृ राष्ट्रहरुको हयोृगमा बाँचेको देशालई भोलिका दिनमा सम्पन्न शक्ति राष्ट्रहरुहरुले उपेक्षा गर्न अवस्था आउँछ । बेलायत, जर्मन, फ्रान्स, सिंगापुर, अष्टे«ेलिया, इजरायल, ओमान, क्यानाडा लगायतका प्रदेशको नेपाललार्य हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्छ । तयसबेलाको अवस्था कस्तो हुन्छ भन्ने कुरा नेपालका कम्युनिस्ट अठर्थात प्रचण्ड मार्काहशरुले सामान्य आंकलन समेत गरेका छैनन् । शक्ति राष्ट्रको विरोध गरेर नेपालका निम्न वगषर््का केही व्यक्तिको थपडी खाँदैमा मुलुक समृद्ध बन्दैन । यस कुरामा प्रचण्डको रक्तिभर हेक्का रहेको देखिएन ।
पछिल्लो पटक नेपालका कम्युनिस्टहरुको मोह उत्तरी छिमेकी राष्ट्र चीन तर्फ अवाश्यकता भन्दा बढी देखिन्छ । तर यिन्लाई एउटा कुराको ज्ञान कहिल्यै भएन त्यो हो चीनले नेपालसँगको सम्बन्धलाई समान्य व्यवायिक रुपमात्र लिएको छ । सामरिक दृष्टिले केही सहयेग गरेको मात्र उसले ेखाएको छ । सबैलाई चिढ्याएर एउटाको भर पर्नु बुद्धिमता हुँदै हुँदैन । भर्खरैमात्र नेकपाको बैठकले चचण्डको विज्ञप्तीको समर्थन र्दै अमेरिकालार्य थप चिढ्याउने जुन हर्कत दोहो¥यायो त्यसले सरकरा वचकना खेलमा लागेको प्रष्ट हुन्छ । आइतबार सरकारले आफ्ना नीति योजना आदिका बारेमा नेपालस्थित रहेका कुनीति नियोगका प्रमुख अर्थात राजदूतहरुलाई बोलाउँदा अमेरिकी राजदुतको सहभागिता नहुनुलाई कुटनीतिक पण्डितहरुहरुले गम्भीर रुपमा लिएका छन् । हुन त नेपालका कम्युनिस्टहरुको कामै भत्काउनु हो । अमे।िरकासँगको नेपालकोे सम्न्धलाई उचाईमा पु¥याउने काम नेपालका राजाहरुले गरेका थिए । अर्थात पञ्चशीलको सिद्धान्तको आधारमा नपालको राजसंस्थाले द्विदेशीय सम्बन्धलाई उचाइमा पु¥याउने काम गरेको हो । आजका कम्युनिस्टहरु सत्तामा पुगेर त्यसैको व्याज एकातिर निर्लज्जताका साथ खाइरहेका छन् भने समबन्धलाई थप मजबुत बनाउनुको सट्टा भत्काउने र विगार्ने काम पनि गरिरहेका छन् ।
प्रचण्डको बक्तव्य र अमेरिकी चासोलाई लिएर नेपाली काँग्रेसले आइतबार एउटा विज्ञप्ती नै प्रकाशित गरेको छ । प्रपिक्षको रुपमातयो पनि कमजोर अवस्थामा रहेको काँग्रेसको वक्तव्इले त्यति ठूलो माने राख्दैन । यद्यपि, वक्तव्ये सम्बन्धमा पुर्नै नसकिने दरार अर्थात खाड कम कम गनेमा विस्वस्त हुन भने सकिन्छ । काँग्रेसको वक्तव्यमा भििनएको सरकार र दहालको विज्ञप्ती अपरिवक्व र राष्ट्रिय स्वार्थ विपरीत रहेके छ । सरकारको धारणा समेत प्रचण्डको विज्ञप्तीलाई बल पुग्ने गरी आउनु आपत्तिजनक विषय हो । नेपाल र अमेरिकाबीच चिसिएको सम्बन्धले विकास र पूर्वाधार निर्माणमा असर पुग्ने बताइएको छ ।
