समाजवादी नेता फर्नान्डिज रहनु भएन

भारतका प्रख्यात समाजवादी नेता जर्ज फर्नान्डिजको ८८ बर्षको उमेरमा मंगलबार विहान निधन भएको छ ।
लामो समयदेखि विरामी भएर थलिनु भएका फर्नान्डीजले नेपालमा प्रजातन्त्र स्थापनाको आन्दोलनमा बीपी कोइरालालाई उहाँले महत्वपूर्ण सहयोग गर्नुभएको थियो ।
प्रवासमा रहँदा बीपीको जीवन रक्षाका लागि अमेरिका जान भारतीय ट्राभेल डकुमेन्ट उपलब्ध गराउनु, नेपाल सोलिडारिटी समूह गठन गर्नु, नेपाली काँग्रेसलाई सोसलिष्ट इन्टरनेशनलको सदस्यता दिलाउनु, नेपाली काँग्रेस सशस्त्र कारबाहीको गतिविधिमा रहँदा
इजरायलबाट हतियार उपलब्ध गराउनु जस्ता महत्वपूर्ण कार्यले नेपालको प्रजातन्त्र उहाँको ऋणी रहेको छ ।
जयप्रकाश नारायण, राम मनोहर लोहिया, चन्द्र शेखर, मधु दण्वते, मधु लिमये, श्रीपद अमृत डांगे, नम्बुदिरी वाद, किशन पटनायक जस्ता मुर्धन्य भारतीय राजनेताहरुका सहकर्मी रहेका जर्ज फर्नान्डिज नेपालका अतिरिक्त तिब्बती जनताका मानव अधिकारका पनि प्रखर वकालत गर्नुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया