मोरङ÷ बिराटचौकको जनजिवन सोमबार दिनभर तनावग्रस्त बनेको साँझदेखि बिस्तारै शान्त बनेको थियो । विराटचोक–विराटनगर सडक खण्डमा पर्ने बेलेपुर नजिक सिसौगाछीमा बालिकालाई ठक्कर दिइ मृत्यु भएको घटनाको विषयमा सुन्दर हरैंचा नगरपालिकाको पहलमा पीडित पक्षसँग सहमति भएपछि जनजीवन सामान्य बनेको े हो ।
सहमति पछि सोमबार साँझ मृतक बालिका लक्ष्मी ढकालको शव पोष्ट मार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन । सहमतिपछि पूर्व पश्चिम राजमार्ग लगायत विराटचोकबाट दक्षिणतर्फ दोहोरो सवारी साधन सुचारू भएको छ भने जिल्ला प्रशासन कार्यालय मोरङबाट जारी निषेधित क्षेत्र राति ८ बजेदेखि हटाईएको छ ।
नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले सो सडकमा हाललाई टिपर संचालनमा पूर्ण रोक लगाउने, पीडित परिवारलाई क्षतिपूर्तिको पहल नगरपालिकाले गर्ने लगायतका विषयमा सहमति गरेको छ ।
सो दुखद घटनाबाट सिर्जित अबस्थालाई मध्यनजर गरी सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले सो क्षेत्रमा तत्काल टिफर सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बैठकमा उपप्रमुख धना तामाङ,प्रदेशसभा सदस्य राजकुमार ओझा लगायत सो क्षेत्रका राजनीतिक दलका प्रतिनिधि र बुद्धिजिवीको सहभागिता
थियो । बैठकले घटनाप्रति दुख ब्यक्त गर्दै सो टिपरका चालकको दोष देखिएका
कारण तत्काल पक्राउ गरी उनलाई कारबाही गर्न प्रशासनसँग माग समेत गरेको नगरप्रमुख ढकालले जानकारी दिएका छन ।
