वहु प्रतिक्षित राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत आयोजनाको कामले तिब्रता पायो आयोजना निर्माणका लागि विकास सम्झौतामा भएको (पिडिए) अनुसार दुई गाउँपालिकाका ६ हजार रुख काटिए

संखुवासभा÷वहुप्रतिक्षित राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत परियोजना निर्माणको कामले तिब्रता पाएको छ । निर्माण कम्पनी सतजलले सुरुङ्ग निर्माणको काम, विद्युत गृह निर्माणको काम, सडक लगायतका संरचना निर्माणहरु एकसाथ अगाडि बढाएसँगै विद्युत निर्माणको कामले तिव्रता पाएको हो ।
विगतमा निर्माण स्थलबाट रुखहरु हँटाउन नहुने भन्दै स्थानीय र केही राजनैतिक दलहरुले विरोध गरेपनि हाल उनीहरु समेत सहमतिमा आएपछि मकालु गाउँ पालिका वडा नं.५ को Ïयाक्सिन्दा र चिचिला गाउँ पालिकाको पुखुवाका ६ हजार रुखहरु हँटाइएका छन् । निर्माण कम्पनी सतलज र सरकारबीच भएको विकास सम्झौता (पिडिए) अनुसार नै रुखहरु हँटाइएको संखुवासभाका सहायक जिल्ला वन अधिकृत हेमन्त पराजुलीले जानकारी दिनु भएको छ । चिचिला गाउँ पालिकाका अध्यक्ष नुर्वु शेर्पाका अनुसार हाल संरचना निर्माणका लागि ६ हजार रुख काटिएको हो । सतलज कम्पनीले समेत आयोजना निर्माण स्थलमा रहेका रुखहरु काटिएको जनाएको छ । आयोजना निर्माण स्थलको १ सय २३ हेक्टर जमिनमा ती रुखहरु रहेका थिए ।
जिल्ला सहायक वन अधिकृत हेमन्त पराजुलीका अनुसार निर्माण कम्पनीले नेपाल सरकारसँग स्किृत लिएरै ती रुख काटिएको हो । ड्याम साइड र पावर हाउस लगिने ३३ केभी प्रसार लाइनका लागि ती रुखहरु तत्काल हटाउनुपर्ने अवस्था थियो । यद्यपि उक्त स्थानमा अझै ९ सय ९४ वटा रुख काट्नुपर्ने देखिएको पराजुलीको कथन छ । यसका अलावा ट्रान्समिशन लाइन विस्तारको लागि थप ९० हेक्टरको रुख काट्नुपर्ने देखिएको र यसका लागि निर्माण कम्पनी र सरकारबीचमा यस सम्बन्धमा सम्झौता हुन बाँकी रहेको पनि पराजुलीले जानकारी दिनुभयो । अरुण तेस्रो जलविद्युत परियोजनाले मकालु राष्ट्रिय निकुञ्जको ४४ हेक्टर वन प्रयोग गरेको पराजुलीले बताउनुभयो ।
आठ महिनामा १५ प्रतिशत
लामो समयसम्म अनिर्णयको बन्दी बनेको नेपालकै सबैभन्दा ठूलो अरुण तेस्रो जलविद्युत आयोजनाको कामले आठ महिनाकै अवधिमा १५ प्रतिशत प्रगति हासिल गरेको छ ।
निर्माण कम्पनी भारतको प्रतिष्ठित सतलज जलविद्युत निगमले सतलज जलविद्युत निगम अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनी प्रा.लि. खडा गरेर काम गर्न थालेको आठ महिना मात्र भएको छ । यो अवधिमा कम्पनीले निर्माणका सम्पूर्ण संरचनााहरुलाई एकसाथ अगाडि बढाएको छ । अरुण नदीको पानीको बहान परिवर्तनकालागि सुरुङ्ग खन्ने, विद्युत गृह निर्माण गर्ने, बाँध निर्माण गर्ने, पावर हाउमा पानीको फोर्स पु¥याउने, पहाडभित्र पावर हाउस निर्माण गर्ने, हेभी इक्विपमेन्ट निर्माण स्थल पु¥याउन सडक निर्माणका काम सबै एकैसाथ तिव्र रुपमा भइरहेको कम्पनीका कार्यकारी अधिकृत शतिसकुमार शर्माले बताउनुभयो । शर्माका अनुसार Ïयाक्सिन्दा बाँध निर्माणका लागि अरुण नदीको बहाव परिवर्तन गर्न ११ मिटर परिधिको ३ सय ९३ मिटर शुरुङ्गको काम एकसाथ दुवैतिरबाट भइरहेको छ ।
चारवटा सुरुङ्ग
अरुण तेस्रो जलविद्युत आयोजनाबाट ९ सय मेघावाट विद्युत उत्पादन
हुन्छ । पहिलो सुरुङ्गसँगै दोस्रो सुरुङ्ग ७ सय ४७ मिटरको हुनेछ । दोस्रो सहायक सुरुङ्ग, बाँध निर्माण स्थलबाट ४.९६ किमी आमरडमा ७.१५ किलोमिटरमा तेस्रो सहायक सुरुङ्ग सुन्तलेमा र चौथो सहायक सुरुङ्ग चिचिल्ला ३ को दिदिङ्ग पुखुवामा हाल निर्माण भइरहेको छ ।
दोस्रो, तेस्रो र चौथो सहायक सुरुङ्गसँगै पावर हाउस, ट्रान्सफर्मर हाउस, टेलरेस टर्नेलको सम्पूर्ण काम भारतकै पटेल इन्जिनियरिङ्ग लिमिटेडलाई कम्पनीले ठेक्का दिएको छ । हाल उक्त इन्जिनियरिङ्ग कम्पनीले कोशी राजमार्गको छ्याङ्गखुटीदेखि दिदिङ्ग पुखुवासम्मको सडकको ट्रयाक खोल्ने काम भइरहेको छ ।
१ अर्ब २२ करोडको मुआब्जा
परियोजनाले १ सय ७५.७१ हेक्टर जमिन ओगटने र त्यसमध्ये १२३.२२ हेक्टर वनको रहेको छ भने ४८.६७ हेक्टर जग्गा विभिन्न व्यक्तिको नाममा रहेको निजी रहेको छ । लामो समयसम्म जग्गाको मुआब्जा सम्न्धमा स्थानीय, निमाण कम्पनी र सरकार बीचमा छलफल भयो अन्तत ः असन्तुष्ट पक्षहरुले समेत मुआब्जामा सहमति
गरेपछि निर्माण कार्यले थप तिव्रता पाएको हो ।
जिल्ला प्रशासन कार्यालय संखुवासभाका अनुसार हालसम्म ४८.८७ हेक्टरका लागि १ अर्ब २२
करोड ११ लाख १० हजार मुआब्जा वितरण भइसकेको छ । मकालु गाविस वडा नं. ३ चिसापानी, नयाँ बस्तीका ५ परिवारर्लाई थप मुआब्जा दिइएको र ११ घरलाई आवास निर्माणका लगि सहमति गराइको छ ।
अण्डरग्राउन्ड पावर हाउस
अरुण तेस्रो जलविद्युत आयोजनामा अण्डर ग्राउन्ड पावर हाउस रहने भएको छ । निर्माण कम्पनीका कार्यकारी अधिकृत शतिस कुमार शर्माका अनुसार ट्रान्सफर्मर पावर हाउस निर्माणका लागि सुरुङ्ग खन्ने काम भइसकेको छ ।
शर्माका अनुसार दिदिङ्ग पुखुवामा पावर हाउस पहाडभित्र रहने छ । १ सय ७९ दशमलब ५ मिटर लम्बाई, २२ दशमलव ५ मिटर चौडाई, ४९ दशमलव ५ मिटर चौडाइको अण्डरग्राउन्ड पावर हाउस निर्माणका लागि दुई ठाउँबाट काम भइरहेको छ । पावर हाउससँगै १ दशमलव ५३ को ९४ मिटर लम्बाई १६ मिटर चौडाई र २३ मिटर परिधि भएको १ सय ४९ मिटर अग्लो सर्ज सÏटवेयर निर्माण हुनेछ । पावर हाउसमा आउने पानी दुईवटा सुरुङ्गमा बाँडेर स्टिल पाइप मार्फत २२५÷२२५ मेघावाट क्षमताको ४ वटा टर्वाइन घुमाएर ९ सय मेघावाट विद्युत उत्पादन गर्छौ शर्माले भन्नुभयो ।

तपाईको प्रतिक्रिया