किरण राई । पूर्व सभासद, तत्कालीन नेकपा माओवादी जनमुक्ति सेनाका बृगेडियर । वि.सं. २०३१ सालमा भारतको केरलामा जन्मनु भएका राईको बाल्यकाल भोजपुरको पोया बखेम्चा भन्ने गाउँमा भयो । उहाँले प्रावि, निमावि र मावि तहको शिक्षा भोजपुर सदरमुकाम स्थित विद्योदय माविबाट पूरा गर्नुभयो ।
२०४६ सालको राजनैतिक गतिवधिसँगै राजनीतिमा हाम फाल्नु भएका राईले तत्कालीन पञ्चायती व्यववस्था विरुद्ध जनवादी िशक्षा पणालीको विषयमा अभिरुची राख्दै राजनैतिक संीगठनमा आवद्ध हुनुभयो । २०४७ ालमा जिल्ला स्तरीय कमिटीमा काम गर्दै जानुभयो। २०५४ साल भदौ ३ गते धरानको सदन स्कुलको गेटबाट गिराफ्तारीमा पर्नु भएका रार्इीलाई राज्य विरुद्धको मुद्दा, हात हतियार सम्बन्धी मुद्दा लगाइयो । तत्कालीन अवस्थामा वामपन्थीकै सरकार थियो र वामदेव गौतम गृहमन्त्री थिए ।
सुनसरी र भोजपुरमा लगाइएको मुद्दामा उहाले तीन बर्ष कठोर जेल जीवन बिताउनुभयो । २०५७ साल पौषको पहिलो हप्ता उहा रिहाई हुनुभयो । त्यसबेला मुलुकको राजनैतिक परिवर्तन तथा आमुल परिवर्तनका लागि माओेवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो । नेपाल सरकारले जनविद्रोह दमन गर्न नेपाल प्रहरीलाई खटाइए तापनि उनीहरु डिफेन्सिव अवस्थामा र शाही नेपाली सेनालाई अगाडि बढाएर जनयुद्धलाई निस्तेज पार्ने प्रयत्न हुदै थियो । त्यही संघारमा उहाँ जेलबाट निस्कनु भएको थियो । त्यसपछि उहाँको कार्यभार जिल्ला संंगठनमा थोरै समय रहयो । तत्कालीन आवश्यकता जनताको जनवादी व्यवस्था स्थापनाका लागि आवश्यकीय विभागीय हिसाबले जनमुक्तिसेना जुन बनिसकेको थिएन, घोषणा भइसकेको थिएन तर लडाकुका रुपमा थियो । विभिन्न स्वाएडको नाममा रहेको थियो र जिल्ला प्लाटुन तहसम्मको संरचना गर्नुथियो । तत्कालीन शाही नेपाली सनोको व्यारेक पूर्व र पश्चिम गरी दुई वटा व्यारेकलाई कब्जा गरेर वा आक्रमण गरेर जनमुक्ति सेनाको स्तरलाई स्थापित गरेर जाने भन्ने पार्टीको प्लान थियो । त्यहीसमयमा उहाँ जनमुक्ति सेनामा आवद्ध हुनुभयो । पश्चिममा दाङको घोराही र सोलुको सल्लेरी नियन्त्रणमा लिन आक्रमण भयो ।
उहाँले मोर्चामा काम गर्दा भित्री बाहिरी वा चलायमान मोर्चा र मोर्चा बन्दी भन्ने गर्छन । कहिले जनमुक्ति सेनाको योजना बाहिर लडने र कहिले शाही सेना वा युनिफाइड कमाण्डको भिडन्तमा परेर लड्ने हुुँदै गयो । तीन दर्जन भन्दा बढी स्थानमा भएका भिडन्तमा उहाँको त्यसबेला पप्त्यक्ष सहभागिता रहयो । आज पनि उहाँका शरीरमा दर्जनौ छर्रा रहेका छन् । युद्धका क्रममा उहाँको शरीर नराम्ररीँ जलेको थियो । पछिल्लो चरणमा उहाँ बृगेडियर कमाण्डरको हैसियतले आफनो भूमिका निर्वाह गर्दै जानुभयो । पछि २०६२÷०६३ को जन आन्दोलनको प्रक्रियाहरु अगाडि बढ्यो । खास गरेर राजा ज्ञानेन्द्रको कु पछि दिल्ली र राजा ज्ञानेन्द्रको सम्बन्ध टाढियो । दिल्लीले अर्थात राजा ज्ञानेन्द्रले संसदवादी राजनैतिक पार्टीका नेताहरुलाई क्याप्चरमा लिएको,, आफनो हर्कतहरु दिल्लीप्रति विश्वास आर्जन गर्न नसकेको अवस्था थियो । दिल्लीले पनि स्वतन्त्र रुपले यहँ कसैलाई आफ्नो हर्कत गर्न नदिने विदेशी मालिकको योजना अनुासर काम हुँदै गयो । माओवादीप्रति ठूलो शक्ति केन्द्र स्थापित हुने सम्भावना र माओवादी नेतृत्वमा नेपालको सत्ता स्वाधिीन ढंगको राजनैतिक व्यवस्था कायम हुने सम्भवना देखेपछि भारतले नेपालका संसदवादी दलहरुलाई मिलाउने र माओवादीलाई पनि राजा ज्ञाोन्द्रका विरुद्धमा उता¥यो । खास गरेर राजा ज्ञानेन्द्रको बहिर्गमन मात्र जनयुद्धको उद्देश्य थिएन । त्यसको कार्य दिशा भनेको राजनैतिक कन्ट्रक्सन नै पूरै चेन्ज गनु थियो । तत्कालीन अवस्था दिल्लीसँगै विदेशी शक्तिहरुले नेपालका संसदवादी दल र माओवादीलाई मिलाएर राजा ज्ञानेन्द्रलाई हँटाउने र पछि गएर दलाल संसदीय व्यवस्था कायम गराउने थियो । माओवादीलाई पनि त्यसैमा विलय गराउने भन्ने प्लान अनुसार उनीहरु आए । त्यसको प्रतिवादमा रणनीतिक उद्देश्य बुझे माओवादी नेतृत्वले त्यसलाई काउन्टसर मात्र हैन परास्त गर्ने
तरिकाले जानु पथ्र्यो । त्यो शैद्धान्तिक रुपमा तल्लो तहसम्म कसरी जाने भनेर संविधानसभाको नारा दिइयो । सरकार, संसद, संविधानसभा वा ३ सं अनुसार अगाडि बढदा जुन खराब कन्ट्रक्सन त त्यसलाई बदल्न सकिन्छ भन्ने थियो । पछि नयाँ इन्जिनियरिङ्ग गरेर नेपालको राजनैतिक व्यवस्थालाई अगाडि बढाउन सकिन्छ र नेपाललाई स्वाधीन, नेपाली नागरिकलाई स्वतन्त्र, स्वाभिमान नागरिक बनाउन सकिन्छ भन्ने थियो तर नेतृत्वले त्यो कुरा अगाडि ल्याएन । त्यसैबेला देखि राई केही असन्तुष्ट जस्तै देखिन थाल्नु भएको थियो । यसपटक हामीले तिनै जुझारु, इमान्दार, परिवर्तनका लागि आफ्नो जीवन नै आहुति दिन पछि नपर्ने युवा राजनीतिकर्मी किरण राईसँग वार्ता गरेका छौं प्रस्तुत छन्, राईसँग गरिएका वार्ताका सारसंक्षेप ः
द्दतपाईहरुले सोचे जस्तो भयो त ?
–भएन । जसका कारण म मत्र हैन धेरैमा वितृष्णा पैदा भएको छ ।
द्दनहुनुको प्रमुख कारण के हो ? अन्तमा पार्टी संसदीय भाषमै गयो हैन ?
–नेतृत्वको समस्या हो । नेतृत्वको विचार, दृष्टिकोण स्वखलित भएपछि यो समस्या आयो । नेतृत्वले कि त आजसम्म कार्यकर्ताले मुल नेतृत्वको कुरा नबुझेको भए त्यसलाई प्रमाणित गरिदिनु पथ्र्यो । भनिदिनु पथ्र्यो तिमीहरुले बुझेनौं । नेतृत्व दूरदर्शी हुन्छ भन्ने सोच थियो ।
द्दयतिका मान्छेले बलिदान दिए, स्वाधीनताको लागि । अब के हुन्छ ?
–अब आवश्यकता आपूर्ति नहुँदा सम्म अथवा सम्बृद्धिको राजनीति व्यवस्था स्थापना र अगाडि नबढ्दासम्म यसैगरी राजनीति कुरा भइरहन्छ । सम्बृद्धिको राजनीति व्यवस्था स्थापना र अगाडि नबढ्दासम्म नेपाली नागिरिकको कर्तव्य हुन्छ राजनैतिक संघर्ष गर्नु । राजनैतिक संघर्ष गर्दा सत्ताको तर्फबाट पैसा र हतियार संगठनहरुलाई दिएर हिंसा मच्चाएपछि प्रतिवाद हुन्छ । त्यसबेला केही घट्ननाहरु घट्छन् । त्यसलाई राजनैतिक लडाई वा राजनैतिक रुपान्तरण सैघर्ष हुन्छ । राज्ययले भौतिक हमला
गरेपछि प्रतिवादमा मृत्युहरु पनि हुन्छन् ।
द्दलक्ष्यमा नपुग्दै तपाईहरुको जनयुद्ध
रोकियो भन्दा के होला ?
–हो, लक्ष्यमा राकिएको त हैन । यो दुई पक्षीय राजनैतिक टकरावको बेलामा एकले अर्कालाई नियन्त्रण गर्ने प्रत्यन हुन्छ । अर्थात विलय गराउने वा नियोजित नियन्त्रण गर्ने काम हुन्छ । त्यो प्रत्यत्न वार्ताको पक्रिया थियो । अर्थात २०६२÷०६३ को आन्दोलन पछि विशेष शान्ति सम्झौताको एजेन्डा जुन थियो अर्थात मूल नेपालको कुरा गर्दा संविधानसभाको एजेन्डा थियो । संविधानसभाको एजेन्डाले संसदवादीले क्रान्तिकारीलाई जित्ने, क्रान्तकारीले संसदवादीलाई जित्त्ने भन्ने वार भयो । त्यसबेला ससवादीहरु हावी भएर क्रान्तिकारीका नेताहरु संसदवादीहरुमा विलय भए । उहाँहरु हार्नुभयो, उहाँहरुले हारेको स्वीकार्नु भएन ।
द्दयसलाई धोका भन्दा के हुन्छ ?
–हो त्यो धोका हो । उहाँले के गर्नुपथ्र्यो भने उहाँहरुले बलिदान गर्नु पथ्र्यो । राजनैतिक रुपान्तरण परिवर्तनका सन्दर्भमा आफ्नो
राष्ट्रिय स्वाधिनता र नागरिकको स्वाभिमानको निम्ति लड्ने वा अभियान चलाएको हो भने राष्ट्रको निम्ति मुख्य नेतृत्वले पनि बदिलदान गर्नु पर्छ । सामान्य जनताले मात्र बलिदान गनैे भन्ने करा त हुँदैन । भयो भने भइहाल्यो हैन भने नहुने रैछ भनेर लम्पासार पर्ने काम त गर्नु भएन नि । एउटा सानो ५ जनाको परिवारको मुख्य दायित्व बाबु आमाको हुन्छ र त्यसपछि परिवारको सिनिरको हुन्छ । मुख्य भूमिका त बाबुकै हुन्छ । बाबुकै योजनामा काम भइरहेको हुन्छ । घरमा कुनै प्राकृतिक प्रकोप भयो भने वा आफ्नो जमिनमा बस्न सक्ने अवस्था भएन भने उसले त्यो ठाउँ छोडने निर्णय गर्न सक्छ । अप्ठेरो ठाउँमा छ भने वा खोला,भीर पाखामा बसिएको छ,
असुरक्षित भूगोलमा बाध्य भएर बसेको छ भने प्रकृति पकोप हुँदा सिँगो परिवार मर्न सक्छ वा बाबु आमा या छोराछोरी मात्र पनि मर्न सक्छन् । यो राजनैतिक
रुपान्तरणलाई सचेतता पूर्वकराष्ट्रको निम्ति, आम जनताका निम्ति म नेतृत्व गर्दछ ु। कार्यदिशा विकास गरेको छु भन्न सक्नु प¥यो नि । हज्जारौ जनता,कार्यकर्ता मर्दा वा सर्वाधारण मर्दा आफनो अभियानमा आफ्नो अपिलमा मर्दा जित्यौ जितिहाल्यो भनेर खुशी हुने मैले गरे भन्ने । तर नसक्ने अवस्थामा हजारौ जनता आफने अपिलमा आउने, केन्द्रकृत हुने जनताको आवाज नसुन्ने गर्नु त भएन । घेराबन्दी आफूतिर आउन थाल्यो मलाई पनि भौतिक रुपमा खतरा भयो भन्ने लागेपछि लम्पसार त पर्नुभएन । सुख सयलतिर जानु त भएन नि ।
द्दअहिलेको अवस्था त्यही भएको हो
त ?
–यसलाई हामीले एउटा धोका मात्र होइन एकदम चरम घातको रुपमा लिँदा हुन्छ ।
द्दतपाई अहिले मूल नेतृत्व अर्थात प्रचण्डले गरेको पार्टीबाट वैध र वैधपछि नेत्रविक्रम चन्दको नेकपामा आउनु भयो । तर हाल आएर निस्क्रिय बस्नु भएको छ । किन ?
–म अहिले निस्कृय बसेको छु । मेरो स्वास्थ्यको कारणले मैले अहिले चन्द नेतृत्वबाट अलग भइसकेको छु । मैले
राजीनामा दिइसकेको छु मेरो अब अहिले कुनै पार्टीमा संलग्न छैन । नागरिक हुनुको नाताले अथवा कुनै प्राणीले पेट भोको हुन्ज्याल उसले खाने प्रत्यत्न गर्छ ।
गर्नैपर्छ । अन्तमा सक्दै सकेन भने ऊ भोकले मरेको पनि हामीले देखेका छौं ।
राजनीति रुपान्तरण नेपाली नागरिककालागि अनिवार्य छ । तर पनि आवश्यकता वा अनिवार्य हुँदा हुदैै पनि कतिपय सन्दर्भभा नसकिने हुँदो रै’छ । एउटा बृद्ध व्यक्तिले आफ्नो कोठेबारीमा भएको फलफूल टिपेर खान सक्ने अवस्थामा हुँदैन । अहिले मेरो शारीरिक अशक्तताका कारणले म निस्कृय भएको हुँ ।
द्दशारीरिक समस्या मात्र हो कि राजनैतिक वितृष्णा पनि हो ?
–वितृष्णा हैन । मेरो स्पष्ट दृष्टिकोण के हो भने दलाल, संसदीय राजनैतिक व्यवस्था जुन देशमा हुन्छ त्यो मुलुकको जनता र त्यो राष्ट्रको अस्तित्व केही हुँदैन । अहिले म कुनै सौदबाजी लोभलालच, कतै लिउ की अथवा बार्गेनिङ्गको प्वाइन्टमा म
छुइन । तर के कुरा के हो भने नेपालको
राजनीति समृद्धिको निम्ति स्थापना हास भन्ने मेरो धारणा छ । यसको लागि जसले पहल गर्छ त्यसमा मेरो नैतिक समर्थन
रहन्छ र भौतिक रुपमा अब म लाग्न सक्दिन । म लगभग २०४६ सालदेखि
राजनैतिक रुपान्तर वा जनवादी शिक्षा प्रणालीको वकालत गर्दे आएको व्यक्ति हुँ । सिंगो नेपालको राजनैतिक व्यवस्था
परिवर्तन हुँदा मात्र मुलुक समृद्ध हुन्छ । म अब पार्टीगत हिसाबले अगाडि
बढ्दिन । म नेपालमा राजद्रोही पनि बनिसके । राज्यले राजद्रोही बनायो । सविधानसभामा निर्वाचित प्रतिनिधि भएर पनि गएँ । तर मेरो सोच अनुसार, मेरो कन्सेप्ट , चाहना अनुसार संविधानसभा अगाडि बढेन । संविधानसभामा देशी विदेशी मालिक हावी भए ।
द्दतपाईको चाहना र कन्सेप्ट कस्तो थियो ?
–पहिलो कुरा नेपाल स्वाधीन छैन । स्वतन्त्र छैन । वैदेशिक हस्तक्षेपमा चलेको छ । यो उपनिवेश जस्तो भएर चलेको छ । नेपालको सरकारले महत्पूर्ण निर्णयहरु गर्न सक्दैनन् । संसदवादी
राजनैतिक प्रक्रियाद्वारा जुन ढंगले नेपाल हस्तक्षेप भइरहेको यो विदेशीहरुको प्रयोगशाला जस्तो मात्र भएको छ ।
द्दअब यसको अन्तको लागि के हुनुपर्छ ?
–मेरो सोचमा तत्काल मेरो स्वास्थ्यको कारण रेष्टमा छु । मैले राजनैतिक कमिटीबाट पनि अवकाश लिइसकेको छु । सिंगो नेपालको रुपान्तरणको प्रक्रिया पूरा गर्ने हो भने मैले अवकाशको
कुरा गर्नै हुँदैन । मैले कोशिस गर्दा गर्दै त्यही मृत्यवरण गर्नुपर्छ । यो हिसाबले हेर्ने हो भने म पनि निजी मामिलामा अलिकति हावी भएको जस्तो भएको छ । ययसलाई मैले शानधारपूर्वक अवकाश भन्न मिल्दैन । मैले राष्ट्रको राजनीतिक कन्ट्रक्सन चेन्ज गर्न मैले दायित्वबाट निजी स्वार्थतिर गएको भन्न सकिने हुन्छ । भिजनको कुरा गर्दा मैले सकिन तर वैचारिक दृष्टिले सम्वाद गर्नुपर्छ । जनता रुस्ट भएका छन् । राष्ट्र अधोगतितर्फ गइरहेको छ । म जिम्मेवारी लिएर काम गर्न सक्ने अवस्थामा नभए पनि वैचारिक बहसचाहिँ चलाउन सक्छु ।
द्दकिरण राईलाई चिन्नेहरु बोनाफाइट, लडाकु, जुझारु युवाको रुपमा मान्छेले लिन्छन्। तर तपाईलाई केहीसमय अगाडि राज्यका तर्फबाट विभिन्न लाञ्छना लगाएर दुःख दिइयो । पछिल्लो
राजनैतिक परिस्थितिमा तपाई नेत्र विक्रम चन्द नेतत्वको नेकपाको केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो । अहिले तपाइको पोजिसन के छ ?
–म अहिले निस्कृय बसेको स्वास्थ्यकै कारणले हो । जिम्मा लिएपछि आफने काम के हो त्यसलाई परिणाममुखी बनाउनुपर्छ । ठाउ ओगट्ने प्रथाको म विरोधी हुँ । म पाउदार हुँ, मैले गरेको छु, गरेको स्वत पाउनुपर्छ भन्ने सोच गलत हो । पद मात्र ओगटेर सगठनलाई कमजोर बनाउने, जनताको आकांक्षा विपरीतका काम गर्नै हुँदैन।
द्दराजनीतिमा शरीरमात्र नभएर दिमागी काम पनि त गर्न सकिन्छ नि हैन र ?
–अहिलेको परिस्थिति त्यस्तो छैन । मेरोचाहिँ व्यवहारिक र शारीरीक कठिनाइका कारण निस्कृय वा पार्टीबाट अलग रहने निर्णय गरेको हुँ । केन्द्रीय समितिमा मैले निवेदन हालेर अवकास लिइसकेको छु ।
द्दकिरण राई राजनीतिबाट निरास भएर अवकास लिएको भन्छन् नि त ?
–भन्ने साथीहरुले के भन्नुहुन्छ म त्यतातिर जान्न । तर्क गर्र्दा गयो भने नागरिक भएको नाताले मैले जुन बलिदान, कर्तव्य जहाँ गर्दा पनि हुन्छ । राजनैतिमा मैले धेरै दुः ख गरेको छु ।
द्दत्यत्रो दुःख गरेर आए पनि
राजनैकि उपलब्धी पनि भएन, पारिवारिक व्यवस्थापन पनि भएन । कही किरण
राईलाई पछिल्लो नेतृत्वसँग पनि असन्तुष्टि भएको छ हैन ?
–त्यस्तो हैन । मलाई नेपालमा राजनैतिक अस्तित्व अथवा जुन विचारको कार्यदिशाको कुरा हो विप्लवको नेतृत्वमा भएको नेकपाले पहल कदमी नगरे पनि वा पहल कदमी भइरहेको छ भने त्यसले नेपालमा एउटा गोरेटो कोरिरहेको छ, । त्यसले वेभ
छोडिरहेको छ । अहिलेको नेकपाले गरेन भने पनि कोही न कोहीले गर्छन् । अशिक्षित, कमजोर, गरिब त्यसपछि बेरोजगार जनतामात्र हैन रोजगारमा व्यस्त भएका, सामान्य कर्मचारी मात्र हैन हाकिमहरु पनि ठूलठूला दैनिक लाखौ आम्दानी गर्ने व्यवसायी, कर्मचारी, इन्जिनियरहरु पनि नेपालको राजनीतिक व्यवस्थासँग वाक्क दिक्क भएको अवस्था छ । यहाँहरु सञ्चार क्षेत्रमा रहनु भएकाहरु देश ठीक छ, फ्रेस छ भन्ने लाथ्थ्यो भने मेरो कुरा लिन किन आउनु हुन्थ्यो ? यसलाइ वाइपास गर्नुपर्छ, यो वितण्डकारी हो भन्नु हुन्थ्यो होला । मेरो अन्तरर्वाता किन लिनु पथ्र्यो र ? कुचाले बडार्नु पर्ने कसिंगार हावाले उडाएर लग्यो भन्नुहुन्थ्यो होला । त्यसकारणले साह«ा नेपालीको ठूलो हिस्सा असन्तुष्ट छ । नेपालको राजनैतिक व्यवस्था ठीक भएन । जसले गर्दा म बाँचुञ्ज्याल जे भयो भयो तर मेरा भावि सन्ततिको बारेमा के होला भन्ने चिन्ता छ । मान्छेहरु आत्म हत्या गरिरहेका छन् । यस्तो पीडा स्थलको रुपमा नेपालको
राजनीतिक व्यवस्थाले नेपालीलाई आत्महत्या गर्नेतर्फ उन्मुख गराएको छ । जनताको भावनाको कदर राजनीतिक व्यवस्थाले गर्न सक्दैन भने त्यो के राजनीति व्यवस्था भयो र ? त्यो के नेतृत्व हो ? त्यो के विचार दर्शन भयो ? म नेपालको राजनीति व्यवस्थाबाट निराश भएको छु । यतै मार्ने, उतै मार्ने, यसले खायो उसले खायो भन्ने कुरामा मेरो कुनै चासो छैन । यो भइरहन्छ । खानेले खायो, जन्तालाइ लुटयो, राष्ट्रलाई लुट्यो, विदेशीको दलाली ग¥यो त्यो त छँदैछ । त्यसको पैतिवाद गर्ने कुरामा मात्र मेरो व्यवहारिक र स्वास्थ्यले साथ दिएन । मेरो आज निजी लाइफ, पारिवारिक लाइफ केही छैन । त्यसैले गर्दा म इमान्दारितापूर्वक भन्छु म क्रान्तिकारी हुँ । तर नक्दा ठाउँ ओगटने काम गर्नु हुँदैन । अहिलेका संसदवादी दलले सकेर काम
गरेका छैनन ् । घुमीघुमी आफै मन्त्री बन्नुहुन्छ । युवाहरुलाई अगाडि बढाउने काम गर्नुपर्छ । यो क्रान्तिकारीमा पनि लागू हुनुपर्छ । मैले यतिबर्ष जेल बसेँ, यति दुःख गरें भनेर सदैव भँजाएर पदमा बस्ने काम गर्नु हुँदैन ।
द्दभँजाएर खाने प्रवृत्तिको अन्त्य हुनुपर्छ हैन ?
–हो । सबैभन्दा बढी के हो भने राष्ट्र र जनताप्रति उत्तरदायी भएर अगाडि बढेको मान्छेले आफूले ठाउँ ओगटेर बस्नु घात हुन्छ, धोका हुन्छ । त्यो व्यक्ति अवसरवादी हुन्छ, लोभीपापी हुन्छ । अहिलेको साइन्स टेक्नोलोजीको युगमा ठेला गाडा घचेटेजस्तो क्रान्तिकारीको नेता हुँ भन्दै त्यस्तो टाइपको भइयो भने त्यो राष्ट्र र जनताका लागि अति धोका हुन्छ । अरुको तुलनामा वा ससदवादीहरुको हिसाबले हेर्ने हो भने ठीकै होला तर मेरो दृष्टिकोणले त्यो लेन्दी हुन्छ । अहिले युगमा मेरो जस्तो शारीरिक हिसाबलले चलायमानले हुँदैन ।
द्दनेपालको पछिल्लो राजनीतिलाई तपाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
–अहिलेको राजनीतिलाई विश्लेषण गर्दा विगतको ६ महिने नाकाबन्दीले विशिष्ट दलालहरुको स्थापना
गरेको छ । नेपालको प्राकृतिक स्रोत साधनहरुलाई क्याप्चर गर्ने प्रत्यनको अधारबाट वा रणनीतिक उद्देश्यका आधारबाट ६ महिने नाकाबन्दी गरियो । केही मान्छेलाई राष्ट्रवादी जनताको तहमा, सामान्य कार्यकर्ताको तहमा, जनताको तहमा, कर्मचारी तहमा पनि एउटा भ्रम छर्नु थियो । फलानो–फलानो राष्ट्रवादी रहेछ है भनेर भं्रम दिने र अर्काेतिर चाहिँ गठबन्धन गराउने र संसदवादी कित्तामा दुई वटा कित्ता मात्र बनाउने किन कि एउटाबाट भएन भने अर्कोबाट वा दाहिनेबाट भएन भने देब्रेबाट लिने । त्यसले गर्दा तयो ६ महिने नाकाबन्दी त्यही प्रत्यत्नबाट गरिएको थियो । त्यो मक्सद पूरा भएको छ । अर्कोतिर कम्युनिस्टको एकता पनि
गराइदिएको छ, कम्युनिस्ट मिल्दा दुई तिहाई पुग्छ विकास भैहाल्छ नि भनेर नेपाली जनताले सोचेका थिए । कम्युनिस्टले समृद्ध ल्याउँछ, सुख शान्ति हुन्छ, मुलुक स्वाधीन हुन्छ भन्ने सोचेका थिए । नीतिगत तथा सैद्धान्तिक हिसाबले त्यो कुरा सही हो तर कम्युनिस्ट नामधारी नेपालका कम्युननिस्टहले त्यो कुरा गर्छन कि गर्दैनन् भन्ने कुरा विश्वास छैन । स्वयम् कम्युनिस्टका कार्यकर्ताले पत्याएका छैनन् । दुई तिहाई भयो भने सदनबाटै रुपान्तरण हुन्छ भन्ने बुझाई त्यो कुरा सम्भव छैन । थोत्रे घरमा लिपलाप गरेर बसेर विभिन्न जातका, धर्मका मान्छे, थरका मान्छे मात्र बसेर त्यो घर बलियो हुँदैन । त्यसको जगैबाट उखेलेर नयाँ इन्जिनियररिङ्ग गर्नुपर्छ । त्उसको पिल्लर खडा गर्नुपर्छ । अहिलेको अवस्थामा त भुकम्प प्रतिरोधी बनाउनुपर्छ । त्यो भयो भने मात्र त्यो घर भनेजस्तो हुन्छ । जनताले त्यो कुरा बुझेका छैनन् । जनतामात्र नभएर निक्कै लाो समयदेखि राजनीति गरेको हुँ भन्नेले पनि बुझेका छैनन् । मान्छे जन्मेर ९० बर्ष बाँच्दैमा उसले समाजको मात्र नभएर घरैको मात्र पनि कर्तव्य निर्वाह गरेन भने त्यो ९० बर्ष बाँच्यो भनेर वाहवाही गर्नुको अैचित्य रहँदैन । धरानमा ५,१० पुस्ता बसेको हुँ भन्ने तर धरानका लागि समृद्धि, विकास, लागि चुनौतिलाई मनन गरेर पहल कदमी गरेको छैन भने त्यसको के काम । हिजो राणा शासकको अन्त्यदेखि यस्तै भइरहेको छ । कसैको २५, २८ बर्ष राजनीति गरेको अनुभवले मात्र केही हुँदैन । मैले ठूलठूला क्रान्तिकारी कुरा गर्दा हास्यास्पद हुनुहुँदैन ।
द्दमुुलुकलाई पूर्ण रुपले रुपान्तरण गर्न के गर्नुपर्ला ?
–नेपालको राजनीतिक संरचना बदल्नुपर्छ । नेपालमा वैज्ञानिक समाजवादको अवाश्यकता छ ।
द्दत्यो प्राप्तिको बाटो के ?
–त्यो प्राप्तिको बाटो भनेको
राजनीति गर्नेले आफूलाई परिवर्तन गर्नुपर्छ । जनताबाट चुनिएका अहिलेका प्रधामन्त्री, मन्त्रीहरुले अफूलाई शासकको रुपमा लिनुहुन्छ आफूलाई । सरकारमा बसेका मात्र हैन कर्मचारीका हाकिम, संगठनका पदाधिकरीहरुमा पनि यही मनोरोग छ । म नेपाली नगारिक हुँ भन्ने सोच उहाँहरुमा देखिदैन । नेपाल छ र त म नेपाली नागरिक भएको छु । त्यसलैले मैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने कुरामा दृष्टि आउनु प¥यो । नेपाली जनता सबैले नेपालको बारेमा सोच्नुपर्ने जरुरी भइसकेको
छ । यसलेमात्र नेपाल र नेपालीको भविष्य निर्धारण गर्छ । अहिले अमेरिका, युरोपियन युनियन यहाँ हावी भएका छन् । एनजिओ आइएनजिओले
सरकार चलाएका छन् । यिनले नेपालका टोलटोलमा विभाजन ल्याइदिएका छन् । क्षेत्र क्षेत्रमा विभाजन छ । जातजातमा विभाजन ल्याइदिएको छ । विप्लवको लेखमा त्यो कुरा समेटिएको छ । हामीले त्यसमा बहस पनि ग¥यौं । भारत पनि साम्राज्यवादकै रुपमा अगाडि बढेको छ । अखिल क्रान्तिकारीको पहलमा ठोरीमा सीममा तारवार
गरिएछ । तुरुन्तै प्रशासनले त्यसलाई हँटाएछ । त्यो के हो त ? सीमामा तार जाली लगाउने सगठनचाहिँ
राष्ट्रघाति भयो हटाउनेचाहिँ राष्ट्रवादी भयो । यो तारजालीले सबै कुरा
रोकिने हैन । तर आm्नो सीमामा तार जाली लगाउदैमा हँटाउने विषय नै होइन । दशगजामा गोली हानेर नेपाली मार्छन तर नेपालको क्याविनेटले अव त्यस्तो नगरिदिन अनुरोध गर्दछौं भनेर विज्ञप्ती निकाल्छन् ।
द्दअन्त्यमा केही भन्नु छ ?
–नेपालको केन्द्रीय राजनीति व्यवस्थाका बारेमा सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था भएको छ । नेपाल समृद्ध किन भएन, हामीले किन दुःख पायौ, अर्थतन्त्र नेपालमा किन ह्रास हुदै गयो, उत्पादन गर्न सरकारले विज्ञापन गर्छ तर खपत गराउने व्यवस्था खाई ? कृषि कृषि कृषि भन्दिएको छ । मैले अहिले दैनिक एक क्विन्टल टमाटर उत्पादन गरे, मासिक १० हजार कुखुरा उत्पादन गरे भने बजार व्यवस्थापन कहाँ हुने ? अण्डा,दूध, किसानले पोखिरहेका छन् । अलैचीको मूल्य अहिले तोकिदिन्छन् नेपालको राजनीति व्यवस्था गलत छ । केन्द्रीय व्यवस्था बदल्न सबै एक जुट हुनुपर्छ । हड्डीको रोग लाग्दा छालामा क्रिम दलेर हुँदैन ।
