धरानमा भारतको ७० औं गणतन्त्र दिवस भव्यताका साथ मनाइयो

धरान÷नेपालको अत्यन्तै निकटको छिमेकी मुलुक, राजनैतिक, साँस्कृतिक एवम् धार्मिक दृष्टिले समेत समानता भएको भारतको ७० औं गणतन्त्र दिवस शनिवार धरानमा समेत भव्यताका साथ मनाइएको छ ।
भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको प्रांगरणमा आयोजित समारोहमा प्रहरी प्रमुख, उद्योगपति, समाजसेवी,व्यापारी, चिकित्सक, धरान तथा पूर्वाञ्चलमा बसोबास गर्ने भारतीय भूतपूर्व सैनिक, पूर्व सिभिलियन कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर अभिषेक सिंहले झण्डोत्तोलनसँगै बीर शहीदको
स्मारकमा माल्यार्पण गर्नुभएको थियो । त्यसैगरी मेजर डा. राघविन्दर सिंह, पूर्व विंग्स कमान्डर के गुरुङ्ग लगायतले समेत वीर शहीद
स्मारकमा माल्र्यार्पाण गर्र्दै सलामीअर्पण गर्नुभएको थियो । कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै प्रभारी अधिकारी मेजर अभिषेक सिंहले भन्नुभयो नेपाल र भारतबीचमा जुन सम्बन्ध छ त्यो अदित्तीय छ । संसारका कुनैपनि मुलुकका बीचमा नेपाल र भारतबीचको जस्तो सम्बन्ध  नरहेको प्रष्ट पार्दै मेजर सिंहले भारत स्वतन्त्रताका लागि गोर्खा सैनिकहरुको बलिदान भारतमा स्वर्ण अक्षरले लेखिएको छ । म सबै ती बलिदान दिनुहुने वीर योद्धाप्रति नमन गर्दछु ।


कार्यक्रमममा धरानस्थित रहेको दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरुले रोचक नृत्य प्रस्तुत गरेका थिए भने ६ वटा भूतपूर्व सैनिक संगठनहरुका बीचमा गराइएको टक अफ वारले उपस्थिति सबैलाई मनोरञ्जन प्रदान गरेको थियो । टक अफ वारमा भूतपूर्व सैनिक संघ शान्ति नगर प्रथम, इटहरी दोस्रो भएका थिए । टक अफ वारमा सहभागी विजेता र उपविजेतालाई धरान उपमहानगरपालिकाकी कावा प्रमुख मञ्जु भण्डारीले पुरस्कार प्रदान गर्नुभएको थियो । त्यसैगरी नृत्यमा सहभागी दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

तपाईको प्रतिक्रिया