तेस्रो पुष्प व्यापार मेला आगामी फागुनको पहिलो सातामा

धरान÷तेस्रो पूर्वाञ्चल पुष्प व्यापार मेला यस बर्ष पनि हुने भएको छ ।
आयोजक फ्लोरीकल्चर एसोसिएसन नेपालले सोमबार धरानको अमान बजारमा पत्रकार सम्मेलनको आयोजना गरी पुष्प व्यापार मेलाको तेस्रो संस्कर आगामी फागुन ७ देखि ११ गतेसम्म हुने जानकारी दिएको हो ।
मेला आयोजक समितिका संयोजक प्रेमप्रसाद पराजुलीका अनुसार मेलामा अफिसियल स्टल १, प्रतिष्पर्धा स्टल १ र व्यवसायिक स्टल ३० गरी ३२ वटा स्टल रहने छन् । मौसमी फूल, आलंकारिक बोट विरुवा, सुनाखरी लगायतका ४ वटा प्रजातिका फूलहरु मेलामा राखिने उनले बताए । उनका अनुसार फूलका लागि चाहिने कम्पोष्ट मल, फूलको गानो, विउजन, कृषि औजार, उपकरण र विषादी तथा विक्री कक्ष समेत स्टलमा राखिने छन् ।
गत बर्ष पाचदिने मेलामा ६० हजार बराबरको कारोबार गरेकोमा यस बर्ष भने त्यो भन्दा बढी कारोबार गर्ने लक्ष्य लिएको फ्लोरिकल्चर एसोसिएनका केन्द्रीय अध्यक्ष कुमार कसजुले बताए । १ न. प्रदेशलाई लक्षित गरी गर्न लागिएको मेलामा यस प्रदेशमा रहेका १४ जिल्लाका कृषकहरुले उत्पादन गरेको फूल स्टलमा राखी प्रदर्शनीका साथै विक्री वितरण गरिने उहाको भनाई छ ।
वैदेशिक फूलबाट आश्रित नेपालीहरु नेपालमै पनि फूलको उत्पादन गरेर छिमेकी मुलुक भारत तथा तेस्रो मुलुक निर्यात गर्ने सकिन्छ भन्ने कुरा जानकारी गराउन पनि यो पुष्प व्यापार मेलाले सहयोग पुग्ने अध्यक्ष कसजुको भनाई छ ।
२०४९ सालमा स्थापना भएको फ्लोरिकल्चर एसोसिएनले २०५१ सालदेखि भने निरन्तर क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्दै आइरहेको छ । नेपालमा वि.सं. २०११ सालबाट सामान्य स्तरमा पुष्प व्यवसाय हाल नेपालमा ६ सय ९७ नर्सरी स्थापना भएको र करिब दुई अर्ब बराबरको कारोबार भइरहेको छ । एक नं. प्रदेशमात्र हेर्ने हो भने ६० भन्दा बढी व्यवसायीहरुले १२ करोड बराबरको बार्षिक कारोबार गरिरहेको उनीहरुले बताए । यस व्यवसायबाट २ हजार भन्दा बढीले रोजगारी पाएको समेत उनीहरुले बताए । यति हँुदा पनि सरकारी स्तरबाट फूलको उत्पादनमा खासै ध्यान नदिएको उनीहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया