काठमाण्डौ÷प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले माघ २१ गतेदेखि देशभरि विरोध प्रदर्शन गर्नेभएको छ ।
काँग्रेको सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देशका ७७ वटै जिल्लामा एक साथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । आÏना विरोधका बीच चिकित्सा शिक्षा विद्येयक संसदबाट वहुमतको दम्भमा मार्सल लगाएर पारित गरिएको, पार्टीका नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा स्थापना गरिएको अस्पताल विघटन गर्न खोजिएको भन्दै काँग्रेसले खबरदारी स्वरुप विरोध प्रदर्शन गर्न लागेको हो ।
केन्द्रीय समितिले मातहतका जिल्ला कार्य समितिको नेतृत्वमा विरोध प्रदर्शन गर्न निर्देशन दिइसकेको छ भने चिकित्सा शिक्षा सुधारको माग राखी आमरण अनसनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको पहल गर्न समेत सरकारलाइ आग्रह गरेको छ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार स्विजरल्याण्डबाट फर्किएपछि शुक्रबार त्रिुभवन अन्तर्राष्ट्रिय विमान स्थलमा प्रधानमत्री केपी शर्मा ओलीले केही व्यक्तिको असन्तुष्टि भन्दै डा. केसीलाई दिएको जवाफ गैरजिम्मेवारपूर्ण भएको ठहर काँग्रेसले गरेको छ । व्यक्ति स्वतन्त्रताको हकलाई प्रधानमन्त्री ओलीले सम्मान गर्न नसकेको प्रवक्ता शर्माले बताउनुभयो ।

