खप्रओलाई कालो झण्डा
स्विरल्याण्डको डावोसमा फर्रर्र अँगेंजी बोलेर वाहीवाही कमाएका पर्धानमन्तरी खप्रओलाई आफ्नै देशमा ओर्लनासाथ कालो झण्डा देखाएछन् । ओली बालाई चिन्नै सकेनन् । डावोसमा उन्ले सबैलाई चकित तुल्याई द्या थे । मुलुक खर्रर्र अगाडि बढी सक्यो भनेर भाषन ठोक्दा सबैले पर्रर्र तालि बजाएका थे । उन्ले नेपालाँ हावाबाट विजुली बालेको, घरघरमा ग्याँस पाइप हाल्देर शिलिण्डरलाई हुइँक्याइ दिएको , पूर्व पश्चिम रेल सनन दौडाइ दिएको गफ हान्देर आका ओली बालाई नेपालीले चिन्नै सकेनन् । एयर पोर्टमा उत्रना साथ त्यसरी यमानका कालो झण्डा देखाउनु हुन्थेन । देशको त्यत्रो इज्जेत राखेर आ’का थे विचरा । आफ्नै देशमा उत्रनासाथ अमिलो मुख लगाउनु प¥यो । हैन ती नेविसंघका विद्यार्थीहरु के भा’का । कमसेकम वाल्वाटराँ पुग्न त दिनुपर्छ । एयरपोर्टमै दुनियाँका सामुन्ने त्यसरी कालो झण्डा देखाएर हुर्मत लिनुचाहिँ हुन्न थ्यो कि ।
ट्याउ ट्याउ बोल्ने मात्र हुन
बूढानिलकण्ठे काजी माने नेप्लिज लाँग्रेसका मुखिया स्यालबहादुर अँध्यारो कोठामा बसेर भ्या भ्या गरेर बोल्ने मात्र हुन् । कुनै लछारपाटो लगाउने नसक्ने काजीले अस्तिका दिन भन्या सरकार विद्येयक मार्फत अधिनायकवादतर्फ उन्मुख भयो । अब त्यसरी भट्याएर मात्र हुँदैन काजी । चिकित्सा विद्येयक संसदा लैजाँदा शिक्षा मन्तरीलाई छिर्को दाउ हान्द्या भए लण्ठै साफ हुन्थ्यो । जाबो छिर्को दाउ हान्न नि नसक्ने अनि अँध्यारो कोठामा बसेर सरकार अधिनायकवादतर्फ बढ्यो भनेर मात्र त भएन । कि तनक्क कन्दनी बाँधेर सडका आउनु प¥यो । स्याल बहादुरमा त्यसो गर्नेै हिम्मत पनि छैन । आफ्नो भाते संगठनका कार्जेकर्तालाई सडकाँ क्याबे्र डान्स गर्न लगाउनु प¥यो । भोलि टनमा सडकाँ क्याबे डान्स गर्दा जन समुदायको भीड पनि बढ्ने थ्यो । सरकार अधिनायकवाद तर्फ उन्मुख भयो, अब सदन र सडकबाट सशक्त आन्दोलन गर्ने भनेर अँध्यारो कोठामा उफ्रेर फुइøयाँ हुन्छ ?
बल्ल संसद चल्ने भयो
संसद चलेन भनेर चियोचर्चौ गर्ने चिया गफाडीहरुको यतिबेला थुतुनो नै बन्द भएको छ । नहोस पनि कसरी यतिबेला मुलुकको संसद गज्जले चल्न थल्या छ । जहिल्यै संसदा गयो ढसमस्स गरेर बस्यो, हाइ ग¥यो, निदायो अन्टे सन्टे अन्तेमा डेरा घर फर्कियो । माने ससद नचलेर जन्ता मात्र हैन सांसदहरु पनि वाक्क दिक्क भा’थे । तर अस्तिका दिन देखि नेपालको सांसद चलायमान भएका छन् । संसद गज्जवले चल्न थाल्या छ । संसद चल्न भन्या सांसदहरुले पौठे जौरी खेल्नु हो । धक्सा–धक्सी गर्नु हो । मुक्कामुक्की गर्नु हो । सके एक सांसदले अर्काे सांसदको नाकको डाँडी भाचिदिनु हो । आफ्ना अगाडि भएको मात्र टुक्राटुक्रा पारेर भाँच्नु हो । कुुर्सी हानाहान गर्नु हो । यति भएसी’ सांसद चलेको मानिन्छ । जे होस् अब हल्का फुल्का शुरुवात भा’छ । अब त्यसले गति लिओस भन्ने घण्टाघरको शुभकामना छ ।
केही बा“की राख्दैन रे
रामायणमा राम र रावणको युद्धको कथा त सबैले सुनेकै छन् । युद्धमा रामले रावणलाई जित्या थे । मृत्यु शैøयामा रहँदा रावणले रामलाइ भने मैले तिमीसँग हार्नुपर्ने एउटै कारण छ । म तिमीभन्दा बलियो छु, तिमी भन्दा विद्वान पनि छु, तिमी भन्दा उच्च कोटीको पनि हुँ । मसँग सुनको लंका छन् । अर्थात मसँग तिमी भन्दा सबै कुरा बढी छ । तर एउटै कुरा छैन । मलाई मेरो भाइले साथ दिएन । तिमीलाई तिम्रो भाइले साथ दियो र तिमीले जित्यौ । खप्रओको सरकारमा पनि त्यस्तै त्यस्तै होला जस्तो छ । पूर्वमन्त्री तथा केन्द्रीय सदस्य भीम रावलले अस्तिका दिन कडै कुरा गरे । हुन त उन्ले अघिपछि पनि कडै कुरा गर्दैआ’थे । अस्तिका दिन चाहिँ उन्ले यो सरकारलाइ पाँचबर्ष टिकायो भने नेपालमा केही बाँकी रहँदैन भनेर बोलेछन् । अब आÏनै मान्छे वैरी हुन थालेसी बातै खलास । खप्रओको सरकारलाई ढाल्नुपर्छ भनेर सडकमा उफ्रनेहरु पनि हिजो आज गजक्क पर्न थाल्या छन् । लहै खप्रओ वा पहिला आÏनालाई मिलाउनुस् नत्र विपत्तै पर्ला है ।
क्या गा“ठी कुरा
हाम्रा नेक्पाका चौथा दर्जाका नेता भाने वरियताका क्रममा चौथो स्थानमा रहेका झल्लाझलु उर्फ झलनाथ खनाल हिजो आज अलि वाउठिन थाल्या छन् । पहिला पहिला माकुन्याउ त्यसैगरी बाउँठिएका गफ गर्थे । खप्रओको यो दुगन्धित जडीबुटी स्वाँक्क पारेर के सुँघाइद्या थे हिजो आज उनी पूरै खप्रओ लाइनमा उभेका छन् । अब जडीबुटी सुँघाउने पालो झल्लाझलुको होला । वर्तमान सरकार भ्रष्टाचार, मेडिकल माफियाहरुलाई पोस्ने, सालासाली भान्जाभान्जीमुखी बनेको भनेर चौतर्फी आवाज आउन थालेसी’ झलुले अस्तिका दिन प्वाक्कै भने सुकुम्बासी र जंगलबाट सत्तामा पुगेका कम्निस्टले भ्रष्टाचार नगरेर कस्ले गर्छ ? कुरो त गाँठी नै
गरे । सबैलाई मलै चाहिया छ । भोलि के हो कसो हो ? अहिल्यै यसो जोरजाम नगरे घरमै श्रीमतिको समेत जोरलात्ती बजाउँछिन् । त्यसै भएर कम्निष्टहरुले भ्रष्टाचार त गर्नै प¥यो । कि कसो हौ ?
उपिन्द्रले आन्दोलन गर्ने
यो देशका मन्त्री र नेताहरुको गफ सुन्दा कहिलेकाहीँ घण्टाघरको मथिंगल नै गोल हुन्छ । जो गाउँको मुखिया उही बाटोमा विट्याउँदै हिड्ने भनेझै अब संघीय समाजवादी फोरमका अध्येक्षे उर्फ स्वास्थ्ये मन्त्री उपिन्द्र जादवले आन्दोलन गर्ने रे । हुटिट्याउले आकाश उडेर मैले नै सागर थामेको छु भन्दै हुटिहुट गरेझै उपिन्द्रको आन्दोलन होला । सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौता अनुसार चिकित्सक शिक्षा विद्येयक ल्याएन भनेर उपिन्द्र आन्दोलन गर्ने रे । आफै धामी आफै झाक्री भन्या यही हो । आफै सरकारमा बस्ने अनि आफै आन्दोलन गर्नु भन्नु अलि हजम भएन है । केसीका माग पूरा गर्नुपर्छ भन्ने लाग्या थ्यो भने किन संसदमा उँगेर बस्या त ? काँग्रेससँगै रोष्ट्रममा लाप्पा खेल्न उत्रनु पर्दैन थ्यो ? मोही माग्ने ढुंग्रो लुकाउने भन्या यही हो ।
दह«ै माल पाए होलान
आश लाग्दो ठिटो जेठाजु परेछ भनेझै ताप्लेजुङ्गतिरका एकजना झालेमालेका सांसदले मन्त्री हुन उत्पात बल ग¥या छन । माकुन्याउका विश्वासपात्र योगेश भनिने व्यक्तिले हिजोआज पर्धानमन्तरी खप्रओको चाकडी ग¥या देखेर घण्टाघर पनि उत्तानोचित्त खाको छ । ३३ केजी सुन काण्डमा चुईक्क बोलेनन्, निर्मला हत्या काण्डमा मुखै खोलेनन्, ओली वाइन काण्डमा बारिहै निस्किएनन, काठमाण्डौमा घर हुँदा हुँदै घर बहाल रकम बुझ्न लाज नमान्ने वडो स्वाभिमानी तिनले डा. गोविन्द केसीको अनसनका बारेमाचाहिँ मुख र पिँध दुवैले भट्याएर पर्धानमन्तरीको मन जित्या छन् । चाकडीवाज मान्छे हिजो आज हम्मेसी भेट्न गाह«ो पर्छ । लौन केपी वा ती तप्लेजुङ्गेलाई
मन्तरी बनाइदिनु प¥यो । विचारो प्रार्ण छोड्लान जस्तो गरिसके मन्तरी बन्न पाए माकुन्याउ साकुन्याउको लबी
मारो गोली । कि कसो है योगेश बाबु ?
अन्तेमा
अदालतको निर्देशन त नमान्ने यति बलियो दुई तिहाईको बहुमतको सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगले निर्देशन देको देख्दा घण्टाघरलाई कुरी कुरी लागेर आ’छ । निर्मला पन्तको बलात्करा तथा हत्या प्रकरणमा
प्रहरीले असंयख्यौ त्रुटी गरेको, डिएनए विज्ञले समेत लार्बाही गरेको भन्दै सरकारलाई छानविन गर्न अस्तिका दिन निर्देशन दे छ । क्या गजब ? घाँटी हेरेर पो हाड निल्नुपर्छ त । ? सरकारलाई नि कही निर्देशन दिने
हो ? त्यो पनि लत्तरो हो र दुई तिहाइको सरकार । पन्तको डिएनए वाइएसटीआर प्रविधिबाट परीक्षण गरिएको र त्यो प्रविधिबाट वंश समूह पहिचानमा मात्र सघाउ पुग्छ व्यक्ति पहिचान हुन सक्देन भन्या रै’छ । ओली सरकारले व्यक्ति पहिचान गर्न खोज्या नै
होइन । यस्तो जाबो कुरा पनि कस्तो थाहा नभाको आयोगका
पदाधिकारीरुलाई हँ ?
