धरान/विभिन्न अपराधिक घट्नामा संलग्नचार जनालाई आइतबार धरान
प्रहरीले सार्वजनिक गरेको छ ।
नक्कली नागरिकता, चोरी र लागू औषधको डिलर राखी विक्री वितरण गर्ने चारजनालाई पक्राउ गरी सार्वजनिक
गरेको हो ।
किर्ते नागरिकता लिने नौसाद आलमलाई सूचनाको आधारमा धरान
प्रहरीले धरानबाट पक्राउ गरेको हो । उनको साथबाट भारतीय र नेपाली दुवै
नागरिकता समेत प्रहरीले बरामद गरेको छ । उनले २०६६ सालमा ०६१०३९/१४८०८३ नम्ब्रको
नागरिकता सुनसरी जिल्लाबाट निकालेका छन् भने उनीसंग इलेक्सनकलेक्सन अफ इन्डियाको कार्ड सिकेएक्स २४५४६५० समेत बराबद भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई किर्ते नागरिकता ऐन अन्तर्गत कारबाही चलाइने यसमाको को संलग्न
रहेका छन् भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको उहाले जानकारी दिनुभयो ।
त्यस्तै पहाडी इलाकासम्म लागू औषधको डिलर सञ्चालन गर्दै आएका दुई जनालाई समेत प्रहरीले पक्राउ
गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमध्येमा लागू औषधकारोबारीमा संलग्न रहेका धरान उपमहानगर पालिका २२ कादिपेश भुजेल, झापा दुवागढी बस्ने बर्ष ३२ को राजकिशोर चौधरी रहेका छन् । उनीहरुलाई सुराकीका आधारमा धरान ६ भानुचौकबाट पक्राउ गरिएको हो । उनीहरुका साथबाट एक सय एमएल कोरेक्स, ४० बोतल १ सय एमएलकै भकपगतअयगनज समेत
बरामद गरेको छ । उनीहरुले मे ४ प २४९ नम्बरको मोटरसाइकलमा लागू औषध लुकाई ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रनि रिजालले जानकारी दिनुभयो ।
यस्तै चोरीमा संलग्न रहेका धरान १५ दिपेन्द्र बस्तीका बर्ष २४ का गणेश रेग्मीलाई समेत पक्राउ गरी सार्वजनिक गरेको छ । रेग्मीले मंसिर २८ गते बेलुका ७:३० बजे धरान १५ चन्द्रकला लिम्बुको घरको दराजफोडी सुनको
चुरा १ थान, सुनको जन्तर १ थान, चादीको. चुरा २ थान, चादीको कुण्डली १ थान, चादीको सिक्री १ थान, औठी १ थान र नगद चोरी गरी फरार
रहेका थिए । पक्राउ परेका उनलाई समेत मुद्दा चलाइसकिएको प्रनि रिजालले जानकारी दिनुभयो ।
