मुद्रास्फिूति उच्च दरमा बढेको भन्दै महिला यौनकर्मीहरुले आफ्नो भाउ उच्च रुपमा बढाएपछि यौनकर्मका लागि वेश्यालय धाउने ग््रााहकहरु मर्कामा परेका छन् । रुसी मुद्रा रुबलको तिव्र रुपमा अवमूल्यन भएपछि त्यसको प्रत्यक्ष असर त्यहाँको यौन व्यवसायमा परेको छ ।
रुसको मुरमान्स्कमा रहेका वेश्यालयहरुमा काम गर्ने यौनकर्मीहरुले मुद्रास्फिति बढ्दा जिविको महंगो भएको भन्दै आफ्नो भाउ ४० प्रतिशत सम्म बढाएका छन् । यसअघि ग्राहकले यौनकर्मीसँग २ घण्टा बिताउँदा बढीमा ७ हजार रुबल्स सम्म तिर्नुपर्नेमा अब भाउ वृद्धि हुँदा २ घण्टाको १६ हजार भन्दा बढि तिर्नुपर्नेछ । वेश्यालयहरु आफैले मूल्य वृद्धिको जानकारी दिएर ग्राहकबाट बढी पैसा उठाउने र सोही बमोजिम आफ्नो यौनकर्मी महिला कर्मचारीलाई तलब दिने गरेका छन् ।
एकजना वेश्यालय संचालक भन्छन्, ‘हामीले भाउ घटाउने प्रयास गरिरहेका छौँ तर दैनिकी निकै महंगो हुँदै गइरहेको छ र केटीहरुले घाटामा काम गर्न मान्दैनन् ।’
युक्रेनमाथि रुसी हस्तक्षेपको विरुद्धमा पश्चिमा मुलुकहरुले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएसँगै रुसको मुद्रा रुवेलको अवमूल्यन तिब्र रुपमा
बढिरहेको छ । रुबल डलर तथा
युरोको तुलनामा निकै कमजोर
बनिरहेको छ । मंगलबार १ डलर
बराबर ५३ रुबल तथा १ युरो बराबर ६६ रुबेल पुगेको थियो । रुबल कमजोर हुने क्रम रोकिएको छैन ।
रुसी अर्थतन्त्र कमजोर बन्दै गएको र दैनिक महंगीको मारमा पर्दै गएको उदाहरणको रुपमा यौनकर्मीको भाउ वृद्धिको समाचार हट टपिक
बनिरहेको छ । यो समाचारलाई उधृत गर्दै धेरैले राष्ट्रपति पुटिनमाथि खरो टिप्पणी गरिरहेका छन् ।
