संसारकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारत–नेपाल बीचको सम्बन्ध जति गाढा र प्रगाढ छ सम्भवत : यस्तो सम्बन्ध संसारका अन्य कुनै पनि छिमेकी मुलुकबीचमा देखिदैन ।
दुवै देशको नागरिकहरु बीचमा जनस्तरबाटै सदियौदेखि अटुट र प्रगााढ सम्बन्ध रहादै आएको छ । धार्मिक, साास्कृतिक, ऐतिहासिक अर्थात बहुवेटी र रोटीको सम्बनध छ नेपाल–भारत बीचमा । यो सम्बन्धमा कसैले चाहेर पनि दारार ल्याउन सक्ने अवस्था देखिदैन । सायद यसैले होला दुवै देशका विद्वानहरुले भारत–नेपालको सम्बन्धलाई भगिनी प्रेमको रुपमा व्याख्या गर्ने गरेका छन् ।
विश्वका शक्ति सम्पन्न
राष्ट्रहरुको पंक्तिमा उभिएको भारतको आर्थिक वृद्धि दर द्रुत गतिमा अगाडि बढिरहेको छ । झण्डै एक दर्जन भन्दा बढी देशहरुसाग सीमा जोडिएको
भारतले नेपालको विकासमा जे जति सहयोग र र योगदान पुर्याएको छ त्यो अन्य मुलुकको हकमा देखिदैन । यतिबेला भारतले नेपालमा विभिन्न विकासका योजनाहरु सञ्चालन
गरिरहेको छ । जसमा साना विकासका आयोजनाहरु, ठूला विकासका आयोजनाहरु, Ïयाक्सीप कम्प्लीट आयोजना, इन्डिया नेपाल विलाहरी ट्रेड, हाइड्रोपावर र रिभर ट्रेडिङ्ग, शिक्षा, एक्स सर्भिस मेन वेलफेयर सर्भिस आदि ।
भारत सरकारले नेपालमा हाल ४ सय ८४ साना आयोजनाहरु सहयोग पुर्याइरहेको छ । करोडौको लागतमा सञ्चालित त्यस्ता आयोजनाको काम यतिबेला धमाधम भइरहेका छन् । यस्ता आयोजनाहरुमा स्कुल भवन निर्माण प्रमुख हो । भारतीय राजदुतावासले स्थानीय निकायहरुसाग समन्वय गरेर मुलुकभरि झण्डै २ सय २५ विद्यालयहरुको निर्माण कार्य भइरहेको छ । पूर्व मेचीदेखि पश्चिम महाकाली, तराईदेखि हिमालसम्मका जिल्लाहरुमा भारतीय राजदुतावासको सहयोगमा विद्यालयहरु निर्माण भइरहेका छन् । खासगरी दीगो आर्थिक स्रोत नभएका सर्वसाधारणका बालबालिका अध्ययन गर्ने विद्यालयहरुमा भारत
सरकारले लगानी गरेको देखिन्छ । शिक्षालाई सदैव उच्च महत्व दिादै अएको भारतले नेपालको शिक्षा क्षेत्रमा आफ्नो लगानी सदैव रहने प्रष्ट पार्दै आएको छ ।
यसैगरी भारत सरकारले साना आयोजना अन्तर्गत स्वास्थ्यलाई समेत उच्च प्राथमिकतामा राखेको छ । ठूला अर्थात स्वास्थ्य क्षेत्रमा उसले गरेको लगानी अलावा नेपालका १८ वटा जिल्लामा २४ वटा हस्पिटल बनाइदिनुले समेत पुष्टि गर्छ । करोडौको लागतमा निर्माण भएका यस्ता हस्टिलहरुमा आवश्यक पर्ने उपकरण, केही समयकै लागि भएपनि दक्ष जनशक्तिको उपलब्धता उसको सहयोगको विशेषता नै हो । यर्सैगरी सन् २०१३/१४ मा भारत सरकारले साना आयोजना अन्तर्गत १६ स्थानमा कालोपत्रे सडक, ४ वटा पुल, ४ सय २ वटा एम्बुलेन्स, ७८ वटा स्कुल बस, २ सय ११ करोडको लागतमा विभिन्न जिल्लाहरुमा विशेषज्ञसहितको औषधि सहितको नि:शुल्क आाखा शिविर, ६ सय ८५ करोडको लागतमा गोटरी कन्ट्रोल अर्थात आयोनुन कार्यक्रम सञ्चालन गरिरहेको छ । आयो नुनका कारण नेपालीहरुले गलगााड लगायतका रोगहरुबाट मुक्ति पाएका छन् ।
भारत सरकारले ठूला आयोजना अन्तर्गत क्रस बोर्डर रेल्ले सेवा, इन्टीग्रेटेड चेकपोष्ट, १३ जिल्लामा जोड्ने ७ सय ५ किलोमिटर लामो सष्क लगायत एक दर्जन योजनाहरु रहेका छन् । नेपालमा क्रस बोर्डर रेल्वे सेवाले नेपालमा पााच स्थान जोड्ने भएको
छ । यी पााच स्थानको संरचना यतिबेला केही ठाउामा धमाधम निर्माण
भइरहेको छ भने कतिपय ठाउामा नेपाल सरकारले गर्नुपर्ने मुआब्जा समस्याको समाधान समयमै हुन नसक्दा अल्झिएको छ । यस्ता पााच नाकाहरुमा पानी ट्यांकी कााकडभिट्टा, वथनाहा कटरी (विराटनगर), जयनगर जनकपुर–बर्दिबास, वीरगञ्ज, सुनौली, बुटवल
रहेका छन् । जयनगर जनकपुर बर्दिबास र बथना विराटनगर कटहरीको कामले अन्य क्षेत्रको तुलनामा तिब्रता पाए पनि यहाा पनि स्थानीयले मुआब्जा विवाद झिकेर कामलाई अगाडि बढ्न दिएका छैनन् । यी स्थानमा क्रस बोर्डर रेल्वे बनाउन भारत सरकारले ठेक्का लगायतका सम्पूर्ण प्रक्रिया पूरा
गरिसकेको छ । विराटनगर वथनाको बजेटमात्र २ सय ३८ करोड भारीय मुद्रा रहेको छ । नेपाल सरकारले रेल्वे ट्रयाकभित्र परेको जग्गा उपलब्ध गराउनुपर्ने सम्झौता उल्लेख छ । तर नेपाल सरकारले यो काम समयमै सम्पन्न गर्न नसक्दा निर्माणमा कठिनाई उत्पन्न भएको देखिन्छ । खासगरी नेपालका प्रमुख औद्योगिक नाकामा
रेलको ट्रयाक पुर्याइदिन सके नेपाली उद्योगी व्यवसायी लाभान्वित हुने र नेपालको अर्थतन्त्र सुदृढ हुने भारत
सरकारको ठम्याई रहेको छ । हुन त नेपालका उद्योगी व्यापारीहरुकै आग्रहमा भारलते रेल्वे नाका बनाउन नेपाल
सरकारसाग सम्झौता गरेको हो । ठूला योजना इन्टीग्रेटेड चेकपोष्ट जुन नेपाल भारतको मुख्य सीमा नाकाहरुमा निर्माण भइरहेको विराटनगरको बुधनगरमा
भारत सरकाले इन्टीग्रेडेट चेक पोष्ट निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको छ । यसैगरी ११ करोडको लागतमा १३ वटा जिल्लालाई छुने
गरी ७ सय ५ किलोमिटर सडक समेत निर्माण गरिरहेको छ । अन्य ठूला योजनाहरुमा १.७ करोडको लागतमा निर्माण भएको काठमाण्डौको
सुपर स्पेशियालिटी ट्रमा सेन्टर जसको समुद्घाटन १८ औ सार्क सम्मेलनका अवसरमा नेपाल आइपुग्नु भएका
भारतीय प्रधानमन्त्री नरेन्द्र मेदीले गर्नुभएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मनमोहन पोलिटेक्निकल स्कुल, ८ सय ७ किमी लामो पूर्व पश्चिम राजमार्ग, कोहलपुर महाकाली क्षेत्रमा २२ वटा पुल, पूर्व पश्चिम ९ सय ४ किमी अप्लिटकल फाइबर आदि हुन् । यसैगरी इन्ण्डिया नेपाल विलाटेरी ट्रेड अन्तर्गत १४ जिल्लामा ४ सय १८ मिलियन, हाइड्रो पावर र रिभर ट्रेडिङ्गमा २९१७ मिलियन भारत सरकारले खर्च गरेको छ । शिक्षातर्फकै कुरा गर्ने हो भने भारत सरकारले नेपाली हजारौ विद्यार्थीलाई स्कलरसीप प्रदान गरेको छ । २०१३–१४ मा नेपालमै ग्रायाजुएट र अन्डर ग्रायजुएट २२००लाई स्कलरसीप प्रदान गरेको छ । यस्तै ५५४ लाई भारतमा अध्ययन गर्न स्करलरसीप प्रदान गरेको छ । जसमा एमविविएस, विई, वि फर्मा, विभिएस्सी, विएस्सी रहेका छन् ।
भारत सरकारले नेपालमा बसोबास गर्ने भारतीय भूपू सैनिकहरुका लागि समेत बर्षेनि अरबौ रुपैयाा सहयोग प्रदान गर्दै आएको छ । धरान, पोखरा, बुटवललगायतका स्थानमा पेन्सन कार्यालय स्थापना गरी ती क्षेत्रमा बसोबास गर्ने भूपूहरुलाई पेन्सन
वितरणसागै विभिन्न जनहितका कार्यसमेत गर्दै आएको छ । विभिन्न
रोगसाग प्रतिरोधक क्षमता भएका औषधिका पोकाहरु, दैवी विपत्तीमा
राहत वितरण, भूपूका नानीहरुकालागि शैक्षिक सहयोग, समय सयमयमा विशेषज्ञ मेडिकल टिम मार्फत भूपूहरुको स्वाास्थ्य परीक्षण, भूपपूहरुको घना बस्ती भएका स्थानमा खानेपानी आयोजना जस्ता कार्यहरु गर्दै आएको छ । सन् २०१३/१४ को अवधिमा १ हजार ४९ वटा खानेपानी आयोजनामा भारत सरकारले सहयोग प्रदान गरेको छ । बार्षिक १२५००० औषधिका पोकाहरु भूपूहरुलाई वितरण गरेको छ । यसका अलावा भ्ऋज्क् कार्यक्रम मार्फत आफ्ना भूपूहरुको जस्तोसुकै जटिल रोगको उपचार गर्ने गरी योजना ल्याइसकेको छ । यसबाट कुनै पनि भारतीय भूपूले जटिल रोगकै कारण अनाहकमा ज्यान गुमाउनु नपर्ने निश्चित छ ।
त्र
