धरान÷नेपाल कम्युनिस्ट पार्टी (विप्लव नेतृत्वको) ले अरुण ३ को हाइटेन्सन लाइर्न निर्माणको कार्य रोक्न चेतावनी दिएको छ । उक्त पार्टीको पूर्वी कमाण्ड इन्चार्ज विरहीले एक विज्ञप्ती प्रकाशित गरी त्यस्तो चेतावनी दिएका हुन् ।
विज्ञप्तीमा भनिएको छ निर्माण कार्यबाट घना वस्तीलाई क्षति पु¥याउने, पर्यावरण तथा वन विनाश हुने जनाउदै जनचाहना विरुद्ध नजान निर्माण कम्पनीलाई चेतावनी दिँदै अरुण ३ जलविद्युत आयोजना नेपाली लगानी र प्रविधिमा नेपालले नै बनाउनुपर्नेै कुरामा जोड दिएको छ ।
परियोजनाले स्थानीय जनताको अग्राधिकार स्थापित गर्नुपर्ने कुरामा नेकपाले बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै आएको भन्दै विज्ञप्तीमा सरकारले नेपालको हित विपरीत र जनचाहना विरुद्ध भारतीय कम्पनीलाई सो परियोजना सुम्पेको छ । हाल सोही कम्पनीले हाइटेन्सनको लाइन निर्माण गरिरहेको र त्यस क्रममा
पर्यावरणमा क्षति पु¥याउने, वन विनास गर्ने र कटारी जस्ता घनावस्ती र सहर हुदै लगिदै छ । जसले लाखौ जनतालाई बासस्थानबाट विस्थापित गर्ने र पर्यावरणमा नकारात्मक परिणाम निम्त्याउने छ । त्यसकारण नेपालको चौतफी अहित गर्ने, दलाल नेता र नीति निर्मार्ता पोस्ने र भारतीय साम्राज्यवादलाई पोस्ने कार्य बन्द गर्न र त्यस प्रकारको
राष्ट्रघाती कार्यमा संलग्न नहुन सम्बन्धित सबैमा विज्ञप्ी मार्पत उसले अपिल समेत गरेको छ । विज्ञप्तीमा अटेर गरिरहेमा पार्टीले त्यसको प्रतिकार गर्ने र त्यसबाट आउन सक्ने कुनैपनि परिणामको जवाफदेहि
सरकार, लगानी कर्ता हुने उसको चेतावनी छ ।

