मेडिकल माफियाको चंगुलमा सरकार

चिकित्सा शिक्षा सुधारको माग राखी १६ औ अनसनमा बस्नु भएका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल बन्दा समेत सरकार मेडिकल माफियाको चंगुलमा फँस्दा मुलुकभरिकै स्वास्थ्य क्षेत्र प्रभावित बन्न पुगेको छ ।
आम नगरिकको हितका लागि सरकार स्वयम्ले गर्नुपनै कामका लागि गोविन्द केसीले आमरण अन बस्नु परेको छ । यस भन्दा अगाडि १५ पटक सम्म अनसन बस्दा सरकारले लिखित रुपमा माथेमा प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक ल्याइने प्रतिबद्धता जनाएको थियो ।
तर लिखित प्रतिबद्धाको मसी सुक्न नपाउदै सरकार केसीले उठाएका मागमा विरुद्धमा गयो । सम्झौता कुल्चियो, तीन करोड नेपालीको हतिमा नभएर केही मुठ्ठीभरका मेडिकल माफियाको हितमा सरकारले विद्येयक तयार पा¥यो । केसीका माग विपरीत मेडिकल माफियाका हितमा तयार पारेको विद्येयक वर्तमान कम्युनिस्टको सरकार जसरी पनि पारित गर्ने उद्देश्यका साथ अगाडि बढेको छ भने कमजोर प्रतिपक्षी त्यसालाइ कुनै हालतमा पास गर्न नदिने योजनाका साथ अगाडि बढेको छ । मंीगलबार यिनै दुई पक्षका बीचको जुहारीले जगत हँसाएको छ । सत्ता पक्ष र प्रतिपक्षबीच मंगलबार झण्डै हात हालाहालको अवस्था सिर्जना भयो ।
विद्य ेयक पारितको प्र्रस्ताव गर्न रोष्ट्रम उक्लन खोजेका शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई काँग्रेस सांसदहरुले रोकेपछि दुवैपक्षबीच केही समय ठेलमठेलको अवस्था सिर्जना भयो । कुनै अप्रिय घट्ना भने हुन पाएन । सरकार र मेडिकल माफया डा. गोविन्द केसीको मागमा असहिष्णु बन्नुको प्रमुख कारण खरबौको चलखेल नै हो । संसदमा असहज अवस्था सिर्जना हुँदा संसदको काम कारबाही तत्काल स्थगित गर्नुपर्ने संसदीय परम्परालाई सभामुख कृष्णबहादुर महराले मंगलबार ठाडै उल्लंघनसमेत गरे । अवरोधका बीचमा पनि उनले संसदको कार्यसूचि अगाडि बढाएपछि प्रतिपक्षी काँग्रेस थप चिढिएको थियो । धन्न विगतमा जस्तै कम्युनिष्टहरुल्े देखाउने चरित्र काँग्रेसले देखाएन विगतमा कम्युनिस्टहरुले संसदका माइक भाँच्ने, कुर्सी तोडफोड गर्ने, अपशब्द बोल्ने गरेको घट्नाहरु ताजै छन् । सभामुखको रवैयाप्रति आक्रोसित प्रतिपक्षहरुले अन्तत ः सभामुखको कार्यकक्ष घे¥यो । त्यसपछिमात्र सभामुखले वैठक स्थगितको सूचना निकाले ।
सरकार बहुमतको दम्भमा एकातिर संसदमा तीन करोड नेपालीको हित विपरीत मेडिकल माफया पोस्ने विद्येयक ल्याउन जबरजस्ती गरिरहेको छ भने डा. गोविन्द केसीको अनसन रिुद्ध अपराधी पृष्ठभूमिका डमी व्यक्तिलाई अनसन बसाइरहेको छ । लुटपाट, ठगी, हात हतियार खरिद विक्रीमा संलगनलाई एक सच्च आम नागरिकको मन मस्तिस्कमा बसेक केसीका विरुद्ध उचाल्नुले सरकार कुन दिशातर्फ उन्मुख
भइरहेको छ भन्ने कुरा प्रष्ट हुन्छ । विगतमा केसीसँग सरकारले गरेका मागहरु सम्न्धमा लिखित प्रतिबद्धता पूरा नगराउन झापाको विएण्डी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई लगायत दर्जनौ माफियाहरु लागेको पाइएको थियो । प्रसाईले प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई आÏनै घरमा चौरासी व्यञ्जनको खाना खुवाएका थिए । त्यसले सर्वत्र चर्चा पाएको थियो । विएण्डसी मेडिकल कलेजमा ओली प्रचण्ड दुवैंको लगानी रहेको समेत चर्चा छ । उता मनमोहन मेडिकल कलेजमा एमाले सांसदहरु, नेताहरु सबैको लगानी रहेको छ । केसीसँग गरेका सम्झैता पूरा गर्दा विएण्डसी र मनमोहन मात्र हैन धेरै माफियाहरुको बिल्लीबाठ हुने अवस्था भएकैले सरकार गोविन्द केसीकोसँग गरेको सम्झौता अनुसार चिकित्सा शिक्षा विद्येयक ल्याउन तयार देखिदैन । वर्तमान सरकारको रवैयाले मुलुकभरिका चिकित्सकहरु आक्रोसत भएका छन् । चिकित्सकहरुले सरकारलाई चेतावनी दिइसककेका छन् । चाँडै नै आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु ठप्प पादैछन् । यसले लाखौ सर्वसाधारण नेपाली प्रभावित हुनेछन् । गोविन्द केसीको समर्थनमा आम सर्वसाधारण नागरिक रहेको कुरामा सरकार भलिभाति जान्दछ । तर उसले केसीका मागमा तोडमोड गरिरहेको छ । भोलिका निमा आम सर्वसाधारण सरकारका विरुद्ध सडकमा आउनुपर्ने अवस्थ सिर्जना हुँदैन भन्ने अवस्था छैन ।

तपाईको प्रतिक्रिया