यातायात मजदुरले इमान्दारीता प्रकट गरे

धरान÷समाजले यात्रु मजदुरहरुलाई फरक दृष्टिकोणले हेर्ने गरेका छन् । तर मधुमल्ला मोरङ्गका एक यातायात्र मजदुरले भने आफ्नो इमान्दारिता प्रकट गरेका छन् ।
मधुमल्ला मोरङ घर भएका र हाल धरानमा ठूलो बुबाको घरमा बस्दै आएका को १ ख २७४८ नम्बरको बसका कन्डक्टर १८ बर्षीय भुवन श्रेष्ठले यात्रुले छोडेका बहुमूल्य सामान फिर्ता गरेर आफ्नो इमान्दारिता देखाएका हुन् ।
काकडभिट्टाबाट पाँचथर हिडेकी रिका कन्दङ्गबाको रातो व्यागसहित व्यागभित्र
रहेको सुनको दुई तोला बराबरको कानको एकजोडी टप, हातमा लगाउने चादीको २ वटा बाला, कानमा लगाउने एक जोडी टपसहित नाागरिकता र नगद पाच हजार दूधेमा ओर्लिने क्रममा बुधबार बसमै छुटेको थियो ।
हराएको सो सामाग्री नेपाल यातायात स्वतन्त्र मजदुर संंगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई, इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी सुमन तिम्सिना लगायत सञ्चारकर्मी, यातयात व्यवसायी समक्ष विहीवार सम्बन्धित धनी रिकालाई हस्तान्तरण गरिएको हो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका सदस्य रुद्र श्रेष्ठका भतिज भुवनले हराएको सामाग्री इमान्दारितापूर्वक फिर्ता दिन पाएकोमा खुशी व्यक्त गरे । उनले काका रुद्रले सिकाएको कुरालाई पछ्याएर सम्बन्धित व्यक्तिलाई सामाग्री फिर्ता गरेका बताए ।
यता समान हराएकी रिकाले भने हराएको सामाग्री आफूले भेट्ने आशा नै हराएको बताइन् । उनले सामान हराएपछि भेट्छु भन्ने सपनामा पनि नसोचेको बिताइन् । उनले भुवन भाईको इमान्दारिताले सामान सकुसल पाएकोमा खुशी व्यक्त गरिन ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले हराएको सामाग्री फिर्ता नदिदा चोरीको आरोपमा कारबाही
गरेका धेरै मुद्दाहरु इलाकामा भएको बताए । उनल भुवनले इमान्दारितापूर्वक सामाग्री फिर्ता गर्दा उनको कद अझ उच्च भएर गएको बताए ।
नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले यातायात मजदुरलाई समाजल हेर्ने दृष्टिकोणमा फरक रहेको बेला यातायात मजदुर भुवनले भेटाएको सामाग्री सम्बन्धित पक्षलाई फिर्ता दिदा सम्पूर्ण यातायात मजदुरको शिर उच्च भएको बताए । उनले यदाकदा यातायात मजदुरलाई धेरै लाञ्छना लाग्ने भएकोले अहिले मजदुर संगठनले सातवटै प्रदेशमा ‘म जिम्मेवार मजदुर हु’ भन्ने अभियान अगाडि बढाइएको बताए ।
सो अवसरमा यातायात मजदुर भुवन श्रेष्ठलाई नेपाल स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वाला र इलाका प्रहरी कार्यालय धरानमा डिएसपी सुमन तिम्सिनाले दोसल्ला ओढाए सम्मान समेत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया