भारतमा बेचिएकी एक बालिकाको उद्धारसंगै बेच्ने युवकलाई समेत प्रक्राउ गरिएको छ ।
प्रहरीले धरानकी एक बालिका भारतको दिल्ली लगेर बेचेकोे अभियोगमा
धरान १७ का ३१ बर्षीय सन्तोष राईलाई प्रक्राउ गरेको हो ।
यही पौष १६ गते पीडितका दाजुले बहिनीलाई भारत लगेर बेचकोले उद्धार गरिदिन इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका थिए । निवेदनपश्चात
प्रहरीले सक्रियता देखाएसंगै माइती इन्डिया र दिल्ली प्रहरीको सहयोगमा पौष बेचिएकी बालिकाका उद्धार गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले बताए ।
पीडित बालिकाले उद्धारपश्चात आफूलाई भारतमा बेच्ने सन्तोष राई विरुद्ध पौष २९ गते केन्द्रीय अनुसन्धान व्युरो
(सिआइवी) समक्ष मानव वेचविखन विरुद्ध उजुरी गरेकी थिइन् । पीडितको जाहेरी पश्चात केन्द्रीय अनुसन्धान व्युृरोले इलाका प्रहरी कार्यालय धरानको पहलमा राईलाई प्रक्राउ गर्न सफल भएको डिएसपी तिम्सिनाले बताए । प्रक्राउ परेका राईमाथि अनुसन्धान भइरहेको डिएसपी तिम्सिनाले बताए ।
त्र

