धरान÷ खैरो हिरोइन खरिद विक्री भइरहेको अवस्थामा धरान प्रहरीले दुई जनालाई प्रक्राउ गरेको छ ।
धरान ८ समागृह मार्गको वरपिपल चौकमा विहीबार १ बजेको समयमा खरिद विक्री गर्दे गरेको अवस्थामा धरान ८ का ३५ बषीय सन्तोष राई र धरान २ का बर्ष ३६ का गापाल अग्रवाललाई प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले बताए ।
उनीहरुको साथबाट ५ सय मिलीग्राम खैरो हिरोइन पक्राउ गरेको उनले जानकारी दिए । प्रक्राउ परेका राई र अग्रवाललाई लागू आषध मुद्दामा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
