इनरुवा÷बढ्दो सवारी दुर्घटना न्यून गराउने उद्देश्यका साथ एनआइसी एसिया बैंक लिमिटेड १ नं. प्रदेश शाखा विराटनगरले २८ थान व्यारिकेट जिल्ला प्रहरी कार्यालय सुनसरीलाई प्रदान गरेको छ ।
बैंकले विहीबार समुदाय प्रहरी साझेदारी (Comunity Police partnership ) अबधारणा अनुरुप सडक दुर्घटना न्यूनिकरण गराउने तथा सडक अनुशासन पालना गराउने उद्देश्य अनुरुप साझेदारी संस्था एनआइसीले व्यारिकेट प्रदान गरेको हो ।
व्यारिकेटले ट्राफिक व्यवस्थापनमा सहजता थप्ने सुनसरीका प्रहरी एसपी राजन अधिकराीले बताउनुभयो । उहाँलाई ती २८ थान व्यारिकेट एनआइसी बैंक प्रदेश नं. १ का प्रबन्धक लक्ष्मण चालिसेले हस्तान्तरण गर्नुभएको थियो ।
