धरान÷ धरान आफै स्वच्छ , सफा र सुन्दर सहर हो । धरानको यो पहिचानलाई धरानका २० वटै वडाले त्यसमा पनि वडाभित्र रहेका टोल विकास समितिले अग्रणी भूमिका खेल्ने गरेका छन् ।
यही क्रममा धरान ७ वडा समितिले पनि आफ्नो टोललाई स्वच्छ, सफा र सुन्दर बनाउन टोलमा रहेका ५ वटा टोलविकास समितिमा आवद्ध सर्वसाधारण अहिले सरसफाइ अभियानमा जुटेका छन् ।
वडा सदस्य हरिनारायण श्रेष्ठको संयोजकत्वमा अहिले धरान ७ मा माघ ७ गतेदेखि १२ गतेसम्म एकहप्ते सफाइ अभियान अगाडि बढाएका छन् । धरान ७ मा रहेका खोल्साखोल्सी, बगाएर ल्याएका नालीमा थुप्रिएका फोहोर सरसफाईसंगै त्यहा झारपात उखेल्ने काम गरेका छन् ।
सधै उपमहानगरपालिकाले सरसफाइ गरिदिन्छ, फोहोर हटाइदिन्छ भन्ने मान्यता हटाउन एक हप्ते सरसफाई अभियान अगाडि बढाइएको समाजसेवी एवम् भानुसब्जी तथा फलफूल व्यवसायी समितिका सल्लाहकार धर्मराज तिम्सिनाले बताए ।
चारदिनदेखि लगातार सरसफाइ गरेकै कारण अहिले धरान ७ को टोल टोल गल्ली गल्ली सफा सुग्घर देखिएको छ । यस्ता अभियानले फोहोरका कारण लाग्ने रोगको संक्रमणमात्र हैन लामखुट्टेको टोकाइबाट लाग्ने भयानक रोगहरुमा समेत नियन्त्रण हुने ७ नंं वडा समितिका सर्वसाधारण बताउछन् ।
