घण्टाघरबाट हेर्दा

घम्साघम्सी
विजनेश नपाएर सांसहरु संसदमा हाई कि हाई गरेर बस्थे । कहिले यता पल्टियो, कहिले उता पल्टियो । काम नभएपछि हाता गरेर कुलेसम्म ठोक्थे । अस्तिका दिनदेखि सांसदहरुले गज्जबकै काम पाएका छन् । माने घम्साघम्सी, ठेलमठेल, धकेला धकेलीको । घम्साघम्सी, ठेलमठेल, धकेला धकेली गरेर पसिना पसिना भा’का एकजना सासदले मुलद्वारमा आएर खुइøयाँ गर्दै भने आज बल्ल घम्साघम्सी भयो । ठेलमठेल पनि भयो अस्ति अस्ति त संसदमा आएजस्तै लाग्दैन थ्यो । आखिरी यो सबै साइत जुराई द्या हो गोविन्द केसीको अनसन र मागले । मेडिकल माफियाबाट हसुर्नसम्म रकम हुरेसी’ सत्ता पक्षेहरु मोटाएर ढुँसढुँस भा’छ । पर्तिपक्षेहरुचाहिँ सबैलाई सुकेनास लाग्या छ सुकेनास र ढुंसढुँसे बीचको घम्साघम्सी चल्दा नि सभामुख ट्वाल्ल परेर बसेछन् । सुकेनास माने प्रर्तिपक्षेहरुले गएर घेरेसी’ मात्र उन्ले दुई दिनलाई संसद स्थगित  गरेछन् । बल्ल बल्ल् ससदमा रौटक आ’छ । तोडफोड, भाँचभुँच, गाली गलौज भए त संसदले विजनेश नै नपाउने ।
कुहिनोले घोचे रे
शिक्षा मन्तरी गिरराज मणि पोख्रेललाई अस्तिका दिन पर्तिपक्षे सांसदहरुले कुहिनाले घोच्देछन् । धन्न पोखेल बालाई केही भएन छ । घण्टाघरलाई खुशी लाग्या छ कमसेकम पर्तिपक्षेहरु कुहिनाले घोच्न सम्म सक्ने भएछन् । अबचाहिँ केही गर्लान कि ? अस्तिका दिन शिक्षा मन्तरी पोख्रेलल वाले ताइन न तुईको शिक्षा विद्येयक संसदा दर्ता गर्न खोजेछन् । पर्तिपक्षेले कुहिनाले घोचेरै हटाइ देछन् । विचरालाई अब फेरि घोच्लान भन्ने साह«ै डर भा’रेछ । त्यसले अब विद्येयक लैजाँदा रोष्ट्रममा मन्त्री जाने ठामबाट जाने गोप्य योजना बनाका छन् रे । फेरि घोच्दे भने के गर्लान् ? बरु अरु पनि बाटो छ भने यो खोज्दै गरे बेश होला । पोख्रेल त शिक्षा मन्तरी पो हुन त गाँठे पर्तिपक्षेहरुले पनि यसो हेरेर घोच्नु पर्छ । मन्त्री जस्तालाई संसदमै घोच्देसी’ सिद्धेन ।
संसदीय मर्यादाको चिन्ता
नाम अनुसारको मान्छेको स्वभाव भैदिया भए कति राम्रो हुन्थ्यो होला । अब हेर न पूर्व माउवावादी,वर्तमान झालेमाले भविष्येको टुंगै नभाका देव गुरुङ्गलाई । सांसद भन्या बोकाको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसल हो भनेर उत्पात मच्चाउने नाम मात्रका देव गुरुङ्गलाई संसदीय मर्यादा र प्रक्रियाको चिन्ता लागेको देख्दा घण्टाघरलाई हिजो आज कुरी कुरी लाग्न थाल्या छ । अस्तिका दिन काँग्रेसले संसद अवरुद्ध गरेर एकजना मन्तरीलाई घोच्देसी’ देव गुरुलाई औडाहा भएछ । उन्ले भन्या काँगेसले ससदीय मर्याादा र प्रक्रियाको उल्लंघन ग¥यो रे । हैन हौ ती गुरुङ्ग बाजेले संसदीय मर्यादा र प्रक्रियाका बारेमा कहिले थाहा पाए होलान् ? काँग्रेसको द्वैध चरिरत्र भयो रे । यिन्ले काँग्रेस द्वैध चरित्र कहाँनिर देखे कुन्नि ? हुन त कागले आÏनो नाम आफैले काट्छ भन्थे हो कि क्या हो ?
विकासको गति पहिल्यायो रे
हाम्रा पर्धानमन्तरी खप्रओ बाको खुवीचाहिँ मान्नै पर्छ वा † नेपालीहरुलाई हावामा उडाएर चिल्लै बनाएका खप्रओले विदेश त्यो पनि स्वीजरल्याण्ड पुगेर विदेशीहरुलाई पनि गफ गरेर हावा खुवाई देछन् । जे होस् खप्रओवाको कुसागह बुद्धिचाहिँ मान्नैपर्छ । सरकारले अब विकासको गति पहिल्याई सक्या छ रे । खप्रओवाले पानी जाहाज ल्याउन अफिसै खोल्दी सक्या छन् तर पानी र जहाज कोचाहिँ टुंगो लाग्या छैन । पूर्व पश्चिम रेल कुदाउन खप्रओ वालाई आतुर परिसक्या छ । खुट्टो उचालेर बस्ने रेल घर घरमै आउँछ भन्दी सक्या छन् । हावाबाट विजुली निकाले उत्पात मच्चाई सक्या छन् । घर घरमा खाना पकाउने ग्याँसको पाइप हाल्देर विश्वास
रेकर्ड नै कायम गर्दैका छन् । पेट्रोल खानी धमाधम उत्खनन् भैराख्या छन् यत्रा काम गर्ने मान्छेको स्विरजरल्याण्डमा गएर जाबो विकासको गति पहिल्याई सक्या छौ भनेर बोल्नु कुन ठूलो कुरा भयो र ? धन्न नेपाल भन्दा स्विजरल्याण्ड कम विकसित मुलुक हो भनेर गफ हान्देनन् । आखिरी ओली वाको खुवी भन्या नै गफ हान्नु छ हो ।
भेट्टाएछ फ्लुले
हिजो आज प्रचण्डाउलाई एकपछि अर्को आपत्त आइपर्न थाल्या छ । हुन त जैसा करनी वैसा भरनी भन्छन् । भारुमा भन्नुपर्दा भगवान तेरे घरमे देर है है अन्धेर नही । अरुलाई आपत विपत्त पर्दा घण्टाघरले खुच्चिङ्ग मान्ने गरेकै छैन तर भा’ कुरा त भन्नै प¥यो । प्रचण्डाउकी बुढिया र बुहारीलाई यतिबेला Ïलुले समात्या छ रे । धन्न त्यो Ïलु चाहिँ स्वायन Ïलु, डग Ïलु, बर्ड Ïलु, चाहि परेनछ । त्यस्ता Ïलु भे सानो आपत्ति आउने थिएन डाक्टरले भन्या उनेरलाई भारल Ïलु भा’ हो रे अब त्यो भाइरल Ïलु चाहिँ पक्कै बुहारी खानेपानी मन्त्रीबाटै स¥या हुनुपर्छ । मेलाम्चीमा ५ करोड बजाएको भनेर हल्ला छ । मेलाम्चीको पानी त्यसै पनि चीसो हुन्छ चीसो पानीबाट ५÷५ करोड बजाएसी’ भाइरल Ïलु ले नभेटाएर वार्म Ïलुले त पक्कै भेट्दैन । अहिलेसम्म प्रचण्डाउलाई त्यो Ïलुले चाहिँ गाँजिसक्या रै’न छ । अलि दुर दुरै बस्नु पर्ला । कि कसो हौ ?
निर्दोष छन् रे
यो देशमा सबै बलेकै आगो ताप्ने त हुन । निभेको आगो कस्ले पो ताप्छ र ?अब हेरम न प्रहरीका प्रवक्ता एसएसपी उत्तम
राज सुवेदीले अस्तिका दिन निर्मला हत्या काण्डमा बम दिदी बहिनीको कुनै संलग्नता छैन भनेर बोलेछन् । हुने कुरो पनि भएन संलग्नताका सबै प्रमाण प्रहरीहरुले नष्ट गरिहाले । प्रमाण नै नष्ट गरेपछि कहाँबाट संलग्नता हुनु ? आखिरी प्रवक्ता न परे ? त्यो पनि प्रहरीको । सरकारले गठन गरेको आयोगले वम दिदीबहिनी पनि दोषी छन् भनेर औल्याएको थियो, त्यसो भन्नासाथ आयोगका एक सदस्यलाई अज्ञात व्यक्तिले आक्रमण गर्नु, अपरिचित नम्बरबाट फोन गरेर परिवारलाई धम्क्याउनुलाई प्रवक्ताले कसरी बुझ्या छन् कुन्नि ? प्रचण्डाउ, रामबहादुराउ, सबै बम दिदीबहिनीका दाहिने भएसी त्यो झुत्रे निर्मलाले न्याय पाउने कुरा
पनि भएन । वित्थामा सडकमा किन उफ्रनु ?
मन्त्रालय सुनसान
प्रदेश मन्त्रालयमा मन्त्रीहरु भेटिदैनन् । देशलाई समृद्ध नेपाल बनाउनुपर्छ । मन्त्रालयलमै चाकमा डाम बसुन्ज्याल बस्यो भने समृद्ध नेपाल बन्दै बन्दैन । समृद्ध नेपाल बनाउन दौडधूप त गर्न प¥यो । विचारा मन्त्रीलाई भ्याई नभ्याई छ दौड्या छन् दौड्य छन् । कहिले संखुवासभाबाट फुटबल उद्घाटन गर्न पुग्या छन् कहिले इलाममा उद्घाटन गर्न पुग्या छन् कहिले धान रोपाईको उद्घाटन गर्न पुग्या छन् कहिले सार्वजनिक सौचालय उद्घाटन गर्न पुग्या छन्, कहिले माछा पोखरी उद्घाटन गर्न पुग्या छन्, कहिले बोइलर कुखुरा फर्मको उद्घाटन गर्न पुग्या छन् जनताप्रति साह«ै समर्पित छन् । जसले जहाँ बोलाए नि दौडेर पुग्या छन् । त्यसरी हिड्या हिड्यै गरेसी कहाँबाट मन्त्रालयमा भेटिउन छ ? विचराहरुलाई एकछिन् फुर्सद छैन । खान टुंगा छैन, बस्न टुंगो छैन । तै पनि कामै केही
गरेन भनेर आरोप लगाउँछन् । यो त अहिले हजम भएन कि ?
अन्तेमा
नेप्लिज लाँग्रेस अरु पार्टी जस्तो हुँदै होइन । झन स्यालबहादुर पार्टीको मखिया भएसी कुरै छाडौ । मास बेसिक पार्टी न ठहरियो । जति गुट उपगुट बनाएनी हुने । अब हेरम न तनहुँ काँग्रेसको निर्वाचित जिल्ला कार्यिसमिति छँदाछँदै गोविन्दराज जोशीले अर्के व्यक्तिलाई जिल्ला अधिवेशन गरेर अध्यक्षे बनाइ देछन् । क्या वात † आफू पियोर काँग्रेस अरु सबै नक्कली काँग्रइेस हुन
रे जोशीले भन्या । चुनाउमा एक सिट पनि न संघमा न प्रदेशमा जिताउन नसक्ने जिल्ला नेतृत्व अक्षम भएर निर्वाचन गराउनु प¥या हो रे । अब जोशी बाले बाटो खोलिदिए । अब जहाँ जहाँ काँग्रेस हा¥या छ त्यही त्यही ठाउँमा जिल्ला अधिवेशन गराएर नया कार्यसमिति ड्याम डयाम बनाइदिने । यसो गर्दा अर्को पटकको निर्वाचनमा काग्रेसले पक्कै वहुमत ल्याउछ । जोशी वा को आइडियालाई चाहिँ स्यालुट गर्नैपर्छ ।

तपाईको प्रतिक्रिया