नेपाल पत्रकार महासंघ सुनसरीको भवन उद्घाटन

धरान÷नेपाल पत्रकार महासंघ सुनसरीको भवन उद्घाटन भएको छ । आइतबार प्रदेश न. १ का मुख्यमन्त्री शेरधन राईले भवनको उद्घाटन गरेका हुन् ।
सो अवसरमा पत्रकारहरुले हक हित र वृत्ति विकासका लागि सरकारले गरेका निर्णयहरु कार्यान्वयन नहुदा समस्या ज्यूका त्यू भएको सुनसरीका पत्रकारहरुले प्रदेश सरकार समक्ष गुनासो पोखेका थिए ।
नेपाल पत्रकार महासंघ सुनसरीको धरान १३ अमर हाटमा निर्माण भएको दुई तले भवन निर्माणपश्चात उद्घाटन गर्न आउनु भएका प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई समक्ष यस्तो गुनासो पोखेका हुन् ।
महासंघ सुनसरीको ११ औं बार्षिक साधारणसभाको सेड्युल कार्यक्रम अन्तर्गतको पहिला कार्यक्रम भवन उद्घाटनका अवसरमा बोल्दै अग्रज पत्रकार हर्ष सुब्बाले पत्रकारहरुको जस्तो अवस्था थियो अहिल पनि उस्तै भएको बताउनुभयो । उहाले पत्रकारिताको इतिहासमा धरानको ठूलो महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाले तीन दशक अगाडि नेपाल पत्रकार संघबाट शुरु भएको महासंघ अहिलेसम्म आइपुग्दा पनि पत्रकारितामा चुनौति धेरै बढेर गएको तर राज्य तहबाट पत्रकारको सुरक्षा, पेशागत अधिकारका विषयमा धेरै निर्णय भएपनि कार्यान्वयन भने हुन नसकेको स्पष्ट पार्नुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले विगतमा केन्द्रिकृत सरकारका कारण हरेक कुरामा ध्यान नपुगेको बताउदै अब नेपालमा संघीयता कायमसंगै तीन तहको संरचना निर्माण भई कानुन बन्ने चरणमा रहेका कारण व्यवसायिक पत्रकारिताको संस्थागत गर्न प्रदेश सरकारले पनि ध्यान दिने बताउनुभयो । ृउहाले सुनसरीका पत्रकारहरुले आफ्नो भवन पाएकोमा खुशी व्यक्त गनुभयो । यता प्रदेश नं एकका मुख्य मन्त्री शेरधन राईले आफू सञ्चारमन्त्री हुदा गरेको आम राष्ट्रिय आम सञ्चार नीति र न्यूनतम पारिश्रमिकका विषयका साथै दुर्घटना बीमा,उपचार सेवा लगायतका महत्वपूर्ण निर्णय गरेको बताउदै यसको प्रभावकारी कार्यान्वयनमा सञ्चारकर्मीहरुले राज्यलाइ झकझक्याउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले विगतमा आफू सञ्चारमन्त्री हुदा पत्रकारको हक अधिकार र सुरक्षाका लागि धेरै काम गरेको स्मरण
गराउनुभयो । उहाले अहिलेका प्रदेश सरकार पनि प्रेसमैत्री भएको र अब बन्ने कानुनमा समेत प्रेस स्वतन्त्रताका विषयमा समेटेर जाने बताउनुभयो । उहाले प्रदेश सरकारले कानुन बनाउदा प्रेसलाई खुम्च्याउने र अंकुश लाउने खालका कानुन नबन्ने स्पष्ट पार्नु भयो । उहाले कही कतै भुलबस यस्तो भएको पाएमा पत्रकाररुले सचेत गराउन उहाले आग्रह गर्नुभयो उहाले विगतमा भाडामा बसेको महासंघ सुनसरील आफ्नै भवन निर्माण गर्न सकेकोमा प्रशंसा गर्दै भवन निर्माणका क्रममा बाकी रहेका काममा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश नं. १ की सांसद उमिता बराईली, धरान उपमहानगरपालिकाका पूर्व नगरप्रमुख मनाजकुमार मेन्याङ्बो, धरान उपमहानगरपालिका वडा नं. १३ का वडाअध्यक्ष नेत्रप्रसाद काफ्ले, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुइटेल लगायतले महासंघ सुनसरीले भवन निर्माण सम्पन्न गरेकामा बधाई ज्ञापन गर्नुभएको थियो । २०७२ सालमा धरान १२ चतरालाइनमा पब्लिक माविको भवनमा भाडामा काम गर्दै आएको महासंघ सुनसरीलाई ०७४ सालमा धरान उपमहानगरपालिकाले दुइकोठे सटरसहितको एकतले भवन हस्तान्तर गरेको थियो । सोही भवनको दोस्रो तला २० लाखको लागतमा निर्माण सम्पन्न भएको थियो । भवन निर्माणका लागि बराह ज्वेलरी इण्डिष्ट्रिज प्रा..लिले १५ लाख, नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालयबाट ५ लाख, धरान उपमहानगरपालिकाबाट २ लाख र धरान फुटबल क्लबबाट ५० हजार रकम जुटेको थियो ।

तपाईको प्रतिक्रिया