कम्युनिष्ट सरकार विरुद्व आवाज उठाउन आग्रह

इनरुवा÷नेपाली काँग्रेसका सस्ंथापक नेता बीपी कोइराला २०३३ साल पौष १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर प्रवासबाट स्वदेश फर्किएको दिनलाई राष्ट्रिय मेलमिलाप दिवको रुपमा सुनसरीले समेत वृहत अन्तरक्रिया कार्यक्रमका साथ मनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा सहभागी नेताहरुले वर्तमान कम्युनिष्टको सरकार वहुमतको दम्भमा अराजक र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कम्युनिस्ट सरकारका विरुद्धमा आवाज उठाउन आग्रह गरेका छन् । ओली सरकारको अधिनायकवादका विरुद्ध टोल टोलबाट आवाज उठाउनु पर्नेमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री महेश आचार्यले आग्रह गर्नुभयो ।
इनरुवा स्थित पार्टी कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले अब पार्टीमा गुटगत भावना नराखी एक ढिक्का भएर कम्युनिस्ट सरकारका विरुद्धमा लाग्न पनि नेता आचार्यले आग्रह गर्नुभएको थियो । नेपाली काँग्रेसका सांसद तथा पूर्व मन्त्री सीताराम मेहताले बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर, खुमबहादुर खड्का लगायतका नेताहरुको स्मरण गर्दै राष्ट्रिय मेलमिलापको सान्दर्भिकता सदैव रहने बताउनुभयो । उहाँले भन्नुभयो मुलुकलाई अस्थिरताबाट जोगाउन अब नेपाली काँग्रेस सशक्त रुपले अगाडि आउनैपर्छ ।
प्रदेश संसदका प्रमुख प्रतिपक्षी दलका नेता तथा सुनसरी सभापति राजीव कोइरालाको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा पार्र्टीका सम्पूर्ण भातृ संगठनका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया