धरान÷ सन्तुलित खानपिनले उमेर ढल्कदै गएको मानिसको समेत शारीरिक क्षमता यौवनको जस्तो हुन्छ भन्दा सायदै धेरैलाई ज्ञान नहुन सक्छ । तर सन्तुलित खानाले खानपानका कारण लाग्ने रोगको नियन्त्रण त गर्छ नै उमेर ढल्किसकेपछि शारीरिक क्षमतामा समेत कमी
आउदैछ ।
यो कुरालाई हात्तीसार क्याम्पसमा पोषण विज्ञानमा अध्ययन गरेका विद्यार्थीहरुले बनाएको सन्तुलित खानाले प्रमाणित गरिदिएको छ ।
चार बर्ष केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अध्ययन सकिएपछि सरकारले समेत पोषण विज्ञानमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि केही नीति नियम बनाउदा अन्यौलमा परेका विद्यार्थीहरुले यही असोज ५ गते एउटा संंस्था गठन गरे । समाजमा सचेतना फैल्याउदै खानपाका कारण लाग्ने रोगका विषयमा सर्वसाधारणलाई सचेतना फैल्याउन उनीहरुले धरान ८ मा न्युट्रेसन काउन्सिल एण्ड रिसर्च प्रा.लि. नामक संस्था खोलेका छन् । यसको प्रमुख उद्देश्य जथाभावि खानपिनलाई नियन्त्रण गर्दै सन्तुलित आहारमा जोड दिनु रहेको संस्थाका प्रबन्ध निर्दशक प्रवीण भट्टराई बतानुहुन्छ ।
अहिले यी विद्यार्थीहरु मेला तथा उत्सवलाई बढी लक्षित गरी त्यहा सचेतना फैल्याउने काम गर्न थालेका छन् । केही समय अगाडि इटहरीमा भएको खाद्य मेलामा सहभागी हुदै उत्कृष्ट स्टलको पुरस्कार समेत पाएको यो संस्थाले अहिले धरानमा शुक्रबार र सनिवार दुई दिने नेवारीहरुको सांस्कृतिक पर्व यमरी उत्सवमा स्टल लिएर सचेतना फैलाउने काम गरेका छन् ।
मानिसको खानपिन सन्तुलित नहुदा नेपालमा मोटो पनका कारण हुने डाइबेटिज,, उच्च रक्तचाप लगायतका समस्या बढ्दै गएकोले सचेतना फैल्याउदै सन्तुलित खानाको विषयमा जानकारी दिन यस्ता मेला तथा उत्सवमा स्टल राखेरै सचेतना फैल्याउने काम गरेका प्रा.लिका निर्देशक भट्टाराईले बताउनुभयो ।
उत्सवमा आएका सर्वसाधारणलाई विद्यार्थीहरुले उनीहरुको उमेर अनुसार तौल ठीक छ छैन, उमेर अनुसार शरीरमा बोसो बढी छ कि घटी छ र
शरीरको उमेर कति छ भन्ने कुरा चेकजाच गरेर पत्ता लगाउने गरिएको उहाले बताउनुभयो ।
रक्तचाप, सुगर तथा शरीरमा बासो बढी भएकाहरुलाई उनीहरुले सन्तुलित खानाका तरिकाबारेमा सिकाउछन् र नियमित प्रयोग गर्न सुझाव दिन्छन् ।
नेपालमा पोषण विज्ञानको आवश्यक रहेको भन्दै नेपाल सरकारले नेपालमा एकमात्र कलेज केन्द्रीय प्रविध क्याम्पसमा शुरु गरेपनि अहिले उनीहरुको विषयमा सरकारले नीति बनाइदिँदा आफूहरु अन्यौलमा पर्दै गरेका पोषण विज्ञानका विद्यार्थी तथा प्रा.लिका अध्यक्ष कमल गुरागाईले बताउनुभयो । उहाँले सरकारले यो विषय अध्ययन गर्नुपर्छ भनेर नीति ल्याए पनि अहिले न्युट्रेसनको छुट्ै काउन्सिल दर्ता गर्नुपर्छ भन्दा पनि सरकार हिच्किचाउने गरेको बताउनुभयो । नेपालमा अति पिछडिएको स्थानमा कुपोषण हुने बालबालिकाको संख्या धेरै भए पनि सरकारले यसतर्फ सोच्न नसकेको उहाको भनाई छ ।
स्वास्थ्यको दृष्टिकोणले सन्तुलित खानपान आवश्यक छ भन्ने कुरा बुझाउनकै लागि यसरी उनीहरु संस्था गठन गरेरै लागि परेका छन् । उनीहरुले त्यहा आएकाहरुलाई नुन, तेल र घ्यु ठिक्क मात्र खाऔ, माछा, मासु, अण्डा, दूध नियमित खाऔ, फलफूल, सागपात तथा हरियो तरकारी धेरै खाआंै लगायतका कुरा सर्वसाधारणलाई सिकाउने गरेका छन् ।
यस्ता ऊर्जाशील विद्यार्थीहरुका लागि सरकारले वेवास्ता गर्दा नेपालमा उत्पादन भएका डाइटेसिन विज्ञ
बेकारमा घरमै थन्किएर बस्नुपर्ने अवस्था छ । सरकारले उनीहरुलाई सही काममा प्रयोग गरिदिने हो भने धेरै बालबालिका कुपोषणबाट ग्रस्त हुने थिएनन् भने मोटोपनका कारण हुने उच्च रक्तचाप, मधुमेहजस्ता रोगमा कमी आउने
थियो । यसतर्फ सरकारले सोच्नुपर्ने बेला भइसकको छ ।

