समाजमा योगदान पु¥याउनेलाई सिद्धि नेवा परिषद्द्वारा सम्मान

धरान÷ सिद्धि नेवा परिषद्ले समाजमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई साधारणसभाको अवसरमा सम्मान गरेको छ ।
सिद्धि नेवा परिषद्को भवनमा आयोजित सिद्धिमान गंगालक्ष्मी पलिखे जन्मजयन्ति एवम् आफ्नो बार्षिक साधारणसभाका अवसरमा सम्मानित गरेका हो ।
सिद्धि नेवा परिषदकोे अध्यक्ष गोकलु प्रसाद श्रेष्ठको अध्यक्षमा सम्पन्न कार्यक्रममा नेवार समुदायका सामुदायिक तथा नीजी विद्यालयमा अध्ययनरत १८ जना छात्र तथा छात्राहरुलाई प्रति व्यक्ति ९ हजारको दरले सम्मानसहित प्रशंसापत्र प्रदान गरेको थियो ।
यस्तै विभिन्न कोणबाट समाजमा योगदान पु¥याउने ५ जनालाई सम्मान समेत गरिएको थियो । पत्रकारिता क्षेत्रबाट योगदान पु¥याएको भन्दै अग्रज पत्रकार यम प्रधान, सामाजिक कार्यमा अग्रसर भएको भन्दै स्वयम् श्रेष्ठ, सफल व्यवसायी विष्णृुलाल तखाचे, शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) र सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै श्याम गोविन्द श्रेष्ठलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुलाई प्रदेश नं. १ का सांसद चन्द्र प्रसाद श्रेष्ठ, सावित्री श्रेष्ठ लगायतले प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सिद्धि नेवा परिषद्का महासचिव केशव श्रेष्ठले
गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया