धरान÷आज भन्दा २५ बर्ष अगाडि अर्थात २०५० साल पौष २१ गते बुधबार चारजना बौद्धिक युवाहरु राजेन्द्र गुरुङ्ग, सुदिप एल्मो, चन्द्रदिप लामा र कुमार चेम्जोङ्गको संयुक्त प्रयासमा स्थापना भएको युरेका माविले आफ्नो स्थापनाको २५ औं बर्ष गाँठ विविध शैक्षिक, सामाजिक कार्यक्रमका साथ सप्ताहव्यापी मनाइरहेको छ ।
पौष १४ गते सप्ताह व्यापी कार्यक्रमको विधिवत उद्घाटनसँगै आरम्भ भएको कार्यक्रमको दोस्रो दिन विद्यालयको सभाकक्षमा आधुनिक शिक्षा र शिक्षण शैली सम्बन्धी आमन्त्रित सम्बन्धित शैक्षिक विज्ञहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।
आधुनिक शिक्षा र शिक्षण शैली सम्बन्धी आमन्त्रित शैक्षिक विज्ञहरुले आ–आÏनो कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । प्रा.डा. टंक प्रसाद न्यौपानेदेखि बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलसचिव तथा बरिष्ठ अधिवक्ता तुलबहादुर श्रेष्ठसँगै संस्थागत तथा सामुदायिक विद्यालयका प्राचार्यहरु गरी करिब एक सय जनाको उक्त कार्यक्रममा सहभागिता रहेको थियो । यसै गरी पौष १६ गते प्राथमिक तहको स्पेलिङ्ग र माध्यममिक तहको कलेज प्रतियोगिता सम्पन्न भएको छ । सप्ताह व्यापी कार्यक्रम अन्तरर्गत धरानमा रहेका बृद्धबृद्धा (हजुर बा, हजुर आमा) हरुसँग सामुहिक भेटघाट, उनीहरुको अननुभव, बृद्ध बृद्धाहरुलाई सम्मान गरेको थियो । यसैगरी पौष १८ गते विद्यालयका भूतपूर्व विद्यार्थीहरु, भूतपूर्व शिक्षक–शिक्षिका तथा कर्मचारीहरुसँग भेटघाट र उनीहरुको सम्मानमा रात्री भोज, पौष १९ गते विद्यालय प्रांगरणमा वहृत रक्तदान, पौष २० गते कक्षा प्ले गु्रपदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुको रोचक साँस्कृति कार्यक्रमसँगै पौष २१ गते कक्षा ६ देखि माथिका विद्यार्थीहरुको साँस्कृति कार्यक्रमसँगै सप्ताहव्यापी किार्यक्रमको समापन गरिने भएको छ ।

मोफसल अर्थात राजधानी (काठमाण्डौ) बाहिर रहेर पनि युरेका आवासीय मावि शैक्षिक क्षेत्रमा मात्र अग्र स्थानमा नभएर अन्य वाह्य गतिविधिमा समेत मुलुकमै चीर परिचित रहेको छ । चाहे साँस्कृतिक कार्यक्रम होस्, चाहे क्विज प्रतियोगिता होस्, चाहे खेलकुदका विविध आयाम हुन सबैमा युरेकाले बाजी मार्दै आएको छ । राष्ट्रिय स्तरका प्रतियोगितादेखि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा युरेका आवासीय माविका विद्यार्थीहरुले आफूलाई उत्कृष्ट सावित गर्दैै आएका छन् । उनीहरुले कुनै पनि प्रतियोगिताबाट खाली हात फर्कनु परेको छैन । यसमा विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारीहरु गौरव गर्छन् । शैक्षिक क्षेत्रमा युरेकाको आफ्नो छुट्टै पहिचान छ । स्थापना कालदेखि नै गुणस्तरीय शैक्षिक गतिविधिकै कारण धरानमा अधिकांश अभिभावकहरुको पहिलो रोजाई र छनौट युरेका मावि नै हुने गरेको छ । प्रारम्भमा २ सय २५ जना विद्यार्थीहरुबाट आरम्भ भएको विद्यालयमा हाल १५ सयको हाराहारीमा विद्यार्थीहरु रहेका
छन् । विद्यालयका संस्थापकहरुमात्र नभएर स्थानीय अभिभावकहरुसमेत युरेकाको शैक्षिक गुणस्तरप्रति गर्व गर्छन् । यहाँबाट उत्पादन भएका विद्यार्थीहरु आज देशकै अब्वल र उत्कृष्ट चिकित्सक, इन्जिनियर, प्राध्यापक, सफल व्यवसायी बन्न सकेकोमा विद्यालले गर्व गर्नु स्वभाविक हो ।
स्पष्ट रुपमा भन्नुपर्दा युरेका आवासीय माविले विद्यार्थीहरुलाई ज्ञानको मुख्य क्षेत्र र समाजका आवश्यकता क्षेत्र पहिचान गरी शिक्षा दिने गरेको छ । बदलिँदो विश्व परिवेशमा कस्तो सिकाई आवश्यक रहन्छ भन्ने कुराको विद्यालयले राम्ररी मनन गरेकै कारण एसएलसी (एसईई)सँगै +२ मा यहाँका विद्यार्थीहरु मुलुककै नतिजामा अब्बल देखिएका छन् । विद्यालयले आजसम्म निराश लाग्दो शैक्षिक परिणाम
(रिजल्टको) सामाना गर्नुपरेन विद्यालयका अध्क्षसमेत रहेका सुदिप एल्मोको कथन छ ।
यो २५ बर्षमा हामीले यहा“का अभिभावकहरुबाट असिम माया पाएका छौं । –अध्यक्ष सुदिप एल्मो
तपाई विद्यालयको अध्यक्ष पनि हुनुहुन्छ । विद्यालयले आफ्नो स्थापनाको सप्ताहव्यापी रुपमा रजत महोत्सव विविध कार्यक्रमका साथ मनाउदै छ । यो २५ बर्षको मूल्यांकन गर्नुपर्दा तपाई कसरी गर्नुहुन्छ ?
–यो २५ बर्षमा हामीले यहाँका अभिभावकहरुबाट असिम माया पाएका छौं । त्यही असिम मायाकै कारण आज हामी यहाँँसम्म आइपुगेका हौं । हामीले धरानलाई शिक्षाको ‘हव’ बनाउने कल्पना गरेका थियौं । त्यसमा हामी धेरै हदसम्म सफल भएका छौं । हाम्रा शुभचिन्तक, अभिभावकको स्नेहले हामीले नेपालकै उत्कृष्ट विद्यार्थी उत्पादन गरेका छौं । यहाँबाट उत्पादन भएका विद्यार्थीहरु चिकित्सक, इन्जिनियर, सफल व्यवसायी भएका छन् । उदाहरणका लागि डा. गणेश अग्रवाल, रोशन अटल आदि विद्यार्थीलाई हेर्दा पुग्छ । हामी हाम्रो लक्ष्यमा सफल भएका छौं । हाम्रो उद्देश्य थियो विद्यार्थी अनुशासित हुनुपर्छ, लगनशील हुनुपर्छ अनिमात्र सफल हुन्छ । त्यसमा हामी सफल भएका छौं ।
युरेकाको शैक्षिक वातावरण कस्तो छ ?
–युरेका माविमा शैक्षिक वातावरण पृथक किसिमको छ । हामी विद्यार्थीहरुलाई आÏनै छोराछोरी जस्तै गरेर पठाउँछौं, हुर्काउँछौं, बढाउँछौ, सिष्टाचार के हो त्यो सिकाउँछौं ।
शुरुवाती दिन र अहिलेको अवस्थाबारे कसरी मूल्यांकन गर्नुहुन्छ ?
–शुरुवाती दिनमा विद्यार्थीहरुलाई पढाउन केही हदसम्म सहज थियो । यद्यपि हामी यहाँसम्म धेरै उतार चढाव सहेर आइपुगेका हौं । अहिले पनि पढाउन असहज छैन । अहिले विद्यार्थीहरु विभिन्न ग्योजटहरुले गर्दा पढ्नमा त्यति रुची गर्दैनन् जस्तो लाग्छ ।
स्थापनाको दिन र आजको दिनको तुलना गर्दाको अवस्था भनेको मैले ?
–हामी सफल भएका छौं । धेरै दृष्टिल हामी सफल भएका छौं । हामीले धरानमा छुट्टै ढंगले विद्यालय कसरी सञ्चालन गर्ने भन्ने सपना देखेका थियौ । त्यसका हामी सफल भएका छौं ।
शुरुमा तपाइहरुसँग कति विद्यार्थी थिए ?
–करिब २ सय २५ जना ।
अहिले कति जना छन् ?
–अहिले १४–१५ सय विद्यार्थी छन् ।
युरेका माविले शैक्षिक गतिविधिकै सवालमा कहिल्यै पछाडि फर्किएर हेर्नु प¥यो कि परेन ?
–हामीलाई त्यस्तो कहिल्यै परेन । हामी अगाडि बढिरहयौ । हामी सदैव अगाडि नै भयौ । युरेकाको एउटा परम्परा छ हामी हार्दैनौं, हार्न जान्दैनौं ।
अध्यक्षको नाताले विद्यार्थीहरुको शैक्षिक गतिविधिलाई कसरी मुल्यौंकन
गर्नुहुन्छ ?
–हाम्रा विद्यार्थी जहाँ गए पनि उत्कृष्ट भएका छन्, धेरै ठाउँ जस्तै भारत, युके, अमेरिका, अष्ट्रेलिया, क्यानाडामा समेत यहाँबाट अध्ययन गर्न गएका विद्यार्थी उत्कृष्ट भएका छन् ।
शैक्षिक गतिविधिसँगै विद्यालयले अन्य के कस्ता गतिविधि सञ्चालन गरिरहेको छ ?
–हाम्रा अतिरिक्त क्रियाकलाप धेरै छन् । म्युजिक, ड्रामा, गेम्स, कविता वाचन, कविता लेखन आदि । हाम्रो आफनै एउटा वर्र्ड वरियर्स भन्ने ग्रुप छ । जसमा विद्यार्थीहरुले कवितामार्फत आफ्ना कुरा राख्छन् । हाम्रो आफ्नै वाल मञ्जरी भन्ने क्लब छ । त्यहाँ लेखन सम्बन्धी क्रियाकलाप हुन्छ ।
यहाँका विद्यार्थीहरुले अन्तर्राष्ट्रिय पुरस्कार पनि जित्नु भएको छ ?
–धेरै छ । केही दिन अगाडि भारतको लखनउमा भएको २८ देशको जुन एसक्युसिसीले आयोजना गरेको नृत्य प्रतियोगितामा युरेका पहिलो भयो । २०१३ मा रियल स्कूल अफ च्याम्पिनसीप जित्न सफल भयौं । २०१८ मा इन्टनरनेशनल स्कुल अफ अवार्र्ड जुन वृटिश काउन्सिलले आयोजना गरेको थियो त्यो युरेकाले जित्यो । राष्ट्रिय स्तरमा भएको हर्लिक्स क्विजमा फस्ट
रनरअफ भयो । यो सबै धरानकै लागि गौरवको विषय हो । मोफसलमा रहेर पनि युरेकाले जुन अन्तर्राष्ट्रिय पुरस्कारहरु जितेको छ त्यसले युरेकाको मात्र नभएर
धरानकै नाम राखेको छ ।
विद्यार्थीको अभिभावकलाई के सन्देश दिन चाहनुहुन्छ ?
–अभिभावकहरुले आफ्ना बच्चाको लागि जे जति गर्नुभएको छ त्यसबाट हामी धेरै खुशी छौं । उहाँहरुले आफनो फिड व्याक हामीलाई दिनु हुन्छ । हातमा हात मिलाएर, काँधमा काँध मिलाएर युरेकालाई यो ठाउँमा पु¥याउन ठूलो योगदान दिनुभएको छ । हामी उहाँहरुप्रति कृतज्ञ छौं ।
विद्यालयको मुल्यांकन धरानबासीले गर्ने हो
राजेन्द्र गुरु·, प्रिंन्सिपल
युरेका माविले २५ औं बर्ष गाँठ अर्थात रजत महोत्सव सप्ताह व्यापी रुपले मनाइरहेको छ । विद्यालयले शैक्षिक क्षेत्रका अलावा सामाजिक क्षेत्रमा पनि योगदान पु¥याएको छ ?
–आज भन्दा २५ बर्ष अगाडि जब हामीले स्कूल शुरु ग¥यौं त्यहाँदेखि अहिले सम्म हामीले आफूलाई मार्वाडिक अर्थात पृथक देखाएका छौं । जब पढाई थाल्यौ त्यसबेला स्कूल भनेको घोकाई, पढाई, जाँच, माक्र्स मात्र थियो । हामीले त त्यसबेला नयाँ आयाम थप्यौं । पढाइ भनेको विद्यालयका चारवटा वाल मात्र हैन । पढाइ भनेको व्यक्तित्व विकास पनि हो, लिडरसिप पनि हो, देशप्रतिको बफादारिता हो, समाजप्रतिको उत्तरदायित्व पनि हो र भविष्यमा आफू स्वाबलम्बी बन्नु पनि हो भन्ने हो । अहिलेको सात दिनको कार्यक्रमले पनि त्यही कुरालाई इंगित गरेको छ ।
सामाजिक गतिविधिमा तपाईहरुको योगदान भनेको हुँ । विद्यालय सञ्चालनसँगै समाजमा के कस्ता योगदान दिनु भएको छ ?
–मैले त्यही भनेको हुँ । सात दिनको कार्यक्रममा हजुर बुबा, हजुर आमासँगको भेटघाट नयाँपन हो । अहिलेसम्म केटाकेटीहरुलाई हामी सोध्छौं । तर बुढाबुढीको बारेमा सोध्दैनौं । बूढाबूढी भए घरमा थन्किए भन्ने सोच्नु हुँदैन । बूढाबूढीको मनोरञ्जनका लागि, उहाँहरुका अनुभव शेयर गर्ने काम हामीले गरेका छौं । सामाजिक गतिविधिलाइ हामी समाचारका रुपमा पत्रिकामा छाप्दैनौं । हाम्रो विद्यालयले प्रत्येक दुई तीन महिनामा एउटा न एउटा काम गरिरहेको हुन्छ । यसलाई हामी भित्री काम भन्छौं । यहाँका बच्चाहरुले दशैका बेलामा आफ्नो खाजा खर्च कटाएर करिब ४५ हजारको सामान धरान ४ स्थित विकलांग बालबालिलाई बाडे । त्यसैगरी यहाँका विद्यार्थीहरुले आफ्नो खाजा खर्चबाटै ७० जोर जुत्ता किनेर सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई बाँड्ने काम भएको छ । यो शुरुवात हो । हामीले विद्यार्र्थीलाई पढाइमात्र हैन सानो योगदानले अरुको सेवा पनि गर्नुपर्छ भन्ने सिकाएका छौं । पढाइ भनेको समाजप्रतिको उत्तरदायित्व पनि हो ।
शैक्षिक क्षेत्रमा युरेकाको मुल्यांकन तपाई आफूले गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
–मुल्याकन मैले भन्दा पनि समाजले गर्ने हो । मलाई सोध्नु हुन्छ भने म आफू धेरै खुशी छु । हामी आज सबै कुरामा अगाडि छौं । हाम्रा विद्यार्थीहरु यहाँबाट शतप्रतिशत नतिजा ल्याएर भन्दा पनि यहाँ पढेका विद्यार्थी रियल लाइफमा कहाँ छन, के गर्दैछन् भन्ने सबैभन्दा ठूलो कुरा हो । यहाबाट उत्पादित विद्यार्र्थी ९९.९९ प्रतिशत सक्षम छन्, अब्बल छन् ।
विद्यालयको भावि योजना के छ ?
–अहिले मुलुकको अवस्था राम्रो छैन । निजी विद्यालयहरुमा सरकारको अनेकौ अनावश्यक दबाब छ ।
सरकारको नीति नियम निजी विद्यालयप्रति नकरात्मक छ । यसका सम्बन्धमा नीजि विद्यालयहरुले सोच्नुपर्ने अवस्था आएको छ । अहिलेको अवस्थामा ग्रायजुएसन लेवलको शिक्षा विविए, विविएसका लागि पूर्वाधार तयार गर्नुपर्ने हाम्रो सोच छ ।
हामीसँग के कस्ता कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ?
–दुई बर्ष अगाडि सोध्नु भएको भए म भौतिक सुधार गर्नुपर्ने छ भन्थे तर अहिले हामीसँग भौतिक पूर्वाधार प्रसस्त छ । अहिले जुन स्ट्यान्डर छ त्यसलाई मेन्टिनेन्स गर्ने हो ।
सञ्चालन भएका कार्यक्रमका बारेमा केही भन्नु छ ?
–मेरो मनाई यतिमात्र हो कि २५ बर्षसम्म धरानबासीले जुन मायाँ सद्भाव देखाउनुभयो त्यसको म मुक्तकण्ठले प्रशंसा
गर्छु । २५ बर्ष अगाडि चारजना ठिटौलेहरुले खोलेको स्कुललाइ २ सय २५ विद्यार्थी दिएर जुन सहयोग गर्नुभयो त्यो हामीप्रतिको सम्मान थियो ।
अरु केही छ ?
–हामीलाई आज यहाँसम्म ल्याइपु¥याउन धरानबासीले जुन सहयोग गर्नुभयो त्यसका लागि सबैप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौ ।



