धरान÷ राज्यबाट समेत सहयोग नपाइरहेका धरानका एचआइभी संक्रमण भएका बालबालिकाको सहयोगमा धरानेहरु जुटेका छन् ।
धरान पोजेटिव समूहले संरक्षण गर्दै उनीहरुको शिक्षा, स्वास्थ्यमा सहयोगमा गरिरहेको बेला उनीहरुकालागि सहयोगी हातहरु पनि बढ्दै गएका छन् । सहयोगकै कारण अहिले कोषमा ५ लाख भन्दा बढी जम्मा भइरहेको छ ।
पछिल्लो समय यही पौष ६ गते डिजे मल्लिक स्याडो सो च्यारिटी नाइटबाट उठेको रकममध्ये एचआइभी संक्रमण बालबालिकाको शिक्षाको लागि आयोजकले ३५ हजार ५ सय ५ रुपैया सहयोग प्रदान गरेको छ ।
धरान १५ बगरकोटमा रहेको एमएच विविक्यु होटलले आयोजना गरेको कन्सर्टबाट उठेको रकममध्ये सो रकम प्रदान गरेको हो ।
एचआइभी संक्रमण बालबालिकाको शिक्षाका लागि धरान रनको आयोजना गरेर फन्ट निर्माण गरी सहयोग गरेपछि धरानका पत्रकारको टोलीले रिक्सा चलाएर आर्जन गरेको रकम पनि सोही फन्टमा जम्मा गरिएको थियो भने पछिल्लो पटक डिज मल्लिकको च्यारिटी नाइट सोबाट उठेको रकम पनि त्यह िफन्टमा जम्मा गरिएको हो । एचआइभी संक्रमण बालबालिकालाई शिक्षाको पहुच हुनुपर्छ भन्दै धरानमा रिक्सा चलाउएर सहयोग पु¥याउनु भएका पत्रकार जनकऋषि राईले सहयोगी हातहरु बढेकोमा खुशी व्यक्त गर्नुभयो ।
सुनसरीमा अहिले १ हजार १ सय ४३ जना संक्रमणित बालबालिका रहेको धरान पोजेटिव समूहले जानकारी दिएको छ । यसमध्ये ५ सय ८३ बालबालिकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एआरटी सेवा लिइरहेका छन् भन ४९ जना सुनसरी जिल्ला अस्पताल इनरुवाबाट यो सवा लिइरहेको एचआइवी पोजेटिव समूह धरानका अध्यक्ष खगेन्द्र खड्काले बताउनुभयो ।
उहाले अहिले पनि एचआइभी संक्रमणलाई हेर्ने दृष्टिकाणमा फरक नआएकोले कतिपय बालबालिका खुलेर बाहिर आउन नसकेको बताउनुभयो । उहाले आफ्नो संस्थामा अहिले ३१ जना बालबालिकाहरु रहेको बताउदै उनीहरुका सम्पूर्ण खर्च दाताहरुकै सहयोगमा चलेको बताउनुभयो । उहाले ०७२ सालमा स्थापना भएको यो संस्थाले हालसम्म आइपुग्दा ७२ जनालाई सहयोग गरेको बताउनुभयो ।
यता प्रहरी प्रशासनले समेत यस्ता कार्यप्रति प्रशंसा गर्दै सहयोग गर्ने बताएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिसपी सुमन तिम्सिनाले होटल व्यवसायीहरु पनि सकारात्मक कार्यमा अग्रसर छन् भन्ने कुरा होटल बीपी क्यु जीवन लिम्बुले गरेर देखाउनु भएको बताउदै यस्ता कार्यमा प्रहरी प्रशासनले समेत सहयाग गर्ने बताउनुभयो ।
उनीहरुको हेरचाह र संरक्षणमा राज्यले ध्यान दिन नसकेको र सामाजिक रुपमा समेत फरक दृष्टिकोणले हेर्ने गरिएको एचआइभी संक्रमण भएका बालबालिकाहरुलाई निजी स्तरबाट सहयोग पुग्नु सकारात्मक पक्ष मान्न सकिन्छ । धरान पोजेटिव समूहमा रहेका बालिबालिका १८ बर्ष मूनिका रहेका छन् । उनीहरुको दोष केही नभए पनि अनाश्यक रुपमा सामाजिक तिरस्कार सहेर बस्नुपर्ने अवस्था छ । यस्ता बालबालिकाको शिक्षा, स्वास्थ्य र रोजगार उनीहरुको नैसंर्गिक अधिकार हो । यस्ता बालबालिकाकोे लागि सहयोगी हातहरु जुट्दै जानुपर्छ, उनीहरु समाजमा स्थापित गराउनुपर्छ ।

