नेपाल–भारत पदाधिकारीको संयुक्त वैठक

इनरुवा÷नेपाल–भारतका सीमा स्तम्भलाई थप व्यवस्थित बनाउने उद्देश्यले दुवै देशका पदाधिकारीको बैठक शनिवार भारतको विरपुरमा सम्पन्न भएको छ ।
सुनसरी, मोरङ र झापामा भएको सीमा स्तम्भ व्यवस्थित गर्ने सम्बन्धमा दुवै देशका पदाधिकारीका फिल्ड सर्भेको बैठक भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी पे्रमप्रकाश उप्रेतिले बताउनुभयो । बैठकमा सुनसरी, मोरङ र झापाका दशगजा क्षेत्रमा स्थानीयबाट भुलबस भएका सीमा अतिक्रमण रोक्ने, विगे्रका, हराएका सीमा स्तम्भ व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो ।
झापा जिल्लामा ९८८ वटा सीमा स्तम्भ रहेका छन् । ८२÷१ देखि १५२ सम्म गरी मुख्य ७० वटा, सम्सीडरी १०८ र सहायक ८१० सीमा स्तम्भ छन् । यसैगरी मोरङ्गमा १५३ देखि १८१÷१ मा मुख्य २९, सब्सीडरी ३६, सहायक २७ गरी १ सय २२ र सुनसरीमा १८२ देखि २११÷१ मा मुख्य ३०, सब्सीडरी १४३ र सहायक ११५ गरी जम्मा २८८ सीमा स्तम्भ रहेका छन् ।
बैठकमा नेपालका तर्फबाट फिल्ड सर्बे टिमका प्रमुख एवम् झापा, मोरङ्ग, सुनसरीका प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका प्रमुख, जिल्ला वन कार्यालयका प्रमुख, नापी कार्यालयका प्रमुख, सहरी विकास प्रमुख र भारतका तर्फबाट सुपौल, अररिया, किसनगञ्जका डिष्ट्रिक मर्जिस्ट्रेडको सहभागिता रहेको थियो । त्यस प्रकारको बैंठक ६÷६ महिनामा बस्ने गर्छ । एक पटक
भारतमा बस्छ भने अर्को पटक नेपालमा बस्ने गर्छ ।

तपाईको प्रतिक्रिया