सुनसरीका मुसलमान राजनीतिमा अगाडि

धरान÷अल्पंख्यक जातिको सूचिमा रहेका सुनसरीका मुस्लिम समुदायहरु राजनीतिमा अग्रस्थानमा देखिएका छन् ।
जिल्ला तथ्यांक शाखाको २०६८ जनगणना आंकडा अनुसार सुनसरी जिल्लामा ८६६५० मुस्लिम जनसंख्या रहे पनि हाल यो संख्या बढेर १ लाख भन्दा माथि रहेको मुस्लिम अगुवाहरु बताउँछन् । खेति, पशुपालन, व्यवसायसँगै यहाँका मुसलमानहरु जिल्ला, नगर, गाउँ देखि केन्द्रसम्म मुख्य राजनीतिक पार्टीहरुमा आÏनो स्थान सुरक्षित गर्न सफल भएका छन् ।
मुलधारका राजनीतिक पार्टीहरु नेपाली काँग्रेस, एमाले (नेकपा), राप्रपा, संंघीय समाजवादी फोरमसँगै अन्य साना दलहरुमा नेतृत्व तहमै रहेका छन् । भुटाहा रामनगरका महफुज अन्सारी, इटहरी उपमहानगरपालिका खनारका तैयव हुसैन नेकपाका केन्द्रीय सदस्य
रहेका छन् भने देवानगञ्जका आलम अन्सारी, मधुवनका सराजुद्धिन अन्सारी, रामनगर भुटाहाका लस्करी अन्सारी, भोक्राहा नरसिंहका मोलिम अन्सारी, भण्टाबारी हरिपुरका तजमुल अन्सारी जिल्ला नेतृत्वमा पकड जमाएर बसेका छन् । संख्याको हिसाबले एमाले भन्दा नेपाली काँग्रेसमा मुस्लिम समुदायको आवद्धता अधिक रहेको देखिएको छ । नेपाली काँग्रेसको सुनसरी जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुग्ने मुसलमानहरु नभएपनि जिल्ला नेतृत्वमा दुहवीका इस्यारायल अन्सारी, नरसिंह भोक्राहाका नुन अन्सारी, हाजी सुलेमान, सहनाज वेगम, इनरुवाका अल्लाउद्धिन हुसैन, धरानका अलिम अन्सारी, छाताबेलीका मो. जमिल रहिम, जल्पापुरका मजमुल अन्सारी रहेका छन् । यसैगरी मुस्लिम समूहबाट सुनसरी क्षेत्र नं. ३ को क्षेत्रीय अध्यक्षमा मेहदी हुसैन, क्षेत्र नं. ४ को अध्यक्षमा अयुव अन्सारी, जिल्ला आमन्त्रित सदस्यमा गोमा पराजुली अन्सारी, जमिल आजाद रहेका छन् । महासमिति सदस्यमा हाजी मोहम्मद अब्दुल रहिम, जमिल आजाद, नइन मन्सुरी, रानी खातुन, मो. नइम उद्धिन खाँ, महाधिवेशन प्रतिनिधिमा रफुल अन्सारी, मो. ताहिर मिया, गुलाबी मिया रहेका छन् भने जल्पापुर गाउ सभापतिमा खलिल अख्तर, नरसिंह गाउ सभापतिमा मोलिम मन्सुरी, रामनगर भुटाका सभापतिमा सराजुद्धिन मियाँ, पश्चिम कुसाहा गाउँ सभापतिमा सुलेमान मन्सुरी, श्रीपुर जब्दी गाउँ इकाइ सभापतिमा बाजुद्धिन मियाँ, घुस्की गाउँ इकाई सभापतिमा अक्रम अली, मधुवन गाउँ सभापतिमा आजाद आलम अन्सारी
रहनु भएको छ ।

तपाईको प्रतिक्रिया